बुधवार , आषाढ ८, २०७९
भैरहवा असार ८ गते । रुपन्देहीको मायादेवी गाउपालिकाले नयाँ सेवा प्रारम्भ गरेको छ । गाउँपालिका ले योजना तथा कार्यक्रमको भुक्तानी अनलाइन प्रणालीबाटै सम्बन्धीत फर्म तथा ब्यक्तिको बैँक खातामा दाखिला गर्ने प्रबन्ध सहितको सेवा आज देखि सुरु गरेको मायादेवि गाउँपालिकाका लेखा अधिकृत राम प्रसाद भट्टराईले जानकारी दिए ।
लेखा अधिकृत भट्टराईका अनुसार योजना तथा कार्यक्रम सम्पन्न पश्चात कागजात पुरा भएका योजनालाई अनलाइनबाटै रकम भुक्तानी गर्दै अघि बढ्ने बताउँदै यो सेवाबाट सेवाग्राहीले सास्ती बेहोर्न नपर्ने कुरामा आफु ढुक्क भएको समेत उल्लेख गरे ।साथै,पुर्ण रुपमा साउन देखि लागु हुने बताइएको छ ।
यसैगरि,मायादेवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सिनाले अब योजनाको काम सम्पन्न भएपछि भुक्तानीका लागी सेवाग्राही कुरेर बस्नुपर्ने बाध्यता हटेको दावि गरेका छन् ।
प्रशासनिक क्षेत्रबाट जनतालाई सेवा प्रवाहमा सहजता ल्याउन प्रविधिमैत्री भएर नगरपालिका लागेको प्रमुख प्रशासकीय अधिकृत तिमिल्सिनाको ठम्याई छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij