images
images

आइतवार, जेठ ६ गते २०८१

सैनामैनाका जनप्रतिनिधिद्वारा सपथ तथा पदभार ग्रहण

सैनामैनाका जनप्रतिनिधिद्वारा सपथ तथा पदभार ग्रहण

images
images
images
सोमवार, जेठ ९ २०७९
सोमवार, जेठ ९ २०७९
  • सैनामैनाका जनप्रतिनिधिद्वारा सपथ तथा पदभार ग्रहण

    रुपन्देही, ९ जेठ ।
    रुपन्देहीको सैनामैना नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले सोमबार सपथ ग्रहण गरेका छन् । नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्यले एक कार्यक्रमकाबीच शपथ ग्रहण गरेका हुन् । सपथपछि निर्वाचित उनीहरूले पनि पदभार ग्रहण गरेका छन् ।

    images
    images
    images

    रुपन्देही जिल्लाका मुख्य निर्वाचन अधिकृतले निर्वाचित सैनामैना नगरपालिकाको मेयरमा फणिन्द्र प्रसाद शर्मालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए । त्यसपछि नगरका प्रमुख शर्माले नवनिर्वाचित नगरपालिका उपप्रमुख बिना राना मगर तथा सैनामैना नगरपालिकाका ११ वटै वडाका जनप्रतिनिधिहरूलाई शपथ ग्रहण गराएका हुन् ।

    सपथ ग्रहण गरेका वडाध्यक्षहरूमा सैनामैना वडा नम्बर १ का भुवन क्षेत्री,  २ का अम्मर कंडेल, ३ का तम बहादुर पुर्जा,  ४ का राम प्रसाद अधिकारी, ५ का धन प्रसाद पौडेल, ६ का गोपाल पोख्रेल,  ७ का राजकुमार चौधरी, ८ का बुद्धिराम चौधरी, ९ का भानु पाण्डे, १० का कृष्ण प्रसाद घिमिरे र वडा नम्बर ११ का राम प्रसाद भुषाल रहेका छन् ।

    नगरप्रमुख शर्माले सैनामैनामा बसोबास गर्ने अपांगता भएका व्यक्ति, दलित, गरीब, जेष्ठ नागरिक, विपन्न तथा सुत्केरी महिलाको लागि जिल्लाभर लागू हुने गरी सैनामैना नगरपालिकाको खर्चमा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने व्यवस्थामा हस्ताक्षर गर्दै नमूना पालिका बनाउन सवैको साझा पहल हुनुपर्नेमा जोड दिए ।

    कार्यक्रममा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाह, नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भिम प्रसाद तिवारी, विभिन्न राजनीतिक दल, कर्मचारी लगायतको उपस्थितिमा कार्यक्रम भएको हो ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij