images

शनिवार, बैशाख २२ गते २०८१

कंञ्चन गठबन्धनका अध्यक्षका उम्मेदवार ढकालको प्रतिबद्धता : विकासले मुहार फेर्छु

कंञ्चन गठबन्धनका अध्यक्षका उम्मेदवार ढकालको प्रतिबद्धता : विकासले मुहार फेर्छु

images
images
images
आइतवार, बैशाख १८ २०७९
आइतवार, बैशाख १८ २०७९
  • कंञ्चन गठबन्धनका अध्यक्षका उम्मेदवार ढकालको प्रतिबद्धता : विकासले मुहार फेर्छु

    बैशाख १८ गते ।  सत्ता गठबन्धनको तर्फबाट रुपन्देहीको कञ्चन गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार नवराज ढकालले अध्यक्ष पदमा निर्वाचित भएमा विकासले कञ्चनको मुहार फेर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

    images
    images
    images

    कञ्चन वडा नं.१ देखि ५ सम्म भएको चुनावी घरदैलो अभियानमा अध्यक्ष पदका उम्मेदवार ढकालले विनास्वार्थ कञ्चनको विकासमा सधै लाग्ने प्रढ गर्दै ५ वर्ष जनताको सेवक बन्ने विश्वास समेत उल्लेख गरेका छन् ।

    अध्यक्ष पदका उम्मेद्धवार ढकालले यस अगाडि एमालेले सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिन्छौ भनेर झुक्याएर चुनाव जितेपनि उनीहरुका समस्या जस्ताको त्यस्तै रहेको बताए । उनले अब आफूले चुनाव जितेमा कञ्चनवासीलाई लालपुर्जा वितरणको प्रवन्ध मिलाउने बताए ।

    उनले अघिल्लो स्थानीय तहको निर्वाचनमा एमालेले सुखी नगर, खुसी नगरबासी नारा लिएको भएपनि एमालेको नेतृत्वमा अहिले त्यसको ठिक उल्टो भएको दावी गरेका छन् ।

    एमालेले जनतालाई झुक्याउने र पार्टीका सिमित नेताहरु अनुकुल काम गरिरहेकाले मतदाताले त्यसको हिसाब किताब खोजिरहेको बताए । प्रतिगमनको विरुद्धमा लोकतन्त्र र संविधानको रक्षाका लागि ५ दलीय गठबन्धन भएको बताउँदै उनले यो गठबन्धनलाई देशी विदेशी कुनैपनि शक्तिले भत्काउन नसक्ने जिकिर गरे ।

    भौतिक पुर्वाधार,सामाजिक क्षेत्रमा आमुल परिर्वतन ल्याउने आफ्नो उम्मेद्धवारी रहेको जिकिर गर्दै ढकालले रुख चिन्हमा मतदान गरि भारीमतका साथ विजय गराउन अपिल गरेका छन् । दलित,सिमान्तकृत र पछाडि परेका समुदायको हकअधिकार र उत्थानका लागी उत्पर हुने बताए ।

    कार्यक्रममा कांग्रेस क्षेत्रीय सभापति राम बहादुर थापाले कांग्रेसको जित कञ्चनमा सुनिश्चित रहेको कुरा औँल्याएका छन् । एमालेको सरकारबाट कञ्चनका जनता आजित परेको भन्दै कञ्चनको नेतृत्व गर्न कांग्रेसलाई दिन लागेको कुरा उल्लेख गरे । संयुक्त गठनबन्धनले कंञ्चनमा चुनावी प्रचार प्रसार तथा घरदैलो अभियानलाई तिव्रता  दिएको छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij