images
images

आइतवार, जेठ ६ गते २०८१

जनप्रतिनिधिको प्राथमिकतामा बीमा 

जनप्रतिनिधिको प्राथमिकतामा बीमा 

images
images
images
बुधवार, जेठ ११ २०७९
बुधवार, जेठ ११ २०७९
  • जनप्रतिनिधिको प्राथमिकतामा बीमा 

    पालीका तहको निर्वाचनको मतपरिणाम सार्वजनिक भएका स्थानीतहका जनप्रतिनिधिको कार्यकाल सुरु भएको छ ।  मतपरिणाम सार्वजनिक भएका पालीकाका नवनिर्वाचित जनप्रतिनिधीहरुको पहिलो प्राथमिकतामा बीमा परेको छ । यही बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधहरुले विभिन्न निर्णयहरु सँगै बीमालाई पनि प्राथमिकतामा राखेका छन् ।

    images
    images
    images

    स्थानीय तहमा निर्वाचित जनप्रतिनिधीहरुले बीमालाई प्राथमिकतामा राख्नुले आगामी दिनमा बीमका क्षेत्र बिस्तार हुनेमा बीमा क्षेत्रमा संलग्नहरु आशावादी छन् । त्यसो त नेपालमा पछिल्लो समय बिमाको पहँच बिस्तार तथा बजार दिनप्रतिदिन बढ्दो छ । अझ त्यसमाथी स्थानीय सरकारले समेत आफ्नो कार्यकालको पहिलो निर्णयमा बीमा क्षेत्रलाई प्राथमिकता दिनुले पनि आगामी दिनमा बीमा क्षेत्रमा नागरीकको प्रत्यक्ष पहुँच बिस्तार हुने देखिन्छ ।

    निर्वाचित जनप्रतिनिधीले मात्रै होइन स्थानीय तह निर्वाचनको क्रममा राजनितिक दलहरुले आफ्नो प्रतिबद्धता पत्रमा समेत बीमाका बिषयलाई समावेश गरेको पाइन्छ । त्यो सँगै स्थानीय सरकारको आगामी पाँच बर्षे कार्यकालका लागी निर्वाचित भएका जनप्रतिनीधीले आफ्नो कार्यकालको पहिलो निर्णयमा बीमा क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्नुले आगामी बर्षमा बीमको पहुँच बिस्तार हुने सजिलै आकलन गर्न सकिन्छ ।बीमा समितीले जारी गरेको तथ्याङ्कमा हाल सम्म २७ प्रतिशत जनसंङ्ख्या बीमाको पहुँचमा रहेको पाइन्छ । यद्यपी स्थानीय सरकारले पनि बीमालाई पहिलो प्राथमिकतामा राख्नुले आगामी दिनमा बीमाको बजार थप बिस्तार हुने शिखर इन्स्योरेन्सका लुम्बिनी प्रदेश प्रमुख तथा नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटीका लुम्बिनी च्याप्टर अध्यक्ष किरण काफ्लेको भनाई छ । लुम्बिनी प्रदेश अन्र्तगत निर्वाचित विभिन्न पालीकाका प्रतिनिधीहरुले कार्यकालको पहिलो निर्णयमा बीमा क्षेत्रलाई प्राथमिकता दिनुले पनि आगामी दिनमा यस प्रदेशमा बीमको पहुँच बिस्तार हुने देखिन्छ ।

    लुम्बिनी प्रदेशको अस्थायी मुकाम रुपन्देही जिल्लाको देवदह नगरपालीकामा निर्वाचित मेयर धुव्र खरेलले आफ्नो कार्यकालको पहिलो निर्णयमा स्वास्थय बीमालाई प्राथमिकतामा राख्नु भएको छ । उहाँले पदभार ग्रहण गर्दै नगरको पहिलो प्राथमिकतामा नेपाल सरकारको स्वास्थय बिमा निती बमोजीम सम्पुर्ण देवदह नगरबासीलाई स्वास्थय बीमा कार्यक्रममा सहभागी हुन आग्रह गर्नु भएको छ । उहाँले पहिलो चरणमा अति बिपन्न, अल्पसंख्यक लगायत लक्षीत समुहमा परेका नागरीकलाई नगरपालीकाले सहुलिय प्रदान गर्दै स्वास्थ्य बीमा कार्यक्रममा सहभागी बनाउने प्रतिबद्धता जनाउनु भएको छ ।

    यस्तै बुटवल उपमहानगरपालीका वडा नम्बर ९ बाट निर्वाचित वडा अध्यक्ष प्रदिप कुमार श्रेष्ठले बिपन्न व्यक्तिको स्वास्थय बीमा गर्दै आफ्नो कार्यकालको सुरुवात गर्नु भएको छ । उहाँले बुटवल उपमहानगरपालीका वडा नम्बर ९ बस्ने दिलीप सिहंको स्वास्थ्य बीमा गर्दै कार्यकालको सुरुवात गर्नु भएको छ ।

    यता गुल्मि जिल्लाको धुर्कोट गाउँपालीकामा दोस्रो कार्यकालका लागी पालीका अध्यक्षमा निर्वाचित हुनु भएका भुपाल पोख्रेलले पनि आफ्नो दास्रो कार्यकालको निर्णयमा बीमालाई प्राथमिकता दिनु भएको छ । उहाँले आफ्नो प्रतिबद्धता पत्रमा धुर्कोट गाउँपालीका भित्र प्राकृतिक बिपत्तिबाट हुने आवासको क्षतीलाई राहत उपलब्ध गराउनको लागी गाउपालीका भित्रका प्रत्येक घरको बीमा गर्ने व्यवस्था मिलाउने र बीमा बापतको प्रिमियम शुल्कमा ५० प्रतिशत गाउँपालीकाले अनुदान उपलब्ध गराउने निर्णय गर्नु भएको छ ।

    लुम्बिनी प्रदेशमा मात्र नभई मुलुकका विभिन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका प्रतिनिधीहरुले बीमालाई पहिलो प्राथमकितामा राखेको पाईन्छ । भरतपुर महानगरबाट दोस्रो कार्यकालको लागी निर्वाचित हुनु भएकी मेयर रेणु दाहालले पनि आफ्नो पहिलो निर्णय छोरी बीमा कार्यक्रमको सुरुवात गर्नु भएको छ । उहाँले भरतपुर महानगरमा जन्मने सबै छोरीलाई एक लाख बराबरको बीमा सुविधा उपलब्ध गराउने निर्णयमा हस्ताक्षर गर्नु भएको छ ।

    यसरी स्थानीय तहको दोस्रो कार्यकालको लागी निर्वाचित भएका जनप्रतिनिधीले आफ्नो पहिलो निर्णयमा बीमा लाई प्राथमिकता राख्नुले आगामी दिनमा बीमाको बजार थप बढ्ने अनुमान लगाउनु सकिन्छ । बीमा समितीले जारी गरेको आर्थिक बर्ष २०७७र७८ को अषाढ मसान्त सम्ममा नेपालमा जम्मा बीमाको बृद्धिदर २६।१८ प्रतिशत रहेको छ । यस्तै कुल ग्राहस्थ उत्पादनमा ३‍.५८ प्रतिशत बीमाले योगदान गरेको छ भने जनसंख्याको आधारमा २७ प्रतिशत जनसंख्या बीमाको पहुचमा पुगेको पाइन्छ ।

    स्थानीय तहका जनप्रतिनिधी मात्र नभई नेपाल सरकारले पनि आगामी आर्थिक बर्ष २०७९र०८० को निती तथा कार्यक्रममा पनि बीमा व्यवसायलाई उत्पादन र उत्पादकत्व सँग आबद्ध गर्ने नितीगत व्यवस्थाको घोषणा गर्ने उल्लेख छ । सरकारले पेश गरेको आगामी आर्थिक बर्षको निती तथा कार्यक्रममा कृषि तथा पशु बीमाको बिस्तार गर्दै लघु बीमाको पहुँचलाई दुर्गम र विपन्न बर्ग सम्म पुर्‍याइने उल्लेख छ ।

    सरकारले प्रस्तुत गरेको निती तथा कार्यक्रम अगावै नेपालमा संचालीत केही बीमा कम्पनीहरुले भने लघु बीमा अन्र्तगत ग्रामिण क्षेत्रमा घुम्ति बीमा शिविरको संचालन गर्दै आएका छन । यसरी घुम्ति बीमा मार्फत शिखर इन्स्योरेन्स कम्पनीले यस अगावै बाग्मती प्रदेशको चितवन जिल्ला र लुम्बिनी प्रदेशको बर्दिया जिल्लाको ग्रामिण क्षेत्रमा घुम्ति बीमा शिविरको संचालन गर्दै कृषि तथा पशु बीमा गर्दै आएको छ ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij