
शुक्रवार , बैशाख २, २०७९
भैरहवा, २ वैशाख ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) सिद्धार्थनगर नगर समितिले पाँचदलीय गठबन्धनमा सहभागि नहुने निर्णय गरेको छ ।
सिद्धार्थनगर नगरपालिकामा गठबन्धनबाट स्थानीय तहको निर्वाचनमा जसपालाई कुनै उपलब्धी नदेखिएको र कार्यकर्ताहरुमा निराशा भइ भविष्यमा पार्टीलाई घातक हुने संकेत देखिएकाले उक्त निर्णय गरिएको पार्टीका सिद्धार्थनगर अध्यक्ष अर्जुन प्रसाद जैसवालले बताए ।
जसपा नगर समितिको निर्णय बमोजिम पाँचदलीय गठबन्धनमा नजान अनुरोध गर्दै पार्टीको जिल्ला समन्वय समितिलाई पत्र पठाइएको जैसवालले जानकारी दिए । त्यस्तै जसपाको लुम्बिनी प्रदेश कार्यसमिति र केन्द्रीय कार्यालयलाई पत्र पठाइएको उनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij