२०८२, श्रावण ८ गते

Jul 24 2025 | २०८२, श्रावण ८ गते

सिद्धार्थनगर–९ मा राप्रपाको चुनाव प्रचार प्रसार कार्यालय उद्घाटन

आइतवार , बैशाख ४, २०७९

भैरहवा, ४ वैशाख ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन गरिएको छ । सिद्धार्थनगर–९ स्थित प्रभात पथमा स्थापना गरिएको कार्यालयको आइतबार एक कार्यक्रमकाबीच राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहराले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै राप्रपा रुपन्देहीका अध्यक्ष सागर प्रताप राणाले राप्रपाले आगामी निर्वाचनमा सफलता हासिल गरे विकासमा अग्रणी भूमिका निर्वाह गर्ने बताए । उनले नगरमा अधुरा काम पुरा गर्न आजको आवश्यकता रहेकोले आगामी निर्वाचनमा राप्रपालाई जिताउनुपर्ने बताए । उनले भने, ‘फोहोरमैला व्यवस्थापन राप्रपा नेतृत्वको स्थानीय सरकारले लिन्छ, अहिले नगरपालिकामा कामका लागि जाँदा धेरै ठाउँ भौतारिरहनुपरेको छ, सेवाग्राहीलाई सम्मान गरिएको छैन, राप्रपा निर्वाचित भएपछि सम्मानको परिरिस्थिति सिर्जना गछौंं ।’

rapappp.jpg

त्यस्तै राप्रपा रुपन्देहीका सचिव बलराम शर्माले राप्रपा विकासको पर्यायवाची भएको बताए । उनले राप्रपाले जितेमा विकास अगाडी बढ्ने र यस क्षेत्रका समस्या समाधान हुने बताए । 

पार्टीका रुपन्देही जिल्ला प्रवक्ता तथा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ वडाअध्यक्ष पदका उम्मेदवार दिलिप कुमार मल्लिकले मुलुकलाई राप्रपाले नै निकास दिन सक्ने बताए । उनले राप्रपालाई काम गर्ने मौका दिन आग्रह गरे ।

राप्रपा सिद्धार्थनगर नगरपालिका–९ का कार्यवाहक अध्यक्ष राम बहादुर थापाले अन्य पार्टीका नेता कार्यकर्ता पनि राप्रपाप्रति आकर्षित हुँदै गएको बताए ।

राप्रपा सिद्धार्थनगर–९ को वडाअध्यक्ष पदका उम्मेदवार प्रभात ज्ञवालीले राप्रपालाई जिताए विकास तीव्र गतिमा अगाडी बढ्ने बताए ।

राप्रपा सिद्धार्थनगर नगरपालिका–९ का कार्यवाहक अध्यक्ष राम बहादुर थापाको अध्यक्षता, सिद्धार्थनगर–९ को वडाअध्यक्ष पदका उम्मेदवार प्रभात ज्ञवालीको स्वागत तथा राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन रुपन्देहीका अध्यक्ष शंकर खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।