images

सोमवार, बैशाख १७ गते २०८१

पदभारकै दिन वडाअध्यक्ष रफिकले पुल उद्घाटन गरे

पदभारकै दिन वडाअध्यक्ष रफिकले पुल उद्घाटन गरे

images
images
images
बुधवार, जेठ १८ २०७९
बुधवार, जेठ १८ २०७९
  • पदभारकै दिन वडाअध्यक्ष रफिकले पुल उद्घाटन गरे

    १८ गते । रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ३ का नवनिर्बाचित वडाअध्यक्ष मोहम्मद रफिक खाँको पहलमा निर्माण भएको एक पुलको आज उद्घाटन भएको छ । हालै सम्पन्न स्थानिय तहको निर्बाचनमा निर्बाचित वडाअध्यक्ष रफिक खाँले आज पदभार ग्रहण गर्दै मायादेवी वडा नम्बर ३ स्थित हर्नापुर देखि निविहवा जोड्ने स्टील पुलको उद्घाटन गरेका हुन ।

    images

    सो उद्घाटन कार्यक्रममा मायादेबी गाउँपालिकाका अध्यक्ष धुर्ब नारायण चौधरी, प्रमुख प्रसासकिय अधिकृत कृष्ण प्रसाद तिमिल्सिना, अन्य जनप्रतिनिधि, कर्मचारी तथा वडाबासिको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

    यस आर्थिक वर्षको सुरुमा निर्माण कार्य सुरुवात भएता पनि चालुआर्थिक वर्षको अन्तिममा यो कार्य सम्पन्न भएको हो । 

    यो स्टील पुल निर्माण सम्पन्न गर्न २९ लाख बजेट विनियोजन भएको थियो । जसमा वडा कार्यालयको तर्फबाट १२ लाख र बाँकी रकम प्रदेश बाट बिनियोजन भएको थियो ।

    वर्षौ‌ देखि कच्ची पुलमा कष्टकर यात्रा गरेका वडाबासीले भने पुल बनेपछि सहज रुपमा यात्रा गर्न थालेका छन् । कष्टकर यात्रालाई सहजता गर्ने काम गरेको वडा अध्यक्ष मोहम्मद रफिक खाँले बताए ।

    यात्रा गर्दा जोखिम मोल्नुपर्ने र आवातजावतमा समस्या भएपछि आफनै पहलमा स्टील पुल निर्माण भएको उनले बताए । यो संगै बिद्यार्थीहरुलाई पनि सेमरा माध्यमिक बिधालयमा जान सहज भएको बताएका छ्न ।जनता सेवक बन्न फेरि ५ बर्ष निर्बाचित भएर आएको प्रतिक्रिया रफिकले दिएका छन् ।

    चुनावका बेला जनतामाझ गरेका बाचालाई पुरा गर्न हरपल लागि परेको बताउँदै पुल लगायत भौतिक पूर्वाधार निर्माणमा जुटिरहेको अध्यक्ष खाँले उल्लेख गरे । थोरै बोल्ने तर काम धेरै गर्ने आफनो बानी भएको बताउदै जनताँलाई महसुस र देख्ने खाले विकास निर्माण कार्य भएको नब निर्बाचित वडा अध्यक्ष रफिक खाँले तर्क गरे ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij