images
images

आइतवार, जेठ ६ गते २०८१

लुहुड्ड, बौघा पोखराथोक (पाल्पा) रुपन्देही सम्पर्कद्वारा सहयोग प्रदान

लुहुड्ड, बौघा पोखराथोक (पाल्पा) रुपन्देही सम्पर्कद्वारा सहयोग प्रदान

images
images
images
शनिवार, आषाढ ४ २०७९
शनिवार, आषाढ ४ २०७९
  • लुहुड्ड, बौघा पोखराथोक (पाल्पा) रुपन्देही सम्पर्कद्वारा सहयोग प्रदान

    बुटवल, ४ असार । 
    लुहुड्ड, बौघा पोखराथोक (पाल्पा) रुपन्देही सम्पर्क समाजले मृगौला पिडीतको उपचारको लागि सहयोग हस्तान्तरण गरेको छ ।
    विगत लामो समयदेखि दुवै मृगौला फेल भइ आर्थिक अभावका कारण उपचारमा समस्या परेका बुटवल उपमहानगरपालिका–११, प्रगतिनगर निवासी पदम रसालीलाई शनिबार एक कार्यक्रमकावीच आर्थिक सहयोग ७५ हजार १ सय २५ रुपैयाँ हस्तान्तरण गरिएको हो ।

    images
    images
    images

    हस्तान्तरण कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष लक्ष्मण प्रसाद शर्माले यस्तै समस्या तथा दुःखमा परेका व्यक्ति तथा समुदायलाई सहयोग गर्दै सामाजिक सेवा अग्रसर हुने उद्देश्यका साथ यस संस्थाको स्थापना गरिएको बताए । उनले आगामी दिनमा पनि यस्तै समाजसेवामा अग्रसर भइरहने बताए । उनले मृगौलापीडित रसालीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै अन्य सहयोगीदाताहरुलाई पनि सहयोग गर्नका लागि आग्रह गरे ।

    रसालीलाई उक्त सहयोग देश तथा विदेशबाट सहयोग संकलन गरी हस्तान्तरण गरिएको आर्थिक सहयोग समितिका संयोजक गोपाल गैरेले बताए । साथै आर्थिक अवस्था नाजुक भएका कारण छोराछोरी बढाउन समेत अप्ठेरो परेपछि उनको छोराछोरीको शिक्षाका लागि सहयोगी भूमिका खेल्ने संस्थाका कोषाध्यक्ष अशोक रिसालले प्रतिवद्धता व्यक्त गरे । संस्थाका अध्यक्ष लक्ष्मण प्रसाद शर्माको अध्यक्षता र शालिकराम पराजुलीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij