२०८२, श्रावण ८ गते

Jul 24 2025 | २०८२, श्रावण ८ गते

 स्थानीय तहको निर्वाचनमा कुनैपनि दलसंग तालमेल हुँदैन : अध्यक्ष लिङ्देन

आइतवार , बैशाख ४, २०७९

काठमाडौँ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको निर्वाचनमा कुनैपनि दलसंग तालमेल नहुने स्पष्ट पारेका छन् ।

आइतबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष लिङ्देनले राप्रपा आफ्नै बलबुतामा स्थानीह तह निर्वाचनमा जनताबीच जाने र चूनावी तालमेल नहुने स्पष्ट पारेका हुन् । अगाामी निर्वाचनमा पार्टीले अधिकांश स्थानमा जीत हासिल गर्ने उनले दावी गरे ।

त्यस्तै लिङ्देनले राप्रपाले मौका पाउने वित्तिकै नेपालमा राजसंस्था ल्याउने र हिन्दु राष्ट्र समेत घोषणा गर्ने उनाले बताए । नयाँ सम्झौता अन्तर्गत राष्ट्रप्रमुख वा अभिभावकिय संस्थाको रुपमा राजसंस्था रहने र जनताबाट निर्वाचित जनप्रतिनिधिले देशको शासन व्यवस्था चलाउने नीति राप्रपाको रहेको उनको भनाई छ ।

धनुषाको विरन्द्रबजारमा पार्टी प्रवेश एवम स्थानीय तह निर्वाचन केन्द्रित कार्यक्रमलाई सम्बोधन कार्यक्रममा सहभागी हुन अध्यक्ष लिङ्देन र पार्टीकी केन्द्रीय सदस्य एवम् नायिका रेखा थापा जनकपुर गएका थिए ।