२०८२, भाद्र २४ गते

Sep 09 2025 | २०८२, भाद्र २४ गते

होराइजनमा भु.पू.विद्यार्थीद्धारा शिक्षक सम्मानित 

आइतवार , बैशाख ४, २०७९

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • बुटवल, ३ वैशाख ।
    बुटवलस्थित न्यू होराइजन माध्यमिक विद्यालयका भूतपूर्व विद्यार्थीहरुले दीर्घ सेवा गर्दै आएका शिक्षकलाई सम्मान गरेका छन् । शनिबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्यालयमा २५ वर्षदेखि निरन्तर शिक्षण सेवा गर्दै आएका शिक्षक तथा कर्मचारीलाई सम्मान गरेको हो । 

    भू.पू. विद्यार्थीले प्रत्येक वर्ष शिक्षक तथा कर्मचारीलाई सम्मान गर्दै आएको र यो वर्ष पनि २५ वर्ष सेवा दिदै आएका १६ जना सम्मान गरिएको भू.पू. विद्यार्थीका अध्यक्ष निरज लाकौलले बताए ।

    कार्यक्रममा प्रमुख अतिथि न्यू होराइजन माध्यमिक विद्यालयका अध्यक्ष ज्ञानेन्द्र कसजु, संरक्षक लोकनाथ उपाध्याय, न्यू होराइजन पाल्पाका अध्यक्ष निर्मल प्रसाद लाकौल, क्षितिज कलेजका अध्यक्ष रामेश्वर श्रेष्ठ, होराइजन जी.वि.एस प्रिन्सिपल गोपाल आचार्य लगायतले बोलेका थिए ।

    संरक्षक लोकनाथ उपाध्यायले कार्यक्रममा बोल्दै आफ्नै विद्यार्थीले गरेको सम्मान अनुकरणीय भएको बताए । लामो समयदेखि अध्यापन गर्दै आएका शिक्षकहरुलाई आफ्ना भू.पू विद्यार्थीले गरेको सम्मानले थप हौसला थपेको उनको भनाइ थियो । 

    मान बहादुर गुरुङ्ग, सिमा तिमिल्सिना ,कपिल आचार्य, सुरज ढकाल, जिवलाल ज्ञवाली, राधा भण्डारी, राजेन्द्र लम्साल, पार्वती घिमिरे, बासुुदेव अर्याल, गीता कंडेल शर्मा पाण्डे, सरस्वती गौतम ज्ञवाली, रमेश रेग्मी, लक्ष्मी कुमारी मल्ल, ईश्वरी रिजाल चेतन बहादुर उचै ठकुरी र कृष्ण बहादुर बिष्टलाई सम्म्मान गरिएको कार्यक्रम संयोजक उमेश अमात्यले जानकारी दिए । कार्यक्रमको सञ्चालन सचिव विकास श्रेष्ठले गरेका थिए ।