२०८२, भाद्र २९ गते

Sep 14 2025 | २०८२, भाद्र २९ गते

मायादेवी स्मार्ट कृषि गाउँ कार्यक्रम : पशुपालक कृषकलाई मेशिन वितरण

मंगलवार , आषाढ ७, २०७९

  • 5.2K
    Shares
  • 5.2K
    Shares
  • भैरहवा, ७ असार ।
    मायादेवी स्मार्ट कृषि कार्यक्रम कार्यान्वयन समिति मायादेवी–७ हाटीबनगाई, रुपन्देहीले पशुपालक कृषकलाई विभिन्न मेशिन/उपकरण प्रदान गरेको छ । समितिले मंगलबार मायादेवी–७ का ३ सय घरपरिवारलाई बराबरको मेशिन प्रदान गरिएको समितिका संयोजक प्रताप मौर्यले बताए । उनले प्रदेश सरकारबाट प्राप्त ३० लाख र कृषकबाट १३ लाख गरी ४३ लाख बराबरको सामग्री प्रदान गरिएको जानकारी दिए ।

    ४२ वटा गोठ निर्माण गर्नुका साथै च्यापकटर मेशिन, स्प्रे मोटर, टाउमेट, खोवा मेशिन, क्रिम सेपरेटर, औषधी, फोटोकपी मेशिन लगायतका सामग्री वितरण गरिएको उनले बताए । पाँचवर्षे कार्यक्रममा ३०० घरपरिवार लाभान्वित हुने उनको भनाइ छ । त्यस्तै मंगलबार नै सार्वजनिक सुनुवाई समेत गरिएको उनले बताए ।

    मंगलबार एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेय, मायादेवी–७ का वडाअध्यक्ष शैलेन्द्र कुमार पाण्डेयले कृषकहरुलाई उक्त मेशिन तथा सामग्री हस्तान्तरण गरेका हुन् । सो अवसरमा बोल्दै पूर्वमन्त्री पाण्डेयले उपलब्ध मेशिन/उपकरणको अधिकतम उपयोग गर्न आग्रह गरे ।