images

शुक्रवार, बैशाख २१ गते २०८१

मायादेविमा निर्वाचनका लागी तयारी पुरा,कडा सुरक्षाको घेरामा मतदान हुँदै

मायादेविमा निर्वाचनका लागी तयारी पुरा,कडा सुरक्षाको घेरामा मतदान हुँदै

images
images
images
बुधवार, बैशाख २८ २०७९
बुधवार, बैशाख २८ २०७९
  • मायादेविमा निर्वाचनका लागी तयारी पुरा,कडा सुरक्षाको घेरामा मतदान हुँदै

    बैशाख २८ गते । बैशाख ३० गते हुने स्थानीय तहको चुनावलाई लिएर निर्वाचन अधिकृत कार्यालय मायादेवी गाउँपालिकाले निर्वाचनका लागी आवश्यक तयारी पुरा गरेको छ । मायादेवि गाउँपालिकाका मतदाताले भयरहित वातावरणमा मतदान गर्नका लागी मतदान केन्द्र,मतदान स्थलको अनुगमनलाई तिव्रता दिइएको निर्वाचन अधिकृत कार्यालयका प्रमुख धर्मा अर्याल बेल्बासेले जानकारी दिईन् ।

    images
    images
    images

    निर्वाचन अधिकृत बेल्बासेका अनुसार पहिलो चरणमा उम्मेदवारहरुकाे मनोनयन दर्ता देखि लिएर निर्वाचनका लागी चुनाव चिन्ह,सवारी पास प्रदान गर्ने काम सकिएको र बाँकी रहेका निर्वाचनका लागी आवश्यक तयारी पुरा भएको उल्लेख गरिन् ।

    मायादेवि गाउँपालिकामा ११ वटा विद्यालय र एक सामुदायिक भवन गरि १२ वटा मतदान स्थल र ३५ वटा निर्वाचन मतदान केन्द्र रहेका छन । अपांगक्त,असक्तब्यक्तिहरुले लाइनमै नबसि मतदान गर्ने वातावरण बनाएको अधिकृतले बताइएकी छन् । मायादेवि गाउँपालिकामा ३० हजार ४ सय ६७ मतदाता रहेका छन् जसमध्ये १७ हजार पुरुष,१३ हजार महिला र बाँकी अन्य रहेका छन् ।

    सिसिटिभि र मुख्य सुरक्षाको निगरानीमा मतगणना गरिने सहायक निर्वाचन अधिकृत कृष्ण प्रसाद तिमिल्सीनाले जानकारी दिएका छन् ।मतगणना गाउँपालिकाकै प्रशासनीक भवनमा हुनेछ । निर्वाचनलाई ब्यवस्थति गर्नका लागी नेपाल आर्मी,सशस्त्र प्रहरी र नेपाल प्रहरी तैनाथ भईसकेका छन् । मौन अवधि सुरु भएको भन्दै मतदान नसकिदा सम्म चुनाव सम्बन्धी कुनै पनि प्रचार प्रसार र भेटघाट नगर्न आग्रह गरिएको छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij