
मंगलवार , जेठ १०, २०७९
रुपन्देही, १० जेठ ।
सेञ्चुरी कमर्सियल बैंकले शाखा कार्यालय रुपन्देहीको सैनामैनामा विस्तार गरेको छ । बैँकले १३९ औं शाखाको रुपमा सैनामैना वडा नम्बर ३ स्थित मुर्गियामा विस्तार गरेको हो । मंगलबार एक कार्यक्रमकाबीच सैनामैना नगरपालिका प्रमुख फणिन्द्र प्रसाद शर्माले सो बैँकको उद्घाटन गर्दै वित्तीय क्षेत्रको विकासमा नगरपालिका सदैव प्रतिबद्ध रहेको बताए ।
बैंकले सेवाग्राहीलाई सहज रुपमा सेवा प्रवाह गर्न आग्रह गर्दै कृषि उत्पादन क्षेत्रमा बढी महत्व दिनुपर्नेमा उनले जोड दिए । नगरप्रमुख शर्माले नगरको विकासका लागी वित्तीय संस्थाहरुसँग पनि सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता समेत ब्यक्त गरे ।
कार्यक्रममा सेञ्चुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठले कृषि उत्पादनका लागि पुंजी उपलब्ध गराउन सेञ्चुरी बैँक कटिबद्ध रहेको बताए । उद्यमशिलताको विकासका योजना बनाए आए बैंकले सहयोग गर्ने श्रेष्ठले उल्लेख गरे । श्रेष्ठले र्आिर्थक तथा व्यवसायिक विकासमा सेञ्चुरी बैंक हातेमालो गर्न तयार भएको जनाए ।
कार्यक्रममा सैनामैना नगरपालिकाका उपप्रमुख विना राना मगर, सेञ्चुरी बैंकका निर्देशक मन बहादुर राई, प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज न्यौपाने, ससिओ राजेश भण्डारी, सिपिओ विष्णु तिवारीको विशेष आतिथ्यता तथा वडा नम्बर ३का वडाअध्यक्ष तम बहादुर पुर्जा, ४ का वडाअध्यक्ष राम प्रसाद अधिकारी, सैनामैना उधोग वाणिज्य संघका अध्यक्ष प्रेम बहादुर खड्का लगायतले बोलेका थिए ।
सेञ्चुरी कमर्सियल बैंकले शाखा कार्यालय सैनामैनामा प्रमुख गणेश पौडेलको स्वागत तथा प्रदेश प्रमुख यादव भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij