२०८२, श्रावण ८ गते

Jul 24 2025 | २०८२, श्रावण ८ गते

संविधान मास्ने र परिवर्तन उल्ट्याउन खोज्ने विरुद्ध एकजुट हुनुपर्छ : प्रचण्ड

शुक्रवार , बैशाख २, २०७९

काठमाडाैँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान मास्ने र परिवर्तन उल्ट्याउन खोज्नेबिरुद्ध एकजुट हुनुपर्ने बताएका छन् । 

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा एमाले नुवाकोटका नेता माधव पाण्डे लगाएतलाई माओवादी प्रवेश गराउदै प्रचण्डले यसअघि पनि संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षडयन्त्र भएको भन्दै परिवर्तन उल्ट्याउन खोज्नेबिरुद्ध एकजुट हुनुपर्ने बताएका हुन् ।

उनले देश र बिकासको नेतृत्व गर्ने माओवादी नै भएको दावी गरे । देशका मधेशी, थारु, आदिवासी लगाएत सवै समूदायको पहिचान र अधिकार माओवादी कै कारण भएको उनले बताए । 

कार्यक्रममा मधेश र सुदूरपश्चिम क्षेत्रका बिभिन्न दलआवद्ध कार्यकर्ताहरुलाइ पनि माओवादी प्रवेश गराइएको थियो ।