
सोमवार , चैत्र २८, २०७८
बुटवल, २८ चैत ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) अर्घाखाँचीले अर्घाखाँचीका ३ वटा पालिकामा उम्मेदवारको टुंगो लगाएको छ । एमालेको पालिकास्तरीय बैठकबाट शितगंगा, भूमिकास्थान र पाणिनी गाउँपालिकामा सर्वसम्मत रुपमा उम्मेदवार टुंगाएको हो ।
एमाले अर्घाखाँची अध्यक्ष पिताम्बर भुसालका अनुसार, भूमिकास्थान नगरपालिकाको प्रमुखमा रेशम थापा, उपप्रमुख बसन्ता पौडेलको टुंगो लागेको छ । माओवादीबाट भूमिकास्थानमा प्रमुख जितेका थापा केही साताअघि एमाले प्रवेश गरेका थिए ।
शितगंगा नगरपालिकाको प्रमुखमा वसन्त श्रेष्ठ र उपप्रमुखमा गीता भाट क्षेत्रीको सिफारिस भएको छ । पाणिनी गाउँपालिकाको अध्यक्षका लागि एमालेले टेकराज न्यौपानेको नाम टुंगो लागेको छ । थप छलफलपछि उपाध्यक्षको नाम सार्वजनिक गरिने एमाले पाणिनीका अध्यक्ष कमल घिमिरेले बताए ।
बाँकी रहेका छत्रदेव गाउँपालिका, मालारानी गाउँपालिका, सन्धिखर्क नगरपालिकामा केही दिनमै उमेदवारको टुंगो लगाउने अध्यक्ष भुसालले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij