२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

सैनामैना ७ मा कांग्रेस प्रवेश गर्नेको लहर, चुनाबको मुखमा एमालेलाई झट्का

शुक्रवार , बैशाख २३, २०७९

  • 4.3K
    Shares
  • 4.3K
    Shares
  • बैशाख २३ गते ।  चुनाबको मुखमा नेकपा एमालेलाई ठुलो झट्का लागेको छ । एमालेको पिएम नै नेपाली कांग्रेस सैनामैना वडा न.७ मा प्रवेश भए संगै एमाले अत्तालिएको हो ।

    नेपाली कांग्रेस सैनामैना वडा न.७ वडा समितिको आयोजनामा भएको एक बृहत आमसभामा नेकपा एमाले सैनामैना वडा न.७का पिएम यमकुमारी थापा, नाथु थारु,  प्रकाश लोधलाई नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सार्वजनिक लेखा समिति सदस्य भरतकुमार शाह, कांग्रेस लुम्बिनी प्रदेश सदस्य विष्णु पोख्रेल, कांग्रेस सैनामैना नगरसभापति रण बहादुर खनाल, गठबन्धनका मेयर पदका उम्मेद्धवार फणेन्द्र प्रसाद शर्मा, नेकपा माओवादी केन्द्रका सैनामैना अध्यक्ष तथा गठबन्धनका उपमेयरका उम्मेदवार मान बहादुर महत, कांग्रेस सैनामैना वडा न.७ का वडा सभापति टिकाराम उप्रेती लगायतले प्रवेश गराएका हुन् ।

    नवप्रवेशीहरुले चर्को घामबाट शित्तलको छहारीमुनी आउन पाउँदा खुशी लागेको प्रतिक्रिया दिएको भन्दै बाँकी जिवन र राजनितिक यात्रा कांग्रेसमै बिताउने प्रढ गरेका छन् ।