शुक्रवार, आश्विन ५ गते २०८०

परिश्रमका पर्याय अर्जुन भारती

१६ सय नभएर कृषि पढ्न नपाएका भारती बने दुई कम्पनीका मालिक 

१६ सय नभएर कृषि पढ्न नपाएका भारती बने दुई कम्पनीका मालिक 

images
images

सिता काफ्ले

२४, जेठ २०७९
  • 5.8K
    SHARES
  • १६ सय नभएर कृषि पढ्न नपाएका भारती बने दुई कम्पनीका मालिक 

    भैरहवा। २०३५ सालमा कपिलवस्तुको मोतीपुरमा जन्मेका अर्जुन भारती दशजनाको परिवारका कान्छो सदस्य हुन्। उनीमाथि पाँचजना दाजु  र चार जना दिदीहरु थिए।
    भनिन्छ, घरको सबैभन्दा सानो सदस्य पुल्पुलिएको हुन्छ। तर भारतीको जीवनमा भने त्यसो भएन। उनी सानै हुँदा उनको बाबाको मृत्यु भयो। घरको खम्बाको रुपमा रहेका बाबा नै नरहेपछि परिवारमा बिचल्ली छायो। बाबाको सम्पुर्ण जिम्मेवारी आमामाथि पर्न आयो। छोराछोरी पाल्ने, पढाउने लेखाउने देखि लिएर अन्य जिम्मेवारी पुरा गर्नका लागि आमालाई निकै धौ धौ भयो। 

    आर्थिक हिसाबले निम्नवर्गीय परिवार भएकाकारण जीवनधान्न साह्रै गाह्रो हुने गरेको थियो उनको परिवारलाई। नगदको समस्या थियो नै, परिवारलाई पुग्ने अन्नबाली उब्जाउनका लागि आफ्नो खेतबारी नभएका कारण अरुकोमा गएर अँधिया गर्नु पर्ने बाध्यता थियो भारतीको परिवारमा। ‘गाउँमाधोरै मात्रै जग्गाथियो, परिवारको संख्या धेरै भएकाकारण हामीले अधिया गरेर जिविको पार्जन गर्ने गथ्र्यौं,– भारतीले भने–त्यतिगर्दा पनि हामीलाई जीवन जिउन गारो थियो।’

    images
    images

    कम उमरमै बाबाको मृत्यु भएपछि भारतीलाई पढ्नमा समस्या आयो। घर काम गरेर उनी स्कुलजाने गर्थे। गाँउकै स्कुलबाट उनले एसएलसी दिए। एसएलसी पास भएपछि उनलाई उच्चशिक्षा राम्रो गरी पढ्ने ईच्छा थियो। पढाईमा राम्रो भविष्य देखेका भारतीले उच्च शिक्षाका लागि नमिठो अनुभव संगालेका छन्। कमजोर आर्थिक अवस्थाका कारण १६ सय रुपैयाँ नभएर उनी कलेज भर्ना हुन सकेनन्। 

    घरमा खेती किसानी गरेर पढ्दै गरेका भारतीलाई उच्च शिक्षा कृषि विषय लिएर पढ्ने थियो। तर, उनको कृषि पढ्ने चाहना १६ सय रुपैयाँ नभएकै कारण रोकियो।  तर पनि उनले हार मानेन्न। 

    ss.jpg

    कलेज भर्ना हुने पैसा नभए पछि कलेज पढ्ने उनको इच्छामा पूर्ण विराम लाग्यो। कलेज भर्ना हुन नपाएपछि भारती बुटवलमा रहेको ग्रामिण स्वालम्वन केन्द्रमा तीन महिने इलेक्ट्रिसियन तालिम लिए।

    जे हुन्छ राम्रोको लागि हुन्छ भने जस्तै उनलाई त्यस पछिका दिनले राम्रो अवसरतर्फ डोराउदै लगे। ‘सायद मलाई पनि त्यस्तै भएको होला, कृषि पढ्न नपाएपनि ईलेक्ट्रिक पढेर अहिले आफ्नो जिन्दगी राम्रो संग चलाएको छु’–उनले भने–‘मेरो कामप्रतिको लगाव देखेर त्यहीँ तालिम केन्द्रको एकजना गुरु गुनबहादुर रानाले तिम्रो यसैमा भविष्य छ, तिनवर्षे इलेक्ट्रिसियन कोर्ष पढ भनेर सल्लाह दिनु भयो। उहाले देखाएको बाटोलाई आत्मसात गर्दै बुटवलको विटीआईमा पढ्न गए, त्यहाँ उमेरहद रहेछ, २० वर्ष भन्दा कम उमेरकोलाई मात्र पढ्न पाउने सुविधा रहेछ।  मलाई यहि पेशामा रस बसिसकेको थियो, तर पढ्न नपाउदा अलि नरमाईलो लाग्यो। तर पनि जहा ईच्छा, त्यहाँ उपाय भने जस्तै पछि नेपालगञ्जमा प्राविधिक शिक्षालय गएर पढ्ने अठोट लिए।’

    सरकारी कोटाबाट नेपालगञ्ज भेरी प्राविधिक शिक्षालयमा पढ्न सुरु गरे उनले। नेपालगञ्जमा १६ सय रुपैया कोठा भाडा लिएर पढ्न सुरु गरेका थिए उनले। घरको आर्थिक अवस्था कमजोर हुदा जेनतेन पढाई खर्च जुटाएर पढेको उनको भनाई छ। दाजु भाई छुट्टिदा आफ्नो भागमा परेका केही कुखुरा, बाख्रा, भैसी र गोरु बचेर पढाई खर्च जुराएको भारतीले उल्लेख गरे। 

    उनले पढ्दै, सानोतिनो वायरिङको कामगर्दै गरे, फुर्सदमा गाउँ घरमा गएर बिजुली बत्ती जोड्ने, बायरिङ गर्ने गर्थेे। तीनवर्षे डिप्लोमा पास गर्दा उनको जम्माजम्मी खर्च ८० हजार रुपैयाँ भएको थियो।

    तीनवर्षे डिप्लोमा सकाए लगत्तै २०६१ सालमा भारतीले एभरेष्ट सिमेन्ट कपिलबस्तुमा काम सुरु गरे। ‘काम गर्दै जादा अनुभव र अवसरहरु मिल्दै जादो रहेछ’– भारतीले भने– ‘त्यसपछि नेपालका नाम चलेका ठूला ठूला औद्योगिक कम्पनीहरु खेतान ग्रुप, मायोज चाउचाउ हुदै पञ्चकन्या स्टील डिभिजनमा ८ वर्ष काम गरेँ।’

    पञ्चकन्यामा कामगर्दा उत्कृष्ट अवार्ड समेत पाए उनले। ‘त्यो अवार्डले मलाई थप उर्जा र अझ कामगर्ने हिम्मत बढाएको छ’– उनी भन्छन्– एस एल सी पास गरेर १६ सय रुपैयाको अभावमा कलेज भर्ना हुन नपाएको म इलेक्ट्रीकल ओभर सियर बन्छु भन्ने सोचेको पनि थिएन।’

    तर आज उनी नेपालका नामुद कम्पनीहरुसंग सहकार्य गर्छन्। उनी भन्छन्–‘मानिस भाग्यमा  होईन कर्ममा विश्वास गर्नु पर्छ। कर्म गरे कर्मको फल अवश्य प्राप्त हुन्छ १४ वर्ष जागिरे जिवन बिताएँ, जागिर गरेका ठाउँमा कहिले कोहीसँग नराम्रो भाको छैन, काम छोडेको ठाउंबाट अहिले पनि मलाई काम दिनुहुन्छ।’

    अहिले उनीसँग आफ्नै नामका २ वटा कम्पनी छन्– समृद्धि इलेक्ट्रिक एण्ड मेसिनरी र भारती इन्जिनियरिङ। उनले आफुले मात्रै यी कम्पनी चलाएका छैनन्, ३० जनालाई रोजगारी पनि दिएका छन्।

    images
    प्रकाशित मिति :जेठ २४, २०७९ मंगलवार - ११:३७:४९ बजे

    सिता काफ्ले

    सिता काफ्ले खबरपात्रो डटकमका संबाददाता हुन्।

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: sobij