२०८२, भाद्र ४ गते

Aug 20 2025 | २०८२, भाद्र ४ गते

आइपुग्यो ‘केही छैन रमाइलो’

शुक्रवार , श्रावण ९, २०७७

  • 8.2K
    Shares
  • 8.2K
    Shares
  •  

    बुटवल, ९ असार । 
    अहिलेको कोरोनामा महामारीले सिर्जना गरेको समसामयिक विषयवस्तुलाई समेटेर तयार पारिएको तीज म्यूजिक भिडियो ‘केही छैन रमाइलो’ सार्वजनिक भएको छ । 

    शुक्रबार विहान मात्रै शुभारम्भ डिजिटलको यू–ट्यूबबाट सार्वजनिक भएको उक्त भिडियोले हजारौ दर्शकको मन जितिसकेको छ ।
    युएसए डबल बी ग्रुपको प्रस्तुतीमा बजारमा आएको उक्त गीतमा सन्जय सौगात, विनिता पोखरेल, आरती रुचाल र विरेन वि.सीको आवाज रहेको छ भने उज्वल गिरी दानविरको लय शब्द रहेको छ । 

    गीतको म्यूजिक भिडियोमा टिकटक स्टार गणेश सापकोटा, ऋषिराम बेल्वासे, सुष्मा सापकोटा, विष्णु पाण्डे, उज्जवल गिरी दानविर, अनमोल सुनार, संजय सौगात, कल्पना पाण्डे लगायतको अभिनय रहेको छ ।
    गीतको संगित संयोजन हेमन्त शिशिरले गरेका छन् भने भिडियोको निर्देशन/सम्पादन/छायांकन/विष्णु भट्टराईले गरेका छन् ।