२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

विजय पाण्डेद्वारा लिखित ‘१० दिने मौन यात्रा’ पुस्तकको विमोचन

आइतवार , बैशाख ४, २०७९

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • भैरहवा, ४ वैशाख ।
    साहित्यकार तथा सञ्चारकर्मी विजय पाण्डेद्वारा लिखित ‘१० दिने मौन यात्रा’ नामक पुस्तकको विमोचन गरिएको छ । शनिबार एक कार्यक्रमकाबीच लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा पुस्तकको विमोचन गरिएको हो । विपस्यना (ध्यान) को संस्मरण पुस्तकमा समेटिएको लेखक पाण्डेले बताए ।

    सिद्धार्थ साहित्य परिषद्का अध्यक्ष डिल्लीराज भट्टराईको अध्यक्षता, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मैत्तेय), प्रा.डा. कपिलदेव लामिछानेको विशिष्ट आतिथ्यता, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका कोषाध्यक्ष गोविन्द ज्ञवालीको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । लीलामणि पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।