images

आइतवार, बैशाख २३ गते २०८१

लायन्स तिलोत्तमा बुद्धज्योतिमा नयाँ नेतृत्व  

लायन्स तिलोत्तमा बुद्धज्योतिमा नयाँ नेतृत्व  

images
images
images
आइतवार, जेठ २९ २०७९
आइतवार, जेठ २९ २०७९
  • लायन्स तिलोत्तमा बुद्धज्योतिमा नयाँ नेतृत्व  

    तिलोत्तमा, २९ जेठ । 
    लायन्स क्लब अफ तिलोत्तमा बुद्धज्योतिमा लायन वर्ष २०२२/२३ का लागि नयाँ कार्यसमिति चयन भएको छ । आइतबार भएको क्लबको साधारणसभाले बैंकर गंगाराज सापकोटा अध्यक्ष रहेको कार्यसमिति सर्वसम्मत चयन गरेको हो । 

    images
    images
    images

    क्लबको प्रथम उपाध्यक्षमा देवबहादुर कुंवर, द्वितीय उपाध्यक्षमा कृष्णप्रसाद पन्थी, तृतीय उपाध्यक्षमा उपेन्द्रप्रसाद अधिकारी, सचिवमा इञ्जिनियर विनोद भण्डारी, क्लब एड्मिनिस्ट्रेटरमा शान्तकुमार कार्की, कोषाध्यक्षमा शोभाखर सुनार निर्वाचित भएका छन् । 
    त्यस्तै क्लब सहसचिवमा करन राना, सह–कोषाध्यक्षमा हुतराज शर्मा, मेम्बरशीप चेयरपर्सनमा हिरा गिरी, एलसीआईएफ कोअर्डिनेटरमा बसन्त पाण्डे र क्लब सर्भिस चेयरपर्सनमा मेख कुंवर निर्वाचित भएका छन् । 

    त्यसै गरी क्लब मार्केटिङ एण्ड कम्युनिकेसन चेयर पर्सनमा टी.आर शर्मा, टेल टुइस्टरमा दीपा अर्याल, निर्देशक तथा पार्क व्यवस्थापकमा रामप्रसाद पन्थी निर्वाचित भएका छन् । त्यस्तै सल्लाहकारहरुमा क्लबका संस्थापक अध्यक्ष (चार्टर प्रेसिडेन्ट) भक्तबहादुर खड्का तथा पूर्व अध्यक्षहरु ज्ञानेन्द्र पोखरेल, नारायणप्रसाद पाण्डे र निवर्तमान अध्यक्ष केशर थापा चयन भएका छन् । 

    कार्यक्रममा चार्टर पेसिडेन्ट भक्तबहादुर खड्का, नवनिर्वाचित अध्यक्ष गंगाराज सापकोटा लगायतले आगामी दिनमा क्लबलाई अझ धेरै सामाजिक कार्यमा क्रियाशील बनाउने प्रतिवद्धता जनाएका थिए ।  क्लबले बुटवलको योगीकुटीमा करिब २० लाख रुपैयाँ लागतमा हरियालीयुक्त स्मार्ट लायन्स पार्क निर्माण गरेको छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij