images

शनिवार, बैशाख १५ गते २०८१

रुपन्देहीमा गठबन्धनलाई पराजित गर्दै उपप्रमुखमा एमाले विजयी

रुपन्देहीमा गठबन्धनलाई पराजित गर्दै उपप्रमुखमा एमाले विजयी

images
images
images
मंगलवार, जेठ १० २०७९
मंगलवार, जेठ १० २०७९
  • रुपन्देहीमा गठबन्धनलाई पराजित गर्दै उपप्रमुखमा एमाले विजयी

    भैरहवा, १० जेठ ।
    रुपन्देहीका १६ वटा पालिकामध्ये १५ वटा पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । तिलोत्तमा नगरपालिकाको अन्तिम मतपरिणाम आउन बाँकी छ । अन्तिम मतपरिणाम आएका १५ वटै पालिकाको उपप्रमुख पदमा महिला नेतृ विजयी भएका छन् ।

    images

    रुपन्देहीका १६ वटामध्ये ५ वटा पालिकामा नेपाली कांग्रेससहित ५ दलको गठबन्धन रहेको थियो । रुपन्देहीको बुटवल उपमहानगरपालिका, देवदह नगरपालिका, सैनामैना नगरपालिका, तिलोत्तमा नगरपालिका र सिद्धार्थनगर नगरपालिकामा गठबन्धनबाट साझा उम्मेदवार उठाएका थिए ।

    यी ५ मध्ये ४ वटा पालिकामा नेकपा (एमाले) का उम्मेदवारले विजयी प्राप्त गरेका छन् । उनीहरुले गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै उपप्रमुख पदमा एमालेको तर्फबाट उम्मेदवार बनेका महिला नेतृ विजयी भएका छन् ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मतपरिणाम आउन बाँकी छ । तिलोत्तमा नगरपालिकामा पनि एमालेबाट उपप्रमुखमा चुनावी मैदानमा रहेकी जागेश्वरी देवी चौधरीले जित्ने सम्भावना छ ।

    गठबन्धनका उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित

    बुटवल उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट उपप्रमुखमा नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता चिन बहादुर गुरुङलाई उम्मेदवार बनायो । पाँचदलीय गठबन्धनबाट उपप्रमुख पदमा उठेकी गुरुङलाई पराजित गर्दै नेकपा एमालेकी सावित्रा देवी अर्याल विजयी भइन् । अर्यालले २५ हजार ६१ मत ल्याउँदा गुरुङले १७ हजार २३ मत प्राप्त गरे ।

    यता रुपन्देहीको सदरमुकाममा रहेको सिद्धार्थनगर नगरपालिकामा पनि गठबन्धनलाई पराजित गर्दै एमालेकी उमा अधिकारी विजयी भइन् । उनले गठबन्धनलाई पराजित गर्दै विजयी भइन् । सिद्धार्थनगरमा एमालेकी उम्मेदवार उमा अधिकारीले ८ हजार ८ सय १३ मत ल्याउँदा गठबनधनको तर्फबाट उपप्रमुखमा उठेकी माओवादी केन्द्रकी कमला थापाले ४ हजार ५ सय ९२ मत ल्याइन् । सिद्धार्थनगरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की विनिता गुप्ता दोस्रो भइन् । गुप्ताले ६ हजार ५ सय ४४ मत प्राप्त गरिन् ।

    त्यस्तै देवदह नगरपालिकामा पनि एमालेकी विद्यालक्ष्मी गुरुङ विजयी भइन् । गठबन्धनको तर्फबाट उपप्रमुखमा उठेकी नेकपा (माओवादी केन्द्र) की सुन्दरी गिरीलाई पराजित गर्दै उपप्रमुखमा गुरुङ विजयी भइन् । एमालेकी गुरुङले १३ हजार ७८४ मत ल्याउदा माओवादी केन्द्रकी गुरुङले ७ हजार २९० मत प्राप्त गरिन् ।

    सैनामैना नगरपालिकामा पनि गठबन्धन नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका उपप्रमुख पदमा उठेका मान बहादुर महतलाई पराजित गर्दै एमालेकी बिना राना निर्वाचित भएकी छन् । रानाले १५ हजार ७ सय ३२ मत प्राप्त गर्दा महतले १३ हजार ७ सय २० मत प्राप्त गरेका छन् ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij