images

आइतवार, बैशाख १६ गते २०८१

मूल्यवृद्धिविरुद्ध अनेरास्ववियु रुपन्देही आन्दोलित, सरकारी गाडी चल्न रोक लगाउने घोषणा

मूल्यवृद्धिविरुद्ध अनेरास्ववियु रुपन्देही आन्दोलित, सरकारी गाडी चल्न रोक लगाउने घोषणा

images
images
images
सोमवार, आषाढ ६ २०७९
सोमवार, आषाढ ६ २०७९
  • मूल्यवृद्धिविरुद्ध अनेरास्ववियु रुपन्देही आन्दोलित, सरकारी गाडी चल्न रोक लगाउने घोषणा

    भैरहवा, ६ असार ।
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी, रुपन्देहीले आन्दोलन सुरु गरेको छ । अनेरास्ववियु रुपन्देहीले सोमबार विज्ञप्ती जारी गर्दैै आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । जसअन्तर्गत सोमबार (आजै)देखि रुपन्देही जिल्लाभर प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, पालिकाका प्रतिनिधि, सरकारी कर्मचारी लगायत सबै खाले सरकारी गाडी चल्न रोक लगाउने अनेरास्ववियुले जनाएको छ ।

    images

    त्यस्तै असार ७ गते बिहान ९ बजेदेखि ११ बजेसम्म सबै क्याम्पस अगाडी विरोध प्रदर्शन तथा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि तथा कालोबजारीविरुद्ध अनुगमन तथा निगरानी गरिने अनेरास्ववियु रुपन्देहीका अध्यक्ष शेषकान्त पोखरेलले बताए ।

    प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले हप्ता हप्ता दिनमा पेट्रोलियम पदार्थको चर्को मूल्यवृद्धि गरी जनताको ढाड सेक्ने काम गरेकाले आन्दोलनको कार्यक्रम घोषणा गरिएको पोखरेलले बताए ।

    288402956_742599910203680_3185467810284435500_n.jpg

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । आइतबार राति १२ बजेदेखि लागु हुने गरी अहिलेसम्मको धेरै मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोल प्रतिलिटर २१ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर २७ रुपैयाँले मूल्यवृद्धि गरेको हो । एकैपटक यति धेरै प्रतिलिटर मूल्य वृद्धि भएको यो पहिला पटक हो । यससँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजेल र मट्टीतेल किन्न १९२ रुपैयाँ तिर्नुपर्ने छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij