images

सोमवार, बैशाख १७ गते २०८१

मुख्य सडकमा पर्ने ‘होर्डिङ बोर्ड’हटाईयो

मुख्य सडकमा पर्ने ‘होर्डिङ बोर्ड’हटाईयो

images
images
images
बुधवार, जेठ २५ २०७९
बुधवार, जेठ २५ २०७९
  • मुख्य सडकमा पर्ने ‘होर्डिङ बोर्ड’हटाईयो

    जेठ २५ गते । रुपन्देहीको सैनामैनामा सवारी दुर्घटना बढे संगै यसलाई न्यूनिकरण गर्न केही प्रयास थालिएको छ । खासमा सैनामैनामा पर्ने मुख्य पुर्व–पश्चिम राजमार्ग र सोही मार्गमा धेरैजसो सवारी दुर्घटना हुदाँ मानवीय तथा भौतिक क्षेति हुँदै आएको छ ।

    images

    सवारी दुर्घटनालाई कम गर्न डिभिजन सडक कार्यालय बुटवल र इलाका प्रहरी कार्यालय सालझण्डीको सक्रियतामा मापदण्ड विपरित सडकमा राखिएको विज्ञापन तथा होर्डिङ बोर्डलाई हटाउने काम भएको प्रहरी निरिक्षक जगन्नाथ मरासिनीले जानकारी दिए ।

    सडकलाई अस्तब्यस्त बनाउन मापदण्ड विपरित राखिएका बोर्ड तथा ठेलालाई हटाईएको छ । प्रचारप्रसारका लागी केही ब्यवसायीहरु तथा संघसंस्थाहरुले ८४ फुट भित्र गाडेर राखेको साना तथा ठुला विज्ञापन बोर्डहरुलाई डोजर लगाएर नियन्त्रणमा लिइएको छ ।

    सैनामैनाको सालझण्डी एरियामा पर्ने करिब १७ कि.मी सडकमा रहेका बोर्ड हटाइएको र आगामी दिनमा यसरी मापदण्ड विपरित बोर्ड नराख्न समेत भनिएको प्रहरी निरिक्षक मरासिनीले उल्लेख गरे ।

    सडक नजिक विज्ञापन बोर्ड तथा ठेला हुदाँ दुर्घटना बढेको सजिलै अनुमान गर्न सकिन्छ ।सडकको उचित मर्मतसम्भार नहुनु,ट्राफिकको मात्र भर पर्नाले दैनिक जसो सैनामैनामा दुर्घटना भइरहेको छ ।सडक दुर्घटना न्यूनिकरण गर्न सम्बन्धित निकायको चासो हुन जरुरी छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij