images

सोमवार, बैशाख १७ गते २०८१

राहतमा जुट्दै दुधराक्ष क्लब, कपास उद्योगलाई आर्थिक सहयोग 

राहतमा जुट्दै दुधराक्ष क्लब, कपास उद्योगलाई आर्थिक सहयोग 

images
images
images
शनिवार, जेठ २८ २०७९
शनिवार, जेठ २८ २०७९
  • राहतमा जुट्दै दुधराक्ष क्लब, कपास उद्योगलाई आर्थिक सहयोग 

    रुपन्देही, २८ जेठ ।
    रुपन्देहीको सैनामैना नगरपालिका–६ स्थित कलौनीमा रहेको दुधराक्ष युवा क्लब आपतविपत् परेको बेला उद्दार र राहतमा जुट्दै अघि बढेको छ । क्लबले आज एक कार्यक्रमकाबीच राहत स्वरुप आर्थिक सहयोग गरेको छ ।

    images

    शुक्रबार सैनामैना वडा नम्बर ७ मा रहेको शिव भवानी कपास उद्योगमा आगलागी हुँदा ८६ लाख भन्दा बढी क्षति भएको भन्दै दुधराक्ष युवा क्लबले राहत स्वरुप आर्थिक सहयोग गरेको हो । क्लबका अध्यक्ष किरण पोख्रेल, निवर्तमान अध्यक्ष विष्णु पाण्डेले उद्योगका सञ्चालक जगन्नाथ भण्डारीलाई रु. १० हजार हस्तान्तरण गरेका हुन् । सो अवसर पारेर क्लबका टिमले कपास उद्योगमा सरसफाई समेत गरेका थिए ।

    कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष किरण पोख्रेलले क्लबले राहतस्वरुप आर्थिक सहयोग गरेको बताउँदै आपत परेको बेला सामाजिक संस्थाले सहयोग गर्नुपर्नेमा जोड दिए । लामो समयदेखि रोजगार प्रदान गर्दै आएको सेवा प्रदायक उद्योगमा विपत आइपरेकोप्रति दुःख व्यक्त गर्दै अध्यक्ष पोखरेलले आगामी दिनमा समेत क्लब सामाजिक काममा सधै कटिबद्व रहने जिकिर गरे ।
    त्यस्तै, कार्यक्रममा क्लबका निबर्तमान अध्यक्ष विष्णु पाण्डेले व्यक्तिगत रुपमा कपास उद्योगलाई रु. ५ हजार सहयोग गर्दै विभिन्न सामाजिक संस्था विपतको बेला उद्दार र राहतमा जुट्न आग्रह गरे ।

    sarsafai.jpg

    राहत कार्यक्रमको सन्चालन क्लबका सचिव पदम पाण्डेले गरेका थिए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij