आइतवार , आश्विन २५, २०८३
गोरखा, २५ असोज । आइतबार बिहान बुढीगण्डकीमा नदीमा आएको आकस्मिक बाढीले निर्माणधीन बूढीगण्डकी जलविद्युत आयोजनाको क्याम्प भवन बगाएको छ ।आएको बाढीले ३४१ मेगावाट क्षमताको निर्माणाधीन बुढीगण्डकी हाइड्रोपावरको क्याम्प बगाएको छ ।
आज बिहान आएको बाढीले आएको बाढीले ३४१ मेगावाट क्षमताको निर्माणाधीन बुढीगण्डकी हाइड्रोपावरको क्याम्प बगाएको छ । यता यारुखोलाको बेलिब्रिज र भवन बगाएको छ भने मुग्लिङसम्म जोखिम रहेको भन्दै तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
नदीमा आएको आकस्मिक बाढीले निर्माणधीन बूढीगण्डकी जलविद्युत आयोजनाको क्याम्प भवन बगाएको छ । गोरखाको चुमनुब्री गाउँपालिका–३ सल्लेरीस्थित ३४१ मेगावाटको अर्धजलाशययुक्त बूढीगण्डकी जलविद्युत आयोजनाको क्याम्प भवन बाढीले बगाएको हो ।
बूढीगण्डकी नदीमा आइतबार बिहान करिब ५ बजेको समयबाट लेदो र गेग्रानसहितको आकस्मिक बाढी आएका कारण तल्लो तटीय क्षेत्रमा जोखिम बढाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. धर्मराज उप्रेतीका अनुसार बाढीको प्रभावबाट तल्लो तटीय क्षेत्रलाई जोगाउन सुरक्षा निकायलाई खटाइएको छ । बाढी त्रिशूली नदीमा मिसिने भएकाले तल्लो तटीय क्षेत्रसम्म सतर्कता आवश्यक देखिएको प्राधिकरणको भनाइ छ ।
बाढी कसरी आयो र यसले के कस्तो क्षति गर्दै बगिरहेको छ भन्नेबारे कुनै जानकारी आइसकेको छैन ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij