images
images

सोमवार, जेठ ७ गते २०८१

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध अनेरास्ववियुद्वारा रुपन्देहीमा प्रदर्शन 

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध अनेरास्ववियुद्वारा रुपन्देहीमा प्रदर्शन 

images
images
images
सोमवार, आषाढ ६ २०७९
सोमवार, आषाढ ६ २०७९
  • पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध अनेरास्ववियुद्वारा रुपन्देहीमा प्रदर्शन 

    रुपन्देही, ६ असार । 
    पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरूद्ध नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले विरोध प्रदर्शन गरेको छ ।

    images
    images
    images

    सोमबार बिहान बुटवल बहुमुखी क्याम्पस अगाडि अनेरास्ववियुका नेता कार्यकर्ताले सडकमा विरोध गर्दै सवारीसाधन बन्द गर्नुका साथै टायर बालेर नाराबाजी गरेका छन् । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा लगातार वृद्धि गरेपछि विद्यार्थीहरूले विरोध गरेका हुन् ।

    गठबन्धन सरकारले नागरिकलाई पीडामाथि पीडा थोपर्न एकैपटक भारी रूपमा मूल्यवृद्धि गरेको अनेरास्ववियु रुपन्देही अध्यक्ष शेषकान्त पोखरेलले बताए । उनले सरकारले निर्णय नसच्याएसम्म आन्दोलन जारी रहने बताए ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij