images

शुक्रवार, चैत्र १६ गते २०८०

कर्मले कोरेको राजनीति भाग्य रेखा : पार्टी समीक्षा

कर्मले कोरेको राजनीति भाग्य रेखा : पार्टी समीक्षा

images
images
images
शुक्रवार, बैशाख २ २०७९
शुक्रवार, बैशाख २ २०७९
  • कर्मले कोरेको राजनीति भाग्य रेखा : पार्टी समीक्षा

    वि.सं. २००७ सालको उदयपछि नेपाली काँग्रेसले राजसंस्थालाई ड्यास दिँदै विभिन्न संघर्ष गरी रहे तापनि राष्ट्रले युग र अपेक्षा अनुसार काचुली फेरिरहेको थिएन, त्यसैले राजसंस्था र नेपाली काँग्रेसबीच खिचातानी बढ्दै गयो र काँग्रेस, देश विकासको सट्टा बढी नै भारत परस्त भएको आरोप खेप्न बाध्य भयो र बाटो बिराएको यात्रीभैm बीचमै अलमलियो ।

    images
    images
    images

    वी.पी.का अडियोहरू सुन्दा, पुस्तकहरू पढ्दा वी.पी.मा राष्ट्र र जनताप्रति अथाह स्नेह र मायाभएको भेटिन्छ तर वी.पी.पछिको नेतृत्वले नेपाली काँग्रेसको मुलमर्म बिर्सँदै बढी “हाम्रो”लाई अँगाल्ने भूमिकामा सक्रिय रह्यो र नेपाली काँग्रेसभित्रै खिचातानी, कुटनीति र प्यानल सुरु भयो तर पनि गएको अधिवेशनमा काँग्रेसमा फिल्टराइज भयो त्यसले शुद्ध काँग्रेस र काँग्रेस धमिल्याउँने बीचको दुरी कायम गरिदिएको छ र काँग्रेसमा एकता कस्सिएर रहेको बुझ्न सकिन्छ र नेपालमा सबै भन्दा धेरै पार्टी पिएम भएको पार्टी पनि नेपाली काँग्रेसलाई नै बुझिन्छ । नेपाली काँग्रेसको कर्मचारी यूनियन, उद्योगी, व्यवसायी, विद्यार्थी, श्रमिक यूनियन लगायत सम्पूर्ण क्षेत्रमा आफ्नो संगठन विस्तार गर्न सफल भएको छ तर पनि वि.सं. २०६२–२०६३ पश्चातको निर्वाचनमा नेपाली काँग्रेस निर्वाचित भएर प्रथम पार्टी बन्न सकिरहेको छैन ।

    जंंगलमा रहेको माओवादीलाई प्रत्यक्ष राजनीतिमा ल्याउने सफलदेखि लिएर वि.सं. २०७४ को निर्वाचन पश्चात दुईतिहाईको सरकारको प्रतिपक्ष रहँदासम्मको भूमिकाहरु सम्पूर्ण जनमानसले प्रत्यक्ष महसुस गरिरहेका छन् र सोही मुल्यांकन अनुसार जनताले अब आउँदै गरेको वैशाख ३० गते हुने निर्वाचनमा नेपाली काँग्रेसलाई पनि मतदान गर्नेछन् ।

    त्यस्तै दोस्रो राजनीति पाटीको रुपमापहिचानबनाउँदै आएको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) एमाले पनिकाँग्रेस जस्तै सशक्त रुपमाजनतामाझ प्रस्तुतहुँदै आएको छ र नेकपाएमालेको पनिविभिन्नतहतप्कामाआफ्नो संगठनहरु सक्रिय छन् ।

    नेकपा एमालेमा खड्ग प्रसाद ओली (केपीओली) को अध्यक्षता पछि र उहाँ प्रधानमन्त्री भएपछि अझ नेकपा एमालेको पार्टी पिएमहरु ह्वात्तै बढेको जनमानसले अड्कल काटेका छन् ।

    नेपाली जनतामा केपी ओलीको क्रेज अन्य नेताहरु भन्दा तुलनाका हिसाबले माथिल्लो श्रेणीमा रहेको सहजै अड्कल काट्न सकिन्छ । केपी ओलीको क्रेज यसरी बढ्नुमा अन्य नेताहरुभन्दा अलि फरक तरिकाले प्रस्तुत हुनु नै हो भन्ने सबैलाई लागेको छ ।

    केपी ओलीको उखान टुक्काले नेपाली साहित्य एवम् भाषाको विकासमा टेवा पु¥याएको र नेपाली उखान टुक्काहरुको लोक प्रियता बढेको भन्ने पनि एकपक्षको बुझाइरहेको छ ।
    कृतिनिधि बिष्ट र मरिचमान सिंहपछि केपी ओली नै भारतलाई राष्ट्रियताको पाठ पढाउन सफल तेस्रो राजनेताको रुपमा परिचित छन् ।

    युगौदेखि हराएको भूमिखोजेर त्यसको नक्सांकन गर्न सफल प्रधानमन्त्री पनि केपी ओली भएकाले पनि नेकपा एमाले मात्र नभएर छातीमा राष्ट्रियता बोक्ने सम्पूर्ण नेपाली जनताले केपी ओलीलाई सम्मान गर्ने गरेको पाइन्छ ।

    भारतको नाका बन्दीमा पनि राष्ट्रियताको पक्षधर गर्दै भारतलाई झुक्न बाध्य पारेकाले पनि पूर्व प्रधानमन्त्री केपी ओलीमा राष्ट्रियता बढी देखिएको र केपीओली नै नेपाल राष्ट्रलाई आधुनिक विकासतर्पm उन्मुख गराउन सफलहुने विद्वानहरुको विचार छ ।

    अब कुरा राष्ट्रिय प्रजातन्त्र पार्टीको । राष्ट्रिय प्रजातन्त्र पार्टीका नयाँ अध्यक्ष राजेन्द्र लिङ्देलजीले राजसंस्था, हिन्दु राज्य जस्ता एजेण्डा लिएर आउनु भएको छ जुन सुन्दा राम्रो लागिरहेको छ तर राजसंस्था हुँदाहुँदै, राजसंस्थाकै अगाडी घटेका घटना आज २० बर्षसम्म जे छ, जहाँ छ फाइलहरु माधुलोको चाङ् लागिसक्यो होला तर कोही कसैले पल्टाएका छैन र नेपाली जनताले अबआउने राजसंस्थाले पनि के गर्ला र ? भन्ने खिन्नता बोकेर बसेका छन्, लिङ्देलजी नयाँ हुनुहुन्छ र नेपालमानयाँ टेष्ट गर्ने बानीबसी सकेको छ । पक्कै पनि धेरैले लिङ्देनजीलाई प्रधानमन्त्रीको रुपमा हेर्न चाहेका छन् तर सिट पुग्दैन यो लाटोले पनि जानेको कुरा हो ।

    त्यसैले गठबन्धन तेस्रो हुनेछ किनकी गठबन्धन बन्नुको अर्थ नै यो हो कि हामी एक्लै सक्षम छैनौं, जो मान्छेले अन्तरवार्ता र कागजपत्र प्रस्तुतीमा हिचकिच, कन्फ्यूज र अन्योलता देखाउँछ उसले कार्यभार पूर्ण रुपमा निभाउन सक्दैन र अर्काे कुरा गठबन्धनको बहुमतवादुईतिहाइआइहाल्यो भने पनि प्रचण्डको पारा त त्यहीहो, यो सरकार पनिटिक्दैन र बीचमै तुहियाइन्छ र फेरि पुरानै खेल सुरु हुन्छ यत्तिको राजनीति भर्खर जुँगाको रेखी बसेको ठिटोले पनि बुझिसक्यो त्यसैले गठबन्धनकै तर राजनीति स्थिरता चाहने व्यक्तिले पनि गठबन्धनलाई भोट हाल्दैनन् किनकी हिजो नेकपा एमालेसँग गठबन्धन गर्ने पनि माओवादी र आज काँग्रेससँग गठबन्धन गर्ने पनि माओवादी, क्रियाकलाप नेपाली जनताले एकपटक हेरिसके त्यसैले अति कट्टर काँग्रेस, माओवादी लगायत गठबन्धनमा सामेल भुरा पार्टीले बाहेक गठबन्धनलाई भोट हाल्दैनन् र गठबन्धनको भोट संख्या कम हुन जानेछ ।

    दोस्रोमा राप्रपा हुनेछ किनकी नेपाल बहुसंख्यक हिन्दु भएको देश हो र धेरै भन्दा धेरै हिन्दुले राप्रपामा भोट खसाल्ने छन् त्यस्तै राजसंस्था चाहने पनि आँखा चिम्लेर राप्रपालाई भोट हाल्नेछन्, जाति वर्गका आधारमा र राजेन्द्र लिङ्देन, ज्ञानेन्द्र शाही र रेखाथापाको क्रेजले पनि केही हदमा भोट तान्नेछन् तर हिसाब गरेर नेपालको राजनीति बुझेकाले पनि राप्रपामा भोट हाल्न हिचकिचाउँने छन् किनकी सदन र मन्त्रालय कुनै एक वर्गको होइन, कुनै एक संस्थाको हुनु हुँदैन र कुनै एक जात, धर्म र लिंगको हुनु हुँदैन भन्ने बुझेका हिन्दु लगायत गैह्र हिन्दुले राप्रपालाई भोट हाल्दैनन्, यहाँ राप्रपाले अप्रत्यक्ष जातीय एजेण्डा नै अघि सारेको भान हुन्छ ।

    पहिलोमा नेकपा एमाले नै हुनेछ किनकी अहिलेसम्म भारतलाई सत्य मे जयतेको पाठ सिकाउन, राष्ट्रियताको हिसाबमा नेपाल पनि भारत बराबर नै छ भन्ने आभाष दिलाउँन र युगौ देखि हराइरहेको, भारतद्वारा हडपेको नेपालको भूभाग नेपालको हो भनेर उक्त क्षेत्रहरुमा भारतीय गतिविधिहरु रोक्न सफल पहिलो प्रधानमन्त्री नेकपा एमाले कै हुन् र यो कुरा नेपाली जनताले हृदयमा साँचेर राखेका छन् र केपी ओलीलाई मनमनै सम्झेर आभार प्रकट गर्ने जनताले नेकपा एमालेलाई भोट हाल्नेछन् ।

    नेकपा एमालेलाई त्यस्ता नेपाली जनताले भोट हाल्नेछन् जो जुझारु, आँटिला र जोखिम मोल्न तयार हुन्छन्, किनकी अहिले नेकपा एमाले एक्लै लड्न तयार भएर आफुलाई जुझारु र आँट भएको व्यक्तिहुँभन्दै छ भने त्यस्तै एकातिर गठबन्धन र अर्काेतिर राप्रपाको क्रेज रहँदा रहँदै पनि पार्टीलाई सुत्रधार गर्दै बेलैमा अधिबेशन सम्पन्न गरेर चुनावको तयारी गरी रहेको छ र विगतमा भएका आफ्ना कमी कमजोरीको समीक्षा गरिसकेकोले नै जनताको घरघरमा पुगिरहेको छ ।

    नेकपा एमालेको वृद्धभत्ताले पनि स्वात्तै जनताको मन जितेको छ । स्व. मदन भण्डारीको मुख्य एजेण्डाको रुपमा रहेको वृद्धभत्ता नेकपा एमालेको सरकार नआउँदासम्म जहाँको तही रहनु, अन्य भत्ताको विकास नहुनु तत्कालिन समयमा राज्यसत्ता सम्हालेका पार्टीहरु संकुचित विचारका रहेका नेपाली वृद्धवृद्धा लगायत अन्य भत्तापाउन योग्य नेपाली जनताहरुको मुल्यांकन छ । नेकपा एमाले आयो भने कतै बेरोजगार भत्ता, शिशु भत्ता, शैक्षिक भत्ताको पनिविकास गर्ला किभन्ने जनतामा आश रहेको गाइगुइ सुनिन्छ । नेकपा एमालेसँग विकासको एजेण्डा रहेका र अन्य पार्टी भन्दा नेकपा एमालेले आफ्ना एजेण्डाहरुमा कार्य गरेको पाइएको छ ।

    ६० वर्ष भन्दा पहिलादेखि थलिएको विकास क्षेत्र, नेपाली राजनीति, खिचातानी, व्यक्तिगत स्वार्थले गर्दा पार्टी भित्रैबाट अन्तरघात, प्रतिपक्षको हलो अड्काइका बाबजुद एकै पटकमा सम्पूर्ण क्षेत्रमा सफलता हासिल हुन सक्दैन भन्ने मर्मलाई बुझेकाले फेरी एक पटक नेकपा एमालेलाई भोट दिनेछन्, त्यसैले नेकपा एमाले नै अब पनि पहिलो पार्टी हुने मेरो ज्योतिष शास्त्रले देखायो । धन्यवाद !

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij