२०८३, आश्विन २ गते

Sep 18 2026 | २०८३, आश्विन २ गते

रुपन्देहीमा जसपाले आयोजना गर्ने समायोजन कार्यक्रमप्रति लोसपाको आपत्ति

शुक्रवार , आश्विन २, २०८३

  • 292
    Shares
  • 292
    Shares
  • भैरहवा, २ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपाल जिल्ला समिति, रुपन्देहीले असोज ३ गते शनिबार (भोली) भैरहवामा आयोजना गर्न लागेको तत्कालीन जसपा रुपन्देही र तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रुपन्देहीबीचको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीले आपत्ति जनाएको छ ।

    लोसपा रुपन्देहीका जिल्ला अध्यक्ष रवि कुमार रौनियारले शुक्रबार सूचना जारी गर्दै पार्टीको तर्फबाट समायोजन कार्यक्रमका विषयमा कुनै निर्णय नभएको बताउनुभयो । उहाँले तत्कालीन लोसपा रुपन्देहीका नेता तथा कार्यकर्तालाई जसपाले आयोजना गरेको भनिएको समायोजन कार्यक्रममा सहभागी नहुन आग्रह समेत गर्नुभयो ।

    अध्यक्ष रौनियारले लोसपा रुपन्देहीको निर्णय र सहमतिबिना हुने एकतर्फी समायोजनलाई ‘अवैधानिक र गैरकानूनी’ रहेको दावी गर्नुभयो । समायोजनका विषयमा दुई पक्षबीच संस्थागत रुपमा सहमति र निर्णय नभएको अवस्थामा एक पक्षले मात्र कार्यक्रम आयोजना गर्नु उचित नहुने उहाँको भनाइ छ ।

    ‘हामी सम्माजनक समायोजनको पक्षमा छौं । तर, लोसपा रुपन्देहीलाई अवमूल्यन गरी बिलय गराउने प्रयासको घोर निन्दा गर्दछौं,  ’उहाँले भन्नुभयो । जसपा नेपाल रुपन्देहीले भने असोज ३ गते भैरहवामा तत्कालीन जसपा र लोसपाबीचको समायोजन कार्यक्रम गर्ने तयारी गरेको छ ।