images
images

आइतवार, जेठ ६ गते २०८१

वैष्णोदेवी माताको दर्शनपछि निर्वाचित वडाअध्यक्ष रफिकले खाए सपथ

वैष्णोदेवी माताको दर्शनपछि निर्वाचित वडाअध्यक्ष रफिकले खाए सपथ

images
images
images
मंगलवार, जेठ १७ २०७९
मंगलवार, जेठ १७ २०७९
  • वैष्णोदेवी माताको दर्शनपछि निर्वाचित वडाअध्यक्ष रफिकले खाए सपथ

    रुपन्देही, १७ जेठ ।
    रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ३ का नवनिर्वाचित वडाअध्यक्ष मोहम्मद रफिक खाँले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा अत्याधिक मत ल्याएर निर्वाचित भएका खाँले भारतमा रहेको प्रसिद्ध धार्मिक स्थल वैष्णोदेवी माताको दर्शन गरेपछि सोमबार सपथ ग्रहण गरेका हुन् । मायादेवी गाउँपालिकाका अध्यक्ष धु्रवनारायण चौधरीले वडाअध्यक्ष खाँलाई एक कार्यक्रमका बीच सपथ ग्रहण गराएका हुन् ।

    images
    images
    images

    सोही अवसरमा बोल्दै वडाअध्यक्ष खाँले पाँच वर्षमा जनताको पक्षमा काम गरेकै कारणले आफूलाई पुनः जनताले वडाअध्यक्षमा जिताएको विश्वास व्यक्त गरेका छन् । पूर्वाधार विकाससँगै सामाजिक क्षेत्रमा उल्लेखनीय प्रगति गरेको र जनताको सारथी बनेकाले आज वडाअध्यक्ष भएकोप्रति वडावासी सबै हर्षित भएको उनले बताए ।

    उनले भने, ‘जब म वडाअध्यक्ष हुनेछु तब सपथग्रहण गर्नु भन्दा पूर्व वैष्णोदेवी माताकोदर्शन पश्चात मात्र सपथ लिने प्रतिज्ञा गरेको थिए त्यो आज पुरा भएको छ । ’ अबको पाँच वर्ष अधुरा रहेका कामलाई पूरा गर्दै नमूना वडा बनाउन आफू क्रियाशिल रहने उनले बताए ।

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij