शनिवार, जेठ ७ गते २०७९

सुनको मूल्य प्रतितोला रु एक हजारले घट्यो

सुनको मूल्य प्रतितोला रु एक हजारले घट्यो

images
images

खबर पात्रो

२०, बैशाख २०७९
  • 189
    SHARES
  • सुनको मूल्य प्रतितोला रु एक हजारले घट्यो

    काठमाडौँ, २० वैशाख।  सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले घटेर रु ९७ हजार २०० तोकिएको छ। पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजार २०० मा कारोबार भएको थियो।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ७०० छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार ७०० थियो।

    images

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार २९० कायम रहेको महासङ्घले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८५८ डलर आसपास कारोबार भइरहेको छ। रासस

    images
    images
    images
    प्रकाशित मिति :बैशाख २०, २०७९ मंगलवार - १२:०२:४६ बजे

    खबर पात्रो


    Copyright © All right reserved to khabarpatro

    Site By: SobizTrend