images

आइतवार, बैशाख २३ गते २०८१

सालझण्डी प्रहरीद्वारा ठूलो परिमाणमा अवैध चिनी बरामद 

सालझण्डी प्रहरीद्वारा ठूलो परिमाणमा अवैध चिनी बरामद 

images
images
images
सोमवार, जेठ ३० २०७९
सोमवार, जेठ ३० २०७९
  • सालझण्डी प्रहरीद्वारा ठूलो परिमाणमा अवैध चिनी बरामद 

    रुपन्देही, ३० जेठ ।
    रुपन्देहीको सैनामैनाबाट ठूलो परिमाणमा अवैध चिनी बरामद गरिएको छ । ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख तथा प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा खटिएको प्रहरी टोलीले अवैध चिनी र चामल बरामद गरेको हो ।

    images
    images
    images

    सालझण्डीबाट पाल्पातर्फ जाँदै गरेको  लु ३ च ११३३ नम्वरको बलेरो पीकअपमा भन्सार छली गरी ल्याएको अवस्थामा सैनामैना वडा नम्बर १० स्थित भच्कैयाबाट अवैध ८ क्विन्टल चिनी र ३ क्वीन्टल चामल बरामद गरिएको सालझण्डीका प्रमुख मरासिनीले जानकारी दिए । मरासिनीका अनुसार कञ्चन वडा नम्बर १ हात्तिबजारस्थित सुमन पन्तले सञ्चालन गर्दै आएको आरती किराना पसल तथा सावित्री ट्रेडर्सबाट अवैध सामान ल्याइएको अनुसन्धानपछि खुलेको छ ।

    बरामद गरिएको अबैध चिनी र चामलको बजार मुल्य रु.१ लाख २७ हजार ९ सय १५ रुपैया पर्ने अनुमान गरिएको छ ।

    अवैध सामान ओसारपोसार गर्ने गाडीसहित २ जनालाई समेत नियन्त्रणमा लिइ आवश्यक कारवाहीका लागि आन्तरिक राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ ।

    यस्तै, सोही घटनाबारे अनुसन्धान गर्दा आरती किराना पसलको स्टोरमा खानतलासी गर्ने क्रममा म्याद गुज्रिएका विभिन्न उपभोग्य सामान बरामद गरी स्थानीय जनप्रतिनिधि, प्रहरी, सञ्चारकर्मीको रोहबरमा नष्ट गरिएको छ । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij