
मंगलवार , मंसिर २, २०७७
भैरहवा, २ मंसिर ।
रुपन्देहीमा ६ लाख रुपैयाँसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार बुटवल उपमहानगरपालिका–११ माझगाउँस्थित होटल होन्डाबाट ६ लाख रुपैयाँसहित ६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खड्क बहादुर खत्रीले बताए । होटल होन्डामा जुवातास खेलिरहेको भन्ने खबर प्रहरीलाई प्राप्त हुना साथ उक्त स्थानमा प्रहरी टोली पुगेर उनीहरुलाई नियन्त्रणमा लिइएको खत्रीले जानकारी दिए ।
पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–४ का ४४ वर्षिय होम क्षेत्री, वडा नम्बर ११ का २८ वर्षिय राजेश रसाइली, ३७ वर्षिय धिरज प्रधान, वडा नम्बर ९ का २५ वर्षिय संविधान खत्री, वडा नम्बर ११ का २६ वर्षिय कुशल थापा र २७ वर्षिय आकाश खत्री रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij