शनिवार , मंसिर २०, २०८२
भैरहवा, २० असार । रुपन्देहीको मर्चवार क्षेत्रका विभिन्न मतदान केन्द्र तथा मतदान स्थलहरूको अनुगमन गरिएको छ । सम्मरीमाई र मर्चवारीमाई गाउँपालिका गरी १२–१३ वटा मतदानस्थलहरुको अनुगमन गरिएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले बताउनुभयो ।
मतदानस्थल र मतदान केन्द्रको स्थिति, अवस्थिति, त्यसको केन्द्र र त्यहाँ कसरी व्यवस्थित तरिकाले मतदान सम्पन्न गर्न सकिन्छ भन्ने मुख्य उद्देश्यले बिहीबार अनुगमन गरिएको उहाँले बताउनुभयो । त्यसमा केही सुधार गर्नुपर्ने भए सुधार पनि गर्न सकिने उहाँको भनाइ छ ।
‘फागुन २१ मा घोषणा भएको प्रतिनिधि सभाको निर्वाचनको सन्दर्भमा जिल्लाका विभिन्न मतदानस्थल र मतदान केन्द्रहरुको अनुगमन गर्ने, त्यहाँ केही कमीकमजोरी छन् भने त्यसलाई सुधार गर्न लगाउने, निर्वाचनको वातावरण तयार गर्ने र जिल्लामा स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन गराउनको लागि जिल्ला सुरक्षा समितिका सबै सुरक्षा निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारी लगायतको टोलीले अनुगमन गरेको हो, ’उहाँले भन्नुभयो ।
जिल्ला निर्वाचन कार्यालय, स्थानीय तह र सम्बन्धित विद्यालयसँग समेत समन्वय गरेर व्यवस्थित गर्ने उद्देश्यले नै अनुगमन कार्यक्रम गरिएको उहाँले जानकारी दिनुभयो । यसलाई अभियानको रुपमा जिल्लाभरी लैजाने आचार्यको भनाइ छ । ‘यो भन्दा हामीले अगाडि तिलोत्तमा नगरपालिका, बुटवल उपमहानगरपालिका लगायतका स्थानमा अनुगमन गरिसकेका छौं । आगामी दिनमा यस्तै योजना बनाएर जिल्लाका अन्य पालिकाहरु, महत्वपूर्ण ठाउँहरु र अलिकति संवेदनशील मतदानस्थलहरुको निरीक्षण गर्नेछौं,’उहाँले भन्नुभयो ।
समयका कारणले पुग्न नसकिएका ठाउँहरुमा सुरक्षा युनिटहरुलाई अनुगमन गर्न लगाएर त्यहाँको वस्तुस्थितिको जानकारी लिइने उहाँले बताउनुभयो ।...
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij