images

मंगलवार, बैशाख २५ गते २०८१

अवलोकन भ्रमण तथा नेतृत्व विकास तालिम

अवलोकन भ्रमण तथा नेतृत्व विकास तालिम

images
images
images
शनिवार, जेठ २१ २०७९
शनिवार, जेठ २१ २०७९
  • अवलोकन भ्रमण तथा नेतृत्व विकास तालिम

    कास्की, २१ जेठ ।
    उद्योग व्यापार संगठन रुपन्देही र होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीको आयोजनामा शनिबार एकदिने नेतृत्व विकास तालिम सम्पन्न भएको छ । कास्कीको अन्नपूर्ण गाउँपलिका–१० स्थित घान्द्रुकमा कार्यक्रम सम्पन्न भएको कार्यक्रम संयोजक तथा उद्योग व्यापार संगठनका सह–कोषाध्यक्ष मधुसुदन अर्यालले बताए । उनका अनुसार बर्दियामा सम्पन्न वार्षिक कार्ययोजना बैठकले तय गरेको कार्यक्रम अनुसार संगठनको टोली अवलोकन भ्रमण तथा नेतृत्व विकास तालिमका लागि शुक्रबार घान्द्रुक आएको हो । 

    images
    images
    images

    भ्रमण तथा तालिममा दुवै संगठनका पदाधिकारी, कार्यसमिति सदस्य, विभिन्न उपसमितिका संयोजक, सदस्य र सल्लाहकार गरी ४१ जना सहभागि रहेको उद्योग व्यापार संगठनका कोषाध्यक्ष राममिलन यादवले बताए ।

    तालिमको उद्घाटन कार्यक्रममा बोल्दै उद्योग व्यापार संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीले नेतृत्वसीप क्षमताको विकास गर्ने र उद्योग व्यवसायलाई कसरी सफल बनाउने भन्नेबारेमा विस्तृत रुपमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको बताए । उनले तालिममा सहभागि उद्योगी व्यवसायीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘अवलोकन भ्रमणले आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउँछ, हामीले घान्द्रुकबासीलाई लुम्बिनीको भ्रमण गर्न निमन्त्रणा गर्दैछौं, त्यस्ते लुम्बिनीबासीलाई घान्द्रुकको भ्रमण गर्न आग्रह गर्छौं ।’ तालिमले विभिन्न कुरा सिकाउने तथा भ्रमणले मनोरञ्जनका साथै पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने उनको भनाइ थियो ।

    संगठनका निवर्तमान अध्यक्ष नारायण प्रसाद भण्डारीले दुईवटा कार्यक्रम एकैसाथ भइरहेको बताए । उनले उद्योग, व्यापार, कृषि, पर्यटन क्षेत्रको प्रवद्र्धन गर्नु नै कार्यक्रमको प्रमुख उद्देश्य रहेको बताए । उनले भने, ‘व्यवसायिक हकहितका साथै संगठनले सामाजिक उत्तरदायित्वका कार्यहरुलाई निरन्तरता दिदै आएको छ ।’

    IMG_9240.JPG

    संगठनका पूर्वअध्यक्ष तथा सल्लाहकार खिम बहादुर खत्रीले स्थापनाकालदेखि नै संगठनले कार्ययोजना गोष्ठी बैठक गरेर विभिन्न कार्यक्रम गर्दै आएको बताए । उनले सिकेका कुरालाई व्यवहारमा उतार्न तालिमका सहभागिहरुलाई आग्रह गरे ।

    होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठनका अध्यक्ष पिताम्बर न्यौपानेले दुई संस्थाले संयुक्त रुपमा कार्यक्रम गरेको बताए । उनले कार्यक्रमले संगठनमा आबद्ध सदस्यहरुको नेतृत्वको विकास गर्ने र व्यवसायमा सफलता प्राप्त हुने विश्वास व्यक्त गरे ।

    उद्योग व्यापार संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीको अध्यक्षता, कार्यक्रम संयोजक मधुसुदन अर्यालको स्वागत तथा महासचिव सचिन रोक्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । तालिमको सहजीकरण प्रशिक्षक गणेश गिरीले गरेका थिए ।

    IMG_9257.JPG

    तालिममा सहभागि उद्योग व्यापार संगठन अन्तर्गत युवा तथा खेलकुद विभाग उपसमितिका अध्यक्ष वाई.पी. आचार्यले तालिम  उपलब्धीमूलक भएको बताए ।

    IMG20220604111340.jpg

    आइतबार बिहान संगठनको टोली पोखरा प्रस्थान गर्ने र प्रस्थान समयमा विश्व वातावरण दिवसको अवसरमा कार्यक्रम गर्ने वरिष्ठ उपाध्यक्ष दर्पण श्रेष्ठले बताए ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij