images
images

सोमवार, जेठ ७ गते २०८१

सिद्धार्थ उद्योग वाणिज्य संघमा उत्पत्ति प्रमाणपत्रसम्बन्धि दुईदिने तालिम

सिद्धार्थ उद्योग वाणिज्य संघमा उत्पत्ति प्रमाणपत्रसम्बन्धि दुईदिने तालिम

images
images
images
बिहिवार, आषाढ २ २०७९
बिहिवार, आषाढ २ २०७९
  • सिद्धार्थ उद्योग वाणिज्य संघमा उत्पत्ति प्रमाणपत्रसम्बन्धि दुईदिने तालिम

    भैरहवा, २ असार ।
    सिद्धार्थ उद्योग वाणिज्य संघ, रूपन्देही तथा नेपाल उद्योग वाणिज्य महासंघ, काठमाडौंको संयुक्त आयोजनामा निकासीकर्ता उद्योगीहरूलाई लक्षित गरी उत्पत्ति प्रमाणपत्र जारी विषयक अनलाइन प्रक्रियाबारे भैरहवामा दुईदिने तालिम सुरु भएको छ । तालिमको उद्घाटन गर्दै संघका कार्यवाहक अध्यक्ष ठाकुर कुमार श्रेष्ठले निकासीकर्ता उद्योगहरूलाई अनलाईन प्रक्रियाबारे जानकारी दिने उद्देश्यले उद्योग वाणिज्य महासंघसँग समन्वय गरी तालिम प्रदान गरिएको र यसबाट उद्योगीहरुलाई सहज हुने बताए ।
    संघका महासचिव विजय पाण्डेले आफूले सिकेका कुरालाई व्यवहारमा लागू गरी फाइदा लिनुपर्ने बताए । तालिममा निकासी गर्ने उद्योगहरुको तर्फबाट उत्पत्ति प्रमाणपत्र हेर्ने ३५ जना प्रशिक्षार्थीरूको सहभागिता रहनेछ ।

    images
    images
    images

    संघका कार्यकारी सचिव आनन्द खनालको सञ्चालनमा भएको कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो । तालिममा उद्योग वाणिज्य महासंघका वरिष्ठ अधिकृत तथा इञ्जिनियर मिलब श्रेष्ठले प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन् ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij