
बिहिवार , मंसिर ४, २०७७
बुटवल, ४ मंसिर
पश्चिमाञ्चल यातायात व्यवसायी समितिमा आवद्ध व्यवसायी सन्तोष खनालको परिवारलाई २ लाख राहत रकम प्रदान गरेको छ ।
समितिका पूर्व लेखा समिति तथा कार्यसमिति सदस्य तथा समितिमा आबद्ध व्यवसायी खनालको काठमाडौमा उपचारको क्रममा गत कार्तिक २६ गते मृत्यु भएको थियो ।
समितिले आफ्ना व्यवसायीको मृत्यु हुदाँ राहात स्वरुप २ लाख रुपैयाँ प्रदान गर्ने गरी स्थापना गरेको व्यवसायी राहत कोषबाट उक्त रकम प्रदान गरिएको अध्यक्ष यम प्रसाद पाडेले बताए ।
स्वर्गीय खनालको बुटवल १० कालिकानगरस्थित निवासमा बिहीवार आयोजित शोकसभामा समितिका तर्फबाट अध्यक्ष पाण्डेले मृतक खनालका दाजु शंकर खनाललाई २ लाख रुपैयाँको चेक प्रदान गर्नु भएको महासचिव जीत बहादुर भाटले बताए ।
यस क्षेत्रका यातायात व्यवसायी खनालको अल्पायुमै भएको निधनले स्तब्ध बनाउनुका साथै परिवारजनमा पर्न गएको दुःखमा समितिले शोक वक्तत्व समेत प्रकट गरेको वरिष्ठ उपाध्यक्ष प्रताब बहादुर कार्कीले बताए ।
शोकसभामा समितिका पूर्व अध्यक्ष लोकराज पोखरेल, उपाध्यक्षहरु अर्जुन भुसाल, डिल्लीराम रिजाल, नारायण थापा, गणेश घिमिरे, सिद्धार्थ उदय, सल्लाहकार खगराज गौतम, कोषाध्यक्ष हरि रिमाल, कार्यालय प्रमुख बाबुराम अधिकारी, सहायक कार्यालय प्रमुख प्रकाश गैरे लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij