२०८२, श्रावण ८ गते

Jul 24 2025 | २०८२, श्रावण ८ गते

राप्रपाद्वारा सियारी–२ मा चुनाव प्रचार प्रसार कार्यालय उद्घाटन

शनिवार , बैशाख ३, २०७९

भैरहवा, ३ वैशाख ।

रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को चुनाव प्रचार प्रसार कार्यालय उद्घाटन गरिएको छ । सियारी–२ स्थित मेहथावलमा स्थापना गरिएको कार्यालयको शनिबार एक कार्यक्रमकाबीच राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहराले उद्घाटन गरेका हुन् ।

राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन रुपन्देहीका अध्यक्ष शंकर खत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा राप्रपा रुपन्देहीका उपाध्यक्ष तथा जिल्ला निर्वाचन परिचालन समितिका संयोजक अजय कुमार गुप्ता, जिल्ला सचिव बलराम शर्मा, क्षेत्र नम्बर ३ का अध्यक्ष प्रेमनारायण चौधरी, सियारी गाउँपालिका कार्यसमितिका अध्यक्ष भोला प्रसाद थारु, हेमन्त चौधरी लगायतको उपस्थिति रहेको थियो ।

IMG_6275.JPG