२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

वैद्य माओवादी निकट देजमोका केन्द्रीय सदस्य टिपु सुल्तान जनमुक्तिमा प्रवेश

बुधवार , चैत्र ३०, २०७८

  • 3.8K
    Shares
  • 3.8K
    Shares
  • भैरहवा, ३० चैत ।
    मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो)का केन्द्रीय सदस्य हसन रजा मुसलमान ‘टिपु सुल्तान’ राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश गरेका छन् । उनी क्रान्तिकारी माओवादी परित्याग गरी बुधबार जनमुक्ति पार्टीमा प्रवेश गरेका हुन् । नेता सुल्तानलाई पार्टीका केन्द्रीय कार्यकारी अध्यक्ष केशव सुर्यवंशी, लुम्बिनी प्रदेश अध्यक्ष झम बहादुर गुरुङ लगायतले पार्टीमा स्वागत गरे ।

    नेता सुल्तान, देजमो रुपन्देहीका जिल्ला सदस्य शान्ति खरेलसहित विभिन्न पार्टी परित्याग गरी १२५ जना राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश गर्नुभएको पार्टीको केन्द्रीय सचिव मोजीब अलीले जानकारी दिए ।

    जनमुक्ति पार्टी सिद्धार्थनगर नगर कमिटी रुपन्देहीले बुधबार भैरहवामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रमुख अतिथि पार्टीका केन्द्रीय कार्यकारी अध्यक्ष केशव सुर्यवंशीले सबैको हकअधिकारका लागि पार्टीले संघर्ष गर्दै आएको बताए ।

    कार्यक्रममा पार्टीका संघीय परिषद सदस्य मोहम्मद हफिज अन्सारी, लुम्बिनी प्रदेश अध्यक्ष झम बहादुर गुरुङ, जनमुक्ति युवा संघका केन्द्रीय सचिव डी.बी. थापा, लुम्बिनी प्रदेश सञ्चार विभाग प्रमुख रोशन अस्लामी, महिला मोर्चा प्रदेश उपाध्यक्ष मायादेवी सुर्यवंशी, पार्टीका जिल्ला सदस्य तथा सिद्धार्थनगर इञ्चार्ज दिल कुमारी गुरुङ, नेता टिपु सुल्तान लगायतले बोल्दै आगामी स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनमुक्ति पार्टीलाई जिताउनुपर्नेमा जोड दिए ।

    राष्ट्रिय जनमुक्ति पार्टी सिद्धार्थनगरका अध्यक्ष प्रेम बहादुर गुरुङको अध्यक्षता, नगर उपाध्यक्ष रेखा प्रसाद चौधरीको स्वागत तथा सचिव शोभा थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।