२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

नेपाल ट्रेड युनियन महासंघ लुम्बिनीको अध्यक्षमा काफ्ले निर्वाचित

बुधवार , चैत्र ३०, २०७८

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • रुपन्देही, ३० चैत ।
    नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा हुमाकान्त काफ्ले निर्वाचित भएका छन् । महासंघका राष्ट्रिय अध्यक्ष विनोद श्रेष्ठको प्रमुख आतिथ्यतामा बुटवलमा सम्पन्न प्रथम अधिवेशनले काफ्लेको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा पदमराज रिजाल, सचिवमा सन्तोष केसी, सहसचिवमा दुर्गादेवी केसी रहेका छन् ।

    सदस्यहरुमा गिरीराज भण्डारी, सुशिला भण्डारी, कर्णबहादुर लामा, ढिलकुमारी भण्डारी, सुरेशकुमार श्रेष्ठ, गोकर्णराज गिरी, पुष्पा न्यौपाने, शान्ती भुषाल, पशुपति बस्याल, कमला भट्टराई, टेकबहादुर सिंजाली, नुमा थापा, सुमन गिरी, दुर्गाबहादुर केसी, दिलसरी राना, गोविन्द प्रसाद पौडेल र शिवराज पन्थी रहेका छन् । नवनिर्वाचित अध्यक्ष काफ्लेले मजदुरको हक हित र अधिकारका लागि प्रतिबद्ध भएर काम गर्ने बताए ।