images
images

आइतवार, जेठ ६ गते २०८१

मायादेवी गाउँपालिकाका जनप्रतिनिधिद्वारा सपथ तथा पदभार ग्रहण

मायादेवी गाउँपालिकाका जनप्रतिनिधिद्वारा सपथ तथा पदभार ग्रहण

images
images
images
सोमवार, जेठ ९ २०७९
सोमवार, जेठ ९ २०७९
  • मायादेवी गाउँपालिकाका जनप्रतिनिधिद्वारा सपथ तथा पदभार ग्रहण

    रुपन्देही, ९ जेठ ।
    रुपन्देहीको मायादेवी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले सोमबार सपथ ग्रहण गरेका छन् । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष तथा वडा सदस्यले एक कार्यक्रमबीच सपथ ग्रहण गरेका हुन् । सपथपछि निर्वाचित उनीहरूले पनि पदभार ग्रहण गरेका छन् ।

    images
    images
    images

    रुपन्देही जिल्लाका मुख्य निर्वाचन अधिकृतले निर्वाचित मायादेवी गाउँपालिकाको अध्यक्षमा धुव्रनारायण चौधरीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए । त्यसपछि गाउँपालिका प्रमुख चौधरीले नवनिर्वाचित गाउँपालिका उपाध्यक्ष नरबदादेवी उपाध्याय तथा मायादेवी गाउँपालिकाका ८ वटै वडाका जनप्रतिनिधिहरूलाई सपथ ग्रहण गराएको गाउँपालिका कर्मचारी ह्रदेश बनियाले जानकारी दिए ।

    सपथ ग्रहण गरेका वडाअध्यक्षहरूमा मायादेवी वडा नम्बर १ का पल्टु लोध, वडा नम्बर २ का अग्नु यादव, ३ वडाका मोहम्मद रफिक खाँ, वडा नम्बर ४ का अरुण तिवारी, वडा नम्बर ५ का तेज नारायण पाल, वडा नम्बर ६ का अवधराज यादव, वडा नम्बर ७ का शैलेन्द्र कुमार पाण्डेय र वडा नम्बर ८ का चोक बहादुर थापा रहेका छन् ।

    मायादेवी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष धुव्रनारायण चौधरीले पहिलो कार्यकालमा कानुनी र प्राविधिक कारणले पूरा हुन नसकेको कामहरू यस कार्यकालमा पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    कार्यक्रममा निर्वाचन अधिकृत धर्मा अर्याल बेल्बासे, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सिना, विभिन्न राजनीतिक दल, कर्मचारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन गाउँपालिकाका शिक्षा शाखा अधिकृत नारायण लामिछानेले गरेका थिए ।

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij