२०८२, श्रावण ८ गते

Jul 24 2025 | २०८२, श्रावण ८ गते

नेविसंघ रुपन्देहीका पूर्व जिल्ला अध्यक्षहरुको बैठक सम्पन्न

बिहिवार , बैशाख १, २०७९

रुपन्देही, १ वैशाख ।
रुपन्देही जिल्लामा विभिन्न समयमा नेपाल विद्यार्थी संघको अध्यक्ष सम्हालेका पूर्व अध्यक्षहरुको बैठक बिहीबार बुटवलमा सम्पन्न भएको छ । संस्थापक अध्यक्ष हेमराज अर्यालको अध्यक्षतामा भएको बैठकले वैठक सञ्चालनका लागि कार्यविधि निर्माण गर्ने निर्णय गरेको छ । 

त्यसै गरी कार्यविधि मस्यौदा निर्माण गर्न मोहन शर्माको संयोजकत्वमा हरि न्यौपाने र विष्णु पोख्रेल सदस्य रहेको समिति गठन गरिएको छ । बैठकले आसन्न स्थानिय तहको निर्वाचनमा गठबन्धनको विषयमा गम्भिर ध्यानाकर्षण गरेको छ । पार्टीले स्थानीय आवश्यकताका आधारमा गठबन्धन गर्ने निर्णय गरे पनि पछिल्लो समयमा गठबन्धन दलहरुको दावी अस्वभाविक देखिएकोले दलीय हैसियतका आधारमा पद बांडफांड गर्न माग गरेको छ । 

साथै नेपाली कांग्रेससहितको गठबन्धनमा आबद्ध उम्मेदवारहरुलाई विजयी बनाउन विशेष भुमिका खेल्ने निर्णय गरेको छ । बैठकमा प्रमुख अतिथि नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापती अमर पुनले पूर्व अध्यक्षहरुको सक्रियता आवश्यक रहेको भन्दै कांग्रेसको पक्षमा माहोल निमार्ण गर्न सक्रियतापूर्वक लाग्न आग्रह गरे । उनले आसन्न निर्वाचनमा पार्टी संगठनमा विगतदेखि लागेका साथीहरुको निकै ठुलो योगदान रहने भन्दै आ–आफ्नो ठाउँमा सक्रियतापूर्वक परिचालित हुन आग्रह समेत गरे ।

बैठकमा नेविसंघ रुपन्देहीका पूर्व अध्यक्षहरु हरिध्वज मल्ल, मोहनराज शर्मा, फणिन्द्र शर्मा, हरि न्यौपाने, शैलेश कुमार पन्त, शुशिल गुरुङ, प्रकाश राना, जमुना ढकाल, विष्णु पोख्रेल, मिलन थापा लगायतको सहभागिता रहेको थियो ।

बैठकले नयाँ वर्ष २०७९ को अवसरमा देश विदेशमा बस्ने सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक शुभकामना व्यक्त गरेको छ ।

साथै नेविसंघ रुपन्देहीका पूर्व अध्यक्षहरु बालकृष्ण खाँण गृहमन्त्री, प्रकाश राना प्रदेश कोषाध्यक्ष, विष्णु पोख्रेल प्रदेश सदस्य, मोहनराज शर्मा प्रदेश मुख्य सचिव, शुशिल गुरुङ पार्टीको क्षेत्रीय सभापति, मिलन थापा पार्टीको क्षेत्रीय सहसचिव हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्ने निर्णय गरेको छ ।