images

बिहिवार, बैशाख २० गते २०८१

तरुण युवा र वाईसिएल सैनामैना बिच तालमेल, प्रतिक श्रेष्ठको कमाण्डमा जम्बो टिम खडा

तरुण युवा र वाईसिएल सैनामैना बिच तालमेल, प्रतिक श्रेष्ठको कमाण्डमा जम्बो टिम खडा

images
images
images
बिहिवार, बैशाख १५ २०७९
बिहिवार, बैशाख १५ २०७९
  • तरुण युवा र वाईसिएल सैनामैना बिच तालमेल, प्रतिक श्रेष्ठको कमाण्डमा जम्बो टिम खडा

    बैशाख १५ गते। आसन्न स्थानीय चुनावमा सैनामैना गठबन्धनलाई जिताउन तरुण युवा र वाईसिएल सैनामैना विच तालमेल भएको छ ।

    images
    images
    images

    प्रतिक श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय संयुक्त युवा नगर परिचालन समिति गठन भएको छ । नवगठित समितिको सहसयोजकमा वाईसिएल सैनामैना नगर अध्यक्ष शान्ति बराल, सचिबमा कमल राना, घनश्याम अर्याल, कोषाध्यक्षमा दिपक सुनार, सहकोषाध्यक्षमा प्रवेश रेग्मी र बाँकी सदस्यमा रहेको वाईसिएल सैनामैना नगर ईन्चार्ज गोविन्द खरेलले जानकारी दिए ।

    सैनामैनामा नेपाली कांग्रेस र माओवादी केन्द्र विच गठबन्धन भए संगै यि पार्टि निकट भातृसंगठन पनि तालमेल भएको तरुण युवा परिचालन सैनामैना नगर समितिका संयोजक प्रतिक श्रेष्ठले जानकारी दिए ।

    सैनामैनामा अवको सरकार गठबन्धनको सरकार हुने भन्दै एमाललेलाई पत्तासाव पार्न युवाहरुको एकता हुनु आवश्यक रहेको कुरा संयोजक श्रेष्ठले औँल्याए । संयुक्त युवा परिचालन चुनाव अवधिभर गठबन्धनलाई सुरक्षा दिने र शान्तिपुर्ण रुपमा चुनाव सम्पन्न गर्न सहयोग गर्ने श्रेष्ठको प्रतिबद्धता रहेको छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij