images

शुक्रवार, चैत्र १६ गते २०८०

मायादेवी गाउँपालिकाकाे नीति तथा कार्यक्रम सार्वजनिक

मायादेवी गाउँपालिकाकाे नीति तथा कार्यक्रम सार्वजनिक

images
images
images
शुक्रवार, आषाढ १० २०७९
शुक्रवार, आषाढ १० २०७९
  • मायादेवी गाउँपालिकाकाे नीति तथा कार्यक्रम सार्वजनिक

    असार १० गते । रुपन्देहीको मायादेवी गाउँपालिकाले आगामी वर्षका लागी निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष ध्रुवनारायण चौधरीले आर्थिक वर्ष २०७९/०८०का लागी नीति तथा कार्यक्रम आज प्रस्तुत गरेका हुन् । मायादेवीको पहिचान : “सन्तुलित बिकास, गुणस्तरिय सेवा र सुशासन” भन्ने मुल नारालाई साकार पार्न कार्यक्रम प्रस्तुत गरिएको हो । प्रस्तुत निति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्य क्षेत्रलाई उच्च प्राथामिकता दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सिनाले जानकारी दिए ।

    images
    images
    images

    आर्थिक विकासतर्फ :

    कृषिलाई आर्थिक समृद्धिको मेरूदण्ड मान्दै “व्यवसायिक कृषि पेशा अवलम्वन गरौं, आत्मनिर्भर बनौं” भन्ने उद्देश्यका साथ कृषिलाई आधुनिकीकरण,व्यवसायीकरण तथा बजारीकरण गर्न अभिप्रेरित गरिनेछ । व्यवसायिक तथा साना कृषकहरूलाई अनुदानको ब्यवस्था गरिनेछ । नेपाल सरकारको घोषित नीति अनुसार यस पालिकाका कृषकहरुको खाद्यान्न बालीको बजारीकरण तथा ब्यवस्थापन तर्फ उन्मुख गरिनेछ । कृषि एकीकृत गुरुयोजना निर्माण गरि कार्यान्वयन गरिनेछ । गाउँपालिका क्षेत्रभित्र उत्पादन गर्न सकिने कृषिजन्य, तरकारीजन्य, फलफुल, मासुजन्य तथा दूग्धजन्य वस्तुहरुमा गाउँपालिकालाई आत्मनिर्भर बनाउँदै व्यवसायिक कृषिको माध्यमवाट आर्थिक वृद्धि हासिल गर्ने नीति लिइने छ ।खुल्लारुपमा मासु बिक्रि वितरण गर्ने परिपाटिको अन्त्य गरी स्वस्थ÷स्वच्छ मासु बिक्रि–वितरणको लागि आवश्यक व्यवस्था मिलाईने छ ।

    कृषि पेशालाई सम्मानित र व्यवसायिक बनाई कृषिमा आश्रित जनताको जीवनस्तर सुधार गर्न तथा युवा जनशक्तिलाई कृषिमा आकर्षित गर्न कृषकहरुको तथ्याङ्क संकलन गरी निश्चित मापदण्डको आधारमा कृषकको वर्गीकरण गरी कृषक परिचय पत्र वितरण गर्ने कार्य शुरु गरिनेछ । किसानको लागत मुल्य प्राप्तीको सुनिश्चताको साथै प्राकृतिक प्रकोप तथा जंगली जनावरबाट हुने क्षतिको असरबाट किसानलाई बचाउनका लागी कृषि तथा पशु बीमा कार्यक्रमलाई कृषकको खेत तथा गोठसम्म पुर्याउन गाउँपालिकाले आवश्यक सहयोग तथा सहजीकरण गर्ने छ । “एक वडा, एक उत्पादन” कार्यक्रमलाई प्रोत्साहन हुने किसिमका कृषि गतिविधि सञ्चालन गर्ने नीति अवलम्बन गरिने छ । माटो र जमिनको रक्षाका लागि रासायनिक मलमा मात्र निर्भर नभै गोठे मल, प्राङ्गारिक मल तथा जैविक मल उत्पादन कार्यमा प्रोत्साहन गरिने छ । जैविक विषादीको प्रयोगलाई प्रोत्साहित गरिने छ ।

    आधुनिक कृषि व्यवसायबाट मात्र उत्पादन बढ्ने, रोजगारीको सृजना हुने हुँदा उत्पादनलाई बढावा दिदैं बजारीकरण गर्ने जसका लागि उपलब्ध हाटबजारहरुको संरचनात्मक सुधार गर्दै सहज रुपमा विनिमय गर्नसक्ने व्यवस्थित हाटबजारमा रुपान्तरण गरिने छ ।दीर्घकालिन कृषि योजनाले अवलम्बन गरेका नीतिहरुका आधारमा खाद्यान्न वाली,नगदेवाली, तेलहनवाली, दलहनवाली, च्याउखेती, व्यवसायिक तरकारीखेती, माछापालन, कुखुरापालन कार्यक्रम सञ्चालन गर्न अभप्रेरित गरिनेछ साथै गाई, भैसी र बाख्रामा नश्ल सुधार कार्यक्रमलाई प्रभावकारी बनाई कृत्रिम गर्भाधान कार्यक्रम सञ्चालनलाई निरन्तरता दिईनेछ ।कृषकको सहभागितामा नेपाल सरकार, प्रदेश सरकारसमेतको सहयोग र समन्वयमा तरकारी तथा फलफुलको संरक्षणको लागि शितभण्डार (कोल्डस्टोर) निर्माणको लागि जग्गा व्यवस्थापन तथा डि.पि.आर. तयार गरी निर्माण कार्यको लागि आवश्यक कदम अगाडी बढाइनेछ ।

    उत्कृष्ट उत्पादन तथा कृषक/पशुपालकलाई पुरस्कृत÷सम्मान गरिने छ । “कृषक तथा उद्धमी, आर्थिक विकासका सारथी’’ भन्ने नारालाई साकार बनाउन उब्जाउ जमिन बाँझो नराख्ने नीति अवलम्वन गरिने छ ।फलफुल खेति कार्यक्रमलाई अभियानको रुपमा संचालन गरिने छ ।निर्यातमूलक कृषिजन्य उत्पादन तथा उत्पादन विविधीकरणमा प्राथमिकता दिइने छ ।

    कृषकहरुलाई कृषि सिचाई मिटर सिफारिस निःशुल्क गरिनेछ । भूमिगत र लिफ्ट सिँचाई कार्यक्रमलाई उच्च प्राथमिकता दिई कृषिको उत्पादनमा वृद्धि गर्न सघाउ पुर्याकउने नीति लिइनेछ । जीर्ण अवस्थामा रहेका डिप वोरिङ्ग तथा नहरहरु मर्मत गरी संचालन गरिने छ । सामुहिक सिचाईका आयोजनालाई प्राथमिकता दिईनेछ ।

    यस गाउँपालिका भित्रका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित वसोवासीहरुको लगत संकलन भै राष्ट्रिय भूमी आयोगको सफ्टवेयरमा प्रविष्टी भैरहेको छ । आयोगसँगको समन्वयमा जग्गा धनी प्रमाण पूर्जा उपलब्ध गराउने कार्यको तत्कालै शुरुवात गरिने छ । बाँकी रहेका घरवास (गाउँ ब्लक) जग्गाको जग्गा धनी प्रमाण पुर्जा यथाशिघ्र वितरण गरिनेछ । भू–उपयोग ऐन, नियमावली तथा  नेपाल सरकारको नीति अनुरुप भूमिको वर्गीकरण गरी भुमिको समूचित उपयोग र प्रभावकारी व्यवस्थापन गर्नका लागी भूउपयोग योजना बनाई कार्यान्वयन गर्ने नीति लिइनेछ । गाउँपालिकाभित्र रहेका सहकारी संस्थाहरुको व्यवस्थित सञ्चालन गर्नका लागि सहकारीका सात सिद्धान्तको अनुसरण गराउन सहजीकरण गर्दै सहकारीको माध्यमबाट स्व–रोजगारलाई प्रवर्द्धन गरी गरिवी निवारणमा जोड दिने नीति लिइनेछ ।

    सहकारीहरुसँग साझेदारीमा कार्यक्रम संचालन गर्ने नीति लिइने छ। कृषि सहकारी मार्फत उन्नत बिउ बिजनको उत्पादन, प्रबर्द्धन र वितरणमा प्रोत्साहन गरिने छ  । भूमिहिन तथा घरबारविहिन नागरिकहरुको लागि एकल तथा सामुहिक आवासको व्यवस्था गरिने छ ।कृषकहरुको वित्तीय प्रणालीमा पहुँच विस्तार गर्न तथा प्रत्येक किसानलाई बैंक खाता खोल्न सहजीकरण गरिने छ । महिला तथा लघु उद्यमीलाई सहुलियतपूर्ण कर्जाका लागि बैंक तथा वित्तीय संस्थाहरुसँग आवस्यक समन्वय गरिने छ ।

    स्थानीय कच्चा पदार्थमा आधारित लघु तथा घरेलु उद्यमहरुको प्रवर्द्धन गर्न सीपमूलक तालिमको व्यवस्था गरी उत्पादित वस्तुहरुको बजारीकरण सुनिश्चित हुने व्यवस्था मिलाइनेछ । यस गाउँपालिका क्षेत्रमा उद्योग, व्यवसाय र व्यापार सञ्चालनमा गाउँपालिकाले सहयोगी र समन्वयकारी भूमिका निभाउने छ । यस गाउँपालिका अन्तरगत सञ्चालनमा रहेका उद्योग÷कलकारखानाहरुमा निश्चित प्रतिशत स्थानीय नागरिकहरुलाई रोजगारी दिनुपर्ने व्यवस्थाको लागि उद्योगीहरुसँग समन्वयकारी भूमिका निर्वाह गरिने छ। नेपाल सरकार तथा प्रदेश  सरकार सँग समन्वय र सहकार्य गरी औद्यौगिक ग्राम स्थापना गर्न जग्गा व्यवस्थापन गरी प्रकृया अगाडी बढाइने छ ।प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत रोजगार सेवा केन्द्रमा सुचिकृत बेरोजगारहरुलाई रोजगारिको अवसर प्रदान गरिनेछ ।रोजगारीको खोजीमा रहेका बेरोजगार जनशक्तिलाई स्थानीय तहभित्र उपलब्ध हुने निर्माण सेवा, व्यवसाय, उद्योग र कृषि लगायतका क्षेत्रका रोजगारदातासँग समन्वय गरी रोजगारी प्रदान गर्न सहजीकरण गर्ने व्यवस्था मिलाईनेछ ।योजना तथा विकास कार्यक्रम तर्जुमा गर्दा स्थानीय कच्चा पदार्थ, सीप र प्रविधीको प्रयोग हुने तथा रोजगारी सिर्जना गर्ने आयोजना छनौटमा प्राथमिकता दिईनेछ । सार्वजनिक नीजि साझेदारीको माध्यमबाट युवा लक्षित उद्यम  व्यवसाय प्रवर्द्धन गर्ने नीति अवलम्वन गरिने छ । प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन तथा कार्यान्वयनको लागि आवश्यक पर्ने सामाग्री ब्यवस्थापन सम्बन्धी नीति लिईनेछ ।

    सामाजिक विकास तर्फ

    “गुणस्तरीय शिक्षा , मायादेवीको प्रतिबद्धता” भन्ने नीतिलाई अवलम्वन गरिनेछ । विद्यालय शिक्षाको अभिन्न अङ्गको रुपमा वालविकास केन्द्रहरुलाई विकास गरि यसको अनुभवलाई अनिवार्य गरी कक्षा १ मा भर्नादर बढाउने  नीति लिइनेछ । परम्परागत पेशा, सीप र प्रविधिमा आधारित व्यवसायलाई समावेशीकरण र आधुनिकीकरण गर्न प्रोत्साहन गरिनेछ । यौनिक लैगिंक अल्पसंख्यकहरुको मूलप्रवाहीकरणका लागि क्षमता अभिवृद्धि र आय आर्जनमा सहकार्य गर्ने कार्यक्रम सञ्चालन गरिनेछ । दुर्व्यसनमा फसेका युवाहरुलाई लक्षित गरी लागु पदार्थ दुर्व्यसन एच.आइ.भि.एड्स नियन्त्रण गर्न समुदाय तहमा सचेतीकरण कार्यक्रम सञ्चालन गरिनेछ । दुर्व्यसनमुक्त समाज निर्माणका लागि सकारात्मक सोंच सम्वन्धी तालिमवाट स्वरोजगार र आत्म निर्भरता तर्फ अग्रसर गराइनेछ । समुदाय तहमा सञ्चालन गरिने पुनस्थापना कार्यक्रममा सहकार्य गरिनेछ।

    “गुणस्तरीय शिक्षा मायादेवीको प्रतिबद्धता” भन्ने मुल धेय सहित सबै बालबालिकालाई विद्यालयमा, “अनिवार्य पठाउं, सिकाउं र टीकाउं” भन्ने अभियान सहित  सामुदायिक, धार्मिक विद्यालयहरूमा भौतिक पुर्वाधार विकास संग संगै गुणस्तरीयता अभिबृद्धीमा जोड दिइने र राम्रो नतिजा ल्याउने विद्यालयहरूलाई पुरस्कृत तथा सम्मान गरिने छ । कमजोर आर्थिक अवस्थाका कारण विद्यालय जान नसक्ने अवस्थाका बालबालिकाहरुकोलागि जनप्रतिनिधिहरू, कर्मचारीहरू, शिक्षकहरू, समाजका प्रतिष्ठित ब्यक्ति, समाजसेवीहरूबाट शैक्षिक अभिभावकत्व ग्रहण गरी विद्यालय पठाउने र टिकाउने नीति अनुसरण गरिने छ ।समाज रुपान्तरणको मुख्य आधार शिक्षा हो भन्नेी मान्यतामा टेकेर प्रत्येक नागरिकमा निहीत आधारभुत तह सम्म अनिवार्य र निःशुल्क तथा माध्यामिक तह सम्मको निःशुल्क शिक्षा पाउने संबैधानिक हकलाई उच्च सम्मान गर्दै शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखिने छ।भौतिक पूर्वाधार सुधार, शिक्षक ब्यवस्थापनको सुनिश्चितता, बालमैत्री बसाई ब्यवस्थापन, खेलकुद तथा सहक्रियाकलापमा बिद्यार्थीको सहभागिता एवं शिक्षक र कर्मचारीको क्षमता बिकासका लागि बिशेष ब्यवस्था मिलाइने छ ।

    बिद्यार्थीहरुको नियमितता दरलाई उच्च बनाई उनिहरु सिकाई सुनिश्चिततालाई जोड दिइनेछ। बिद्यार्थीको सिकाई प्रति शिक्षकलाई र नियमितता प्रति अभिभावकलाई जिम्मेवार र जवाफदेही बनाईने छ । जेहन्दार छात्रछात्रालाई प्रोत्साहन गर्ने निति अंगिकार गरीनेछ । बिद्यालय शिक्षा उमेर समुहका सबै बालबालिकालाई बिद्यालय भित्र ल्याउन र टिकाई राख्न  अभिभावक शिक्षा तथा बहस पैरवी कार्यक्रम सञ्चालनमा ल्याइने छ ।

    बिद्यालयहरुको नियमित र सघन सुपरीबेक्षण तथा अनुगमन प्रणाली बिकास गरीने छ । गाउँपालिकाबाट सञ्चालन गरीने सबै कार्यक्रमहरुमा सबैका लागि शिक्षा तथा अनिवार्य निशुल्क शिक्षा प्रतिको हामी सबैको साझा दायित्वलाई एकिकरण गर्दै अगाडी बढीने छ ।संस्थागत बिद्यालयहरुले शिक्षा क्षेत्रमा पुर्या एको योगदानलाई थप ब्यवस्थित र गुणस्तरीय बनाउन प्रेरित गरिने छ । मदरसा शिक्षाको मुलप्रवाहीकरणलाई ब्यवस्थित बनाउदै लगिने छ।गाउँपालिका क्षेत्रभित्र क्रियाशील गैर सरकारी संस्थाहरुको कार्यलाई व्यवस्थित गरी नतिजामूलक वनाउन र प्रभावकारी परिचालन गर्न गैसस परिचालन नीति वनाईनेछ ।

    “शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात, पर्यटन, उद्योग र व्यापार विकासका मूल आधार” भन्ने नारा सार्थक बनाउन मायादेवी गाउँपालिकको विकासमा अग्रणी क्षेत्र उन्मुख कार्यक्रम सञ्चालन गर्ने विषय क्षेत्रसंग सम्बन्धित संघ सस्था, निजीक्षेत्रसंग समन्वय र सहकार्य गरी सार्वजनिक निजी साझेदारीलाई प्रबर्द्धन गर्न तथा त्यस्ता कार्यक्रमहरु ल्याउन प्रोत्साहित गरिनेछ ।कक्षा १ देखि ५ सम्मका विद्यालयहरुमा सूचना प्रविधि र नविनतम प्रविधिको विकासमा जोड दिइने छ। शिक्षकहरुलाई नव–प्रर्वद्धन र अनुसन्धानात्मक कार्यमा प्रेरित गरिने तथा प्रयोगात्मक शिक्षा तथा नागरिक आरोग्य कार्यक्रमहरुमा जोड दिइनेछ ।

    गाउँपालिकाबाट प्रत्येक वर्ष जेहेन्दार तथा विपन्न विद्यार्थीहरुलाई प्राविधिक शिक्षा अध्ययनमा छात्रवृति प्रदान गर्ने नीति लिइनेछ ।
    आफ्नो पेशागत जिवनको लामो अवधि मायादेवी गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा अर्पण गर्ने शिक्षकहरुलाई दिर्घसेवा सम्मान प्रदान गरिने छ ।विद्यालय व्यवस्थापन समिति र शिक्षक, अभिभावकसँग र प्र.अ.को क्षमता अभिवृद्धिका लागि आवश्यक कार्यक्रम सञ्चालन गरिने छ । रेडक्रस, स्काउट, तेक्वान्दो, ट्राफिक सचेतना जस्ता अतिरिक्त क्रियाकलापमा जोड दिइने  लिइनेछ । माध्यामिक विद्यालयहरुमा डिजिटल ह्वाइटबोर्ड मार्फत पठनपाठनलाई डिजिटलाइज गर्दै लगिने छ ।

    सबै विद्यालयहरुमा एकै किसिमको रङ्गरोगन गरिने नीति लिईनेछ, साथै एक विद्यालयः एक उद्यान कार्यक्रम लाई जोड दिइनेछ ।स्थानिय कला, साहित्य,  संस्कृति,  एतिहासिक तथा धार्मिक धरोहरहरु, रहनसहन आदि समाविष्ट स्थानीय पाठ्यक्रम तयार गरी प्राथमिक तहमा लागु गरिने छ ।
    आवश्यकता तथा औचित्यका आधारमा शैक्षिक क्रियाकलापहरुमा संस्थागत विद्यालयहरुसँग सहकार्य गर्ने नीति लिइने छ । गाउँपालिकाको समग्र शैक्षिक विकासका लागि विज्ञ समुह गठन गरि आवस्यक राय परामर्श लिइने छ।छात्राहरुलाई नियमित विद्यालय आउने वातावरण श्रृजना गरिने छ र संघीय सरकारको सहयोगमा सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरुलाई गुणस्तरीय सेनिटरी प्याड निःशुल्क र भरपर्दो तरिकाबाट उपलब्ध गराउँदै आएकोमा वितरणमा सहजताका लागि भेण्डिङ्ग मेशिनहरुको व्यवस्थापन गर्दै लगिने छ।  संघीय सरकार र प्रदेश सरकारको सहयोगमा क्रमशः सबै विद्यालयहरुमा विज्ञान प्रयोगशालाको उचित ब्यवस्था गरिने नीति  लिईनुका साथै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम तथा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम मार्फत  भौतिक पूर्वाधार विकासमा जोड दिइने छ ।नेपाल सरकार, प्रदेश सरकारको सहयोगमा  प्राविधिक धारको शिक्षालाई विकास र विस्तार गरिने नीति लिइने छ ।

    फरक शारीरिक क्षमता भएका विद्यार्थीका लागि विशेष  शिक्षा स्रोत कक्षाको स्तरोन्नतीमा जोड दिइने नीति लिइने छ । विद्यार्थी संख्याका आधारमा शिक्षक दरबन्दी तथा कक्षाकोठाको व्यवस्थापन गर्ने नीति लिइने छ ।  पढ्दै कमाउँदै कार्यक्रमलाई नमूनाको रुपमा एउटा विद्यालयवाट सुरुवात गरिने छ । राष्ट्रपति  शैक्षिक सुधार कार्यक्रम सँगको साझेदारीमा कार्यान्वयन प्रक्रिया अगाडि वढाइने छ।सरकारी विद्यालयमा कार्यरत शिक्षक , निजामति कर्मचारी तथा जन–प्रतिनिधिका छोराछोरीहरुलाई सरकारी विद्यालयमा अध्ययन गराउन अभिप्रेरित  गरिनेछ ।

    नेपाल सरकारको नीति अनुसार अत्यावश्क स्वास्थ्य सेवाको पहुँच एवं गुणस्तरीय सेवा प्रवाहका लागि स्वास्थ्य सेवा पूर्वाधार विकास र नेपाल सरकारले स्वास्थ्य संस्थाहरुमा निःशुल्क  उपलब्ध गराउन तोकिएका औषधीहरुको भरपर्दो आपूर्तीको व्यवस्था मिलाइनेछ । औषधी, औषधीजन्य सामग्री र उपकरण तथा स्वास्थ्य सुरक्षा सामग्रीहरुको खरिद प्रक्रियालाई प्रभावकारी व्यावस्थित र गुणस्तरीय बनाईनेछ ।

    स्वास्थ्य सेवालाई प्रभावकारी र सहज बनाउन सबै स्वास्थ्य संस्थाहरुलाई व्यवस्थित रुपले सञ्चालन गरिनेछ ।नेपाल सरकार, प्रदेश सरकार र अन्य सहयोगी संस्थासमेतको सहयोगमा स्वास्थ्य संस्थाहरुका पुराना भवनहरुको स्थानमा क्रमश सुविधा सम्पन्न भवन निर्माण गरी सेवा प्रवाहलाई थप प्रभावकारी बनाइने छ। हाल मायादेवी गाउँपालिका वडा नं. ३ मा सञ्चालित बर्थिङ सेन्टर २४ सै घन्टा सञ्चालन भइरहेकोमा थप भौतिक संरचना सुधार गरी प्रभावकारी सेवा प्रवाहमा जोड दिईनेछ ।

    प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य केन्द्रहरुको सुधार तथा स्तरवृद्धि गरिने नीति लिइने छ । यस क्षेत्रका नागरिकमा स्वास्थ्य सेवामा पहुँच अधिवृद्धि गर्नका लागि मायादेवी गाउँपालिकाको प्रशासकीय भवन नजिककै  १५ शैयाको आधारभूत अस्पतालको निर्माण प्रकृया प्रारम्भ गरिनेछ । १५ शैयाको अस्पताल समयमै निर्माण सम्पन्न गर्न आवश्यक बजेट अभाव हुन नदिन नेपाल सरकारसँग समन्वय गरिनेछ । गाउँपालिकाद्वारा सञ्चालित एम्बुलेन्स सेवालाई प्रभावकारी बनाइनेछ । उचित मापदण्ड तथा कार्यविधि बनाई स्वास्थ्यकर्मीको सिफारिसका आधारमा गर्भवती महिला, जटिल रोग लागेका विरामी, ७० बर्षमाथिका  ज्येष्ठ नागरिक, अति अशक्त “क” र “ख”वर्गको परिचय पत्र भएका अपाङ्ग लगायतलाई रुपन्देही जिल्लाभरी  निशुल्क र अन्य विरामीहरुलाई न्यूनतम शुल्कमा एम्बुलेन्स सेवा उपलबध गराइने छ ।

    खोप, सुरक्षित मातृत्व, प्रजनन स्वास्थ्य, पोषण जस्ता जनस्वास्थ्यसँग सम्बन्धित आधारभुत सेवा सुविधालाई प्रभावकारी बनाउन महिला स्वास्थ्य स्वयंसेविकालाई उत्प्रेरित गरी उचितरुपमा परिचालन गरिनेछ । आमा र शिशुको स्वास्थ्यलाई ध्यान राखि बर्थिङ्ग सेन्टर तथा अस्पतालमा सुरक्षित सुत्केरी गराउन प्रोत्साहन गरीनेछ । गाउँपालिकाका सबै वडा तथा टोलहरुलाई नियमित खोप सुनिश्चितताका लागि जनस्वास्थ्य कार्यालयसँगको समन्वयमा स्थानीय सामुदायिक संस्था, स्वास्थ्यकर्मी र महिला स्वयम् सेविकालाई अझ बढी क्रियाशिल बनाईदै लगिनेछ । महिला स्वास्थ्य स्वयम् सेविका र स्वास्थ्य कर्मीहरुलाई उच्च मनोवलका साथ सेवाप्रवाहमा लगाउन आमा स्वास्थ्य सुरक्षा र बाल स्वास्थ्य सुधार कार्यक्रमका लागि विशेष प्रोत्साहन रकम उपलब्ध गराउने व्यवस्था मिलाइनेछ । संघ तथा प्रदेश सरकारको समन्वयमामहिलाहरुको पाठेघरको मुखको क्यान्सर परीक्षणलाई  सहज र सरल बनाइनेछ । प्रत्येक किशोरीलाई पाठेघर क्यान्सर विरुद्घको खोपको व्यवस्था गरिने छ ।

    ७० बर्षमाथिका  ज्येष्ठ नागरिक, अति अशक्त “क” र “ख”वर्गको परिचय पत्र भएका अशक्त लगाएतलाई घरदैलो उपचार कार्यक्रम सञ्चालन गरी ज्येष्ठ नागरिक एवं अशक्तहरुलाई सम्मानित जिवनको अनुभुति गराउने नीति अवलम्वन गरिनेछ । मायादेवी गाउँपालिका भित्रका नागरिकहरुलाई ब्लड आवश्यक परेमा सरल र सहज तरिकाले निःशुल्क रुपमा ब्लड–बैंकहरुबाट उपलब्ध गराउने व्यवस्था गराईनेछ ।नागरिक आरोग्य केन्द्रलाई प्रभावकारी रुपमा सञ्चालन  गरि  आयुर्वेद पद्धती र योग अभ्यासको माध्यमबाट शारिरिक तथा मानसिक स्वास्थ्य सुधारका लागि कार्यक्रमहरु सञ्चालन गरिनेछ । “स्वस्थ नागरिकको आधार , घरघरमा नियमित महिला स्वास्थ्य स्वयम सेवीकाको भेटघाट” भन्ने मान्यताका साथ महिला स्वास्थ्य स्वयम सेवीकालाई थप प्रोत्साहन उपलब्ध गराई  सेवा प्रवाहलाई प्रभावकारी बनाउने नीति लिइनेछ ।

    प्रत्येक स्वास्थ्य चौकीमा आवश्यक स्वास्थ्य उपकरण तथा सामग्रीको व्यवस्थापन गरिदैं लगिने नीति अवलम्वन गरिनेछ । प्रयोगशाला तथा वर्थिङ्ग सेन्टरको सेवालाई थप व्यवस्थित र भरपर्दो वनाइने छ ।

    सवैका लागि स्वच्छ खानेपानी सुविधा पुर्यााउनका लागि ओभरहेड ट्याङकी निर्माणका लागि जोड दिंदै स्वच्छ खानेपानी ब्यवस्थापन गर्ने तथा ह्याण्डपाइपको पानीलाई विस्थापन गर्दै जाने नीति लिइने छ । साथै अगामी आ.ब. भित्र यस पालिका अन्तरगत एक स्थानमा ओभरहेड ट्याङकी निर्माणका संघ र प्रदेश सरकारसँग सहकार्य र समन्वय गरि आवश्यक बजेट माग गरिनेछ । गाउँपालिकाले खानेपानी तथा सरसफाईका सम्बन्धमा रणनीतिक योजना तयार गरि कार्यक्रम कार्वान्वयन गर्न संघीय सरकार र प्रदेश सरकारसँग समन्वय गरिनेछ ।

    “सफा र सुन्दर मायादेवी” अभियान अन्तर्गत द्द०७९ श्रावण महिनादेखि प्रत्येक महिनाको पहिलो शनिवार जन–प्रतिनिधि, संघ संस्था, शिक्षक, कर्मचारी, आम नागरिक लगायतको सहभागितामा प्रत्येक टोल तथा वस्तिमा सरसफाई अभियान संचालन गरिने छ । “मेरो गोजि ,मेरो पहिलो डस्टविन” अभियान सञ्चालन गरिने छ।

    आर्थिक, सामाजिक र शैक्षिक रुपमा पछाडी परेका महिला, दलित, आदिवासी जनजाती, मुस्लिम, पिछडावर्ग, अपांङ्गता भएका व्यक्ति लगायतका वर्ग तथा समुदायलाई सीपमूलक, आयमुलक र रोजगारमुलक कार्यक्रम सञ्चालन गरिनेछ ।

    गाउँपालिका भित्र हुने लौङ्गिक हिंसा निवारण गर्न सचेतनामूलक कार्यक्रमको लागि महिला हिंसा विरुद्धको १६ दिने अभियान प्रत्येक वडामा सञ्चालन गरिनेछ साथै बार्षिक वजेटमा लैङ्गिक समनानता तथा सामाजिक समावेशिकरण सम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिईने छ।महिला विरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद र वहिष्करण अन्त्यका लागि लैंगिक समानता तथा महिला सशक्तिकरणमा सहयोग पुग्ने कार्यक्रम सञ्चालन गरिनेछ । यस्ता कार्यक्रमहरुमा शैक्षिक संस्थाहरुलाई समेत आवद्ध गरिने छ ।

    अपाङ्गताको प्रकृति अनुरुप आय आर्जनको लागि तालिम तथा सुविधाजनक सामग्री वितरणको ब्यवस्था मिलाईनेछ ।सवै टोल, वडा हुँदै गाउँपालिकालाई ३ वर्षभित्र बालमैत्री घोषणा गर्न आवश्यक कार्यहरु प्रारम्भ गरिनेछ  ।जेष्ठ नागरिकहरुको आधारभुत अधिकारको संरक्षण गर्दै उनीहरुको लागि सम्मानजनक तथा सन्तुष्टिपूर्वक जीवनयापनका आवश्यक कार्यक्रम कार्यान्वयन गर्ने तर्फ जोड दिइने छ ।घर नभएका अति विपन्न परिवारलाई संघीय र प्रदेश सरकारको सहयोग र समन्वयमा गाउँपालिकाको समेत आफ्नै लगानीमा एकीकृत नमुना बस्ती निर्माण प्रकृयालाई अगाडी बढाउन सम्भाब्यता अध्ययन गरिनेछ ।  सुरक्षित नागरिक आवास कार्यक्रमलाई आर्थिक वर्षको शुरुबाट नै कार्यान्वयन गरिनेछ ।दलित वर्गको उत्थान, विकास, संरक्षण, सम्वर्द्धन, सशक्तीकरण  र आय आर्जनका लागि विशेष जोड दिईनेछ ।

    मुस्लिम तथा पिछडिएका वर्गको आय आर्जन, सीप विकास जस्ता प्रत्यक्ष फाईदा पुग्ने कार्यक्रमहरु सञ्चालन गरिनेछ ।न्याय, कानून तथा मानव अधिकार प्रवर्द्धन सम्बन्धी कार्यहरुलाई प्राथमिकता दिदै सबै किसिमका अन्याय र अत्याचारको अन्त्यको लागि पहल गरिनेछ । सबै जात, जाति वर्ग समुदायको धर्म, संस्कृतिको सम्मान र संरक्षण गरिनेछ ।

    शैक्षिक, बौद्धिक, साहित्यिक कार्यक्रम तथा खेलकुद मार्फत बालबालिका तथा युवाहरुमा जागरण ल्याइने नीति लिइनेछ । फुटवल, कबड्डी, क्रिकेट, ब्याडमिन्टनजस्ता खेलकुद प्रतियोगिता मार्फत मायादेवीको पहिचान उँचो वनाउन प्रयत्न गरिनेछ । आजका युवा नै भोलीका राष्ट्रका कर्णाधार हुने भएकाले विद्यालय शिक्षामा पनि खेलकुदलाई सिकाइको अभिन्न अंगको रुपमा विकास गरिनेछ । खेलकुदबाट शिक्षक, कर्मचारी, बिद्यार्थी लगायत आम नागरिकहरुको क्षमता विकास गरिनेछ । स्वास्थ्य का लागि खेलकुदमा जोड दिइनेछ । संघ र प्रदेश सरकारको समन्वयमा खेलकुद पूर्वाधारको विकास, व्यवस्थापन र खेलकुद गतिविधि सञ्चालन गरिनेछ ।युवा लक्षित कार्यक्रमहरुलाई प्रभावकारी बनाई युवाहरुको क्षमता विकास र युवा रोजगारीको लागि प्राविधिक सीपका तालिम कार्यक्रम  सञ्चालन गरिनेछ ।

    प्राविधिक शिक्षालयहरुसँग सहकार्य गरी युवा स्वरोजगार कार्यक्रम सञ्चालन गरिनेछ ।विद्यालय स्तरका विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्नका लागि विभिन्न अतिरिक्त क्रियाकलापहरु सञ्चालन गरिनेछ ।युवाहरुमा उद्यमशीलता, सृजनशीलता एवम् सकारात्मक सोचको विकास गर्ने अभिप्रायका साथ सोही अनुरुपका सीप र क्षमता अभिवृद्धि गर्ने कार्यक्रमहरु सञ्चालन गर्दै लगिनेछ ।

    पूर्वाधार विकासतर्फ

    मायादेवी गाउँपालिकको प्रशासनीक भवन निर्माण कार्य सम्पन्न गरिनेछ साथै २ नं. वडा कार्यालय निर्माणको लागि आवश्यक प्रकृया अगाडि बढाईनेछ ।सबै प्रकारको ऐतिहासिक, पुरातात्विक र धार्मिक तथा पर्यटकीय क्षेत्र तथा संरचनाहरुको संरक्षण,  प्रवर्द्धन गरिनेछ ।राष्ट्रिय भवन संहिता बमोजिम भूकम्पीय सुरक्षित घर निर्माण गर्न प्रोत्साहन गरीने छ । नक्सा पास गराई घर निर्माण गर्ने कार्यलाई अनिवार्य गराइनेछ। मायादेवी गाउँपालिकाको भू उपयोग नीति बनाई कृषि क्षेत्र, आवास क्षेत्र, ब्यापारिक एवं औद्योगिक क्षेत्र,  होटल ब्यवसाय क्षेत्रको रूपमा वर्गीकरण गरी ब्यवस्थित र सुन्दर पालिका बनाइने छ ।नयाँ निर्माण गर्ने घर तथा भवनहरुले अनिवार्य रुपमा सडक मापदण्ड अनुसारको क्षेत्र छोडी निर्माण गर्नुपर्ने नीति लिइने छ।शहरोन्मुख क्षेत्र तथा पानी निकासको समस्या भएका वस्तिहरुमा नाली तथा ढल निकासको व्यवस्था गर्दै जाने नीति लिइने छ ।

    गाउँपालिका क्षेत्रभित्र सडक तथा यातायातको पहुँचको अवस्था,  निर्माण, मर्मत, सुधार, स्तरोन्नती र पुनर्निर्माण गर्नुपर्ने सडकको माग संकलन, सडक यातायातसँग सम्बन्धित आवश्यक सेवा तथा सुविधाको सान्दर्भिक योजना तयार र भविष्यमा सडकको व्यवस्थित विकास गर्न सडक गुरुयोजना निर्माण गरिनेछ । सडक स्तरोन्नतीसँगै नाली निर्माण गरिनेछ । मायादेवी गाउँपालिकाको प्रशासनिक भवन र १ र २ नं. वडा कार्यालयलाई सडक सञ्जालसँग जोड्नको लागि दानव नदिमा मोटरेबल पक्कि पुल निर्माणको लागि डि.पि.आर तयार गरि संघीय र प्रदेश सरकारसँग बजेट माग गरिने छ । सडकको चौडाई न्यूनतम ६ मिटर कायम गर्न सबैलाई अभिप्रेरित गरिनेछ । सबै सडकहरुको मापदण्ड निर्माण र नामाकरण गरिनेछ ।

    सडकको क्षेत्राधिकार (चौडाई) पुर्याउने दायित्व सडकको दायाँ वायाँ घर जग्गा हुने नागरिकको हुने हुँदा सबै नागरिकहरुलाई सकारात्क सोँच, भावना र विचार सहित विकास निर्माणमा पूर्णरुपमा सघाउ पुर्यानउनु हुनेछ भन्ने विश्वास लिइएको छ। विवाद भई योजना कार्यान्वयन हुन नसक्ने वातावरण सृजना भएमा त्यस्तो योजनालाई विवादरहित क्षेत्रमा कार्यान्वयन गर्ने नीति अवलम्वन गरिनेछ ।

    गाउँपालिका क्षेत्रभित्र सडक सञ्जाल निर्माणका लागि सडक गूरुयोजना तयार गरी व्यवस्थित र योजनाबद्ध तरीकाले स्तरीय सडक सञ्जाल निमार्ण गरिने नीति अनुसरण गरिनेछ । “हाम्रो सडक,  हाम्रो सहभागिता, स्तरीय सडक, हाम्रो प्रतिबद्धता” अनुरुप गाउँपालिका क्षेत्रभित्रका कच्ची सडकलाई नाली कल्भर्ट, ह्युमपाइप सहित पिच सडकमा स्तरोन्नति गरिनेछ । साथै कालो पत्रे सडकमा भएका खाल्डा खुल्डीहरुलाई मर्मत गरी सुधार गरिनेछ । निर्माणाधिन अवस्थामा रहेको क्रमागत अधुरो आयोजनाहरुलाई क्रमागत रुपमा पुरा गर्दै लगिनेछ ।यस मायादेवी गाउँपालिका अन्तर्गत रहेका भौतिक संरचनाहरु जस्तै धर्मशाला, मन्दिर आदि र नयाँ संरचना तयार हुने आयोजनाको दिर्घकालिन संरक्षण एवम संवद्धनको लागि उपभोक्ता समिति बनाई हस्तान्तरण गरी आयोजना सञ्चालन गरिनेछ ।

    पूर्वाधार विकासका लागि जनपरिचालन र जनसहभागितामा आधारित कार्यक्रमलाई प्राथमिकताकासाथ सञ्चालन गरिनेछ । यस मायादेवी गाउँपालिका अन्तर्गत सञ्चालन हुने आयोजना तथा परियोजनाहरुलाई अपनत्व, स्वामित्व संरक्षण पारदर्शी एंव दिगो विकास लक्ष्य प्राप्तिका लागि ८०∕२० र ९०∕१० का आयोजनाहरु ल्याउने निति लिईनेछ । “एक वडा एक खेलकुद मैदान” को अवधारणा अनुरुप मायादेवी गाउँपालिकामा जग्गा पहिचान तथा खेलकुद पूर्वाधार विकास योजना तयार गरी एक÷एक खेलकुद मैदान निमार्ण गरिनेछ ।

    विद्युत वितरण प्रणालीलाई प्रभावकारी बनाउन विद्युत प्राधिकरणसँग समन्वय गरी आवश्यकता अनुसार ट्रान्सफर्मरको क्षमता वृद्धि, थप तथा लाईन विस्तार गरी सबै घरहरुमा र वस्तीहरुमा विद्युतीय सेवा पुर्याउने नीति लिइनेछ । वैकल्पिक उर्जा समेतको प्रयोग गर्दै गाउँपालिकाका बजार क्षेत्रहरुमा उज्यालो मायादेवी कार्यक्रमको शुरुआत गरिनेछ ।गुइठा तथा दाउरा विस्थापन गर्ने तथा विद्युत उर्जा खपत बढाउने नीति लिइने छ।

    सूचना तथा सञ्चार प्रविधि विकासमा प्राथमिकता दिँदै सबै सेवाहरू सूचना प्रविधि मैत्री बनाउँदै लगिने नीति अवलम्वन गरिनेछ ।गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय तथा विषयगत शाखा तथा इकाईहरू, स्वाथ्य संस्थाहरूको सेवा प्रवाहलाई सूचना–प्रविधिमैत्री बनाउदै लगिनेछ । सबै कर्मचारीहरुलाई कम्प्यूटरको आधारभूत ज्ञान र सीपको विकास गराईनेछ ।सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग वढाउदैं कार्यालयको रुपमा विकास गर्दै लगिनेछ । गाउँपालिकावाट जनप्रतिनिधि र कर्मचारीलाई गरिने कागजी पत्राचारलाई निरुत्साहित गरी एस.एम.एस. प्रणालीलाई प्रभावकारी बनाईनेछ ।
    वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ

    बेलबास–बेथरी सडक नहरको दायाँबाँया विभिन्न जातका बोटविरुवा वृक्षारोपण गरी सुन्दरीकरण गरीनेछ । नेपाल सरकार र प्रदेश सरकारसगँको सहयोगमा “एक स्थानीय तहःएक नमूना कृषि वन” कार्यक्रम सञ्चालन गरिनेछ । नदी उकास क्षेत्र, सार्वजनिक तथा निजी जमिन, खोलाकिनारा लगायत खाली क्षेत्रमा वृक्षारोपण अभियान सञ्चालन गरिनेछ । हरियो मायादेवी कार्यक्रमलाई शुरुवात गर्न आधुनिक नर्सरी स्थापनामा जोड दिई सार्वजनिक जग्गा, ऐतिहासिक स्थलहरु,नदी किनार, नदी उकास, नहर तथा सडक किनारा तथा निजी जग्गामा वृक्षारोपण कार्यक्रम संचालन गर्न प्रोत्साहन गरिनेछ  यसबाट रोजगारीको सृजना हुनुका साथै वातावरण संरक्षणमा सघाउ पुग्नेछ। जलवायु परिवतर्नका असरहरुलाई न्युनिकरण गर्नका लागि अनुकुलन कार्यहरु गर्दै वातावरण संरक्षण गर्ने नीति अवलम्वन गरिनेछ । गाउँपालिकाको प्रत्येक वडाहरुमा क्रमशः बाल उद्यान पार्क निर्माण गरिदैं लगिने छ ।
    भू–संरक्षण र जलाधार व्यवस्थापन गरी सार्वजनिक पोखरी, नदी किनाराको तटबन्ध तथा दानव र तिनाउ नदी मा भरपर्दो तटबन्धको लागि संघ र प्रदेशसंग समन्वय गरी व्यवस्थित बनाउँदै लगिने नीति अवलम्वन गरिनेछ । एक गाउँ , एक पोखरी नीति अनुरुपको कार्यक्रम लाई कार्यान्वयन गरिनेछ । धार्मिक तथा ऐतिहासिक महत्व बोकेका पुराना पोखरीहरुको संरक्षण, सम्वर्द्धन तथा सुन्दरीकरण गर्ने नीति अपनाइनेछ । ति पोखरीहरु मार्फत पोखरी सिंचाइ योजना संचालन गरिने छ । गाउँपालिका क्षेत्रभित्रका सार्वजनिक स्थलहरुको संरक्षण र सम्वर्द्धनका लागि योजना बनाई सरोकारवालाहरुको सहभागिता जुटाई वृक्षारोपणका कार्यक्रम क्रमशः सञ्चालन गरिनेछ ।

    वातावरण तथा फोहोरमैला ब्यबस्थापनको लागि टोल विकास संस्थाहरुसँग सहकार्य गर्ने नीति अवलम्वन गरिनेछ । ‘मेरो टोल मैले नै सफा राख्छु’  भन्ने अभियानका साथ टोल विकास संस्थाको सकृयतामा सुन्दर मायादेवीको पहिचान दिने गरी फोहरमैला ब्यवस्थापन गरिने छ । फोहरमैला व्यवस्थापनको लागि सम्भाव्यता अध्यनन गरी उपयुक्त स्थानको पहिचान गरी क्रमशः व्यवस्थित रुपमा कार्वान्वयन गर्दै लगिनेछ । स्थानीयस्तरबाट उत्सर्जन हुने फोहोरमैला,  प्रदुषण न्युनीकरण तथा ढल निकासको उचित व्यवस्थापन गरिने छ । घरभित्रैबाट फोहरको वर्गिकरण गर्ने नीति अवलम्वन गरिने छ। छिमेकी स्थानीय तहसंगको सहकार्यमा फोहर विसर्जन गर्ने ठाउ व्यवस्थापन लगायतका कार्यका लागी पहल गरिने छ ।

    विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना र जोखिम न्यूनिकरण तयारीको कार्य गरिनेछ । विपद् न्यूनिकरणका लागि पूर्व सूचना प्रणाली सम्वन्धी कार्यक्रम तर्जुमा र कार्यान्वयन गरिनेछ ।यस गाउँपालिका भित्र रहेको तिनाउ र दानव खोलाको बिभिन्न ठाउँहरुमा नदि कटान डुबान जस्ता समस्या हटाउन आवश्यक तटवन्ध फोहोरमैला व्यवास्थापनका लागि आवस्यक पर्ने डम्पिङ्ग साईड निर्माणका लागि जग्गा खोजि कार्यमा जोडदिने तथा बनाई ३ वर्ष भित्र दिर्घकालिन बाढी तथा पहिरो नियन्त्रण व्यवस्थापन गरिनेछ । एक परिवार दुई विरुवा को अवधारणालाई सफल बनाउन प्रत्येक नक्सा पास गर्ने घरधनीले वृक्षारोपणलाई जोड दिने छ । कम्तिमा दुई विरुवा रोप्नु पर्ने अनिवार्यता कायम गरिनेछ ।

    सडक, नाली, सार्वजनिक र खुल्ला स्थानमा फोहर फाल्नेलाई कारर्वाही गरिनेछ । सो को प्रभावकारी अनुगमन व्यवस्था मिलाइनेछ । सरसफाई र फोहर व्यवस्थापनलाई व्यवस्थित वनाउन वडा स्तरमा फोहोर व्यवस्थापन तथा अनुगमन समिति गठन गरी प्रभावकारी रुपमा परिचालन गर्ने नीति लिइनेछ ।जैविक अजैविक फोहरलाई उत्पादन तहदेखि नै वर्गिकरण गरी छट्टाछुट्टै संकलन गर्ने व्यवस्था मिलाइनेछ । जैविक फोहरवाट घरैमा कम्पोष्ट मल वनाउन प्रेरित गरी गमला, कौशी,  छत, करेशावारीमा तरकारी खेती गर्न प्रोत्साहित गरिनेछ । यस गाउँपालिका अन्तर्गत हरेक वडा तहमा एक हरित बाल उद्यान पार्क निर्माण गरी सञ्चालनमा ल्याईनेछ ।जलवायु अनुकुलन सम्वन्धि कार्यक्रमहरु कार्यान्वयन गरिने छ।

    सार्वजनिक जग्गाको सरंक्षण वडा समिति र समुदायको सहभागितामा गरिनेछ । गाउँपालिकामा स्थानीय विपद् व्यवस्थापन रणनीतिक प्रतिकार्य योजना तर्जुमा गरि विपद् न्यूनीकरण गर्ने कार्यलाई प्राथमिकता दिईनेछ । स्थानीय तथा पर्यावरण संरक्षण, जलवायु परिवर्तन न्युनीकरण तथा जलवायुजन्य जोखिम कम गर्न स्थानीय अनुकुलन कार्य योजना निर्माण तथा कार्यान्वयन गरिने छ ।
    सुशासन तथा संस्थागत विकासतर्फ

    गाउँपालिका, वडा कार्यालयहरु, विषयगत शाखाहरु, स्वास्थ्य संस्थाहरुमा कार्यरत सबै कर्मचारीहरुलाई आचरण र अनुशासन पूर्णरुपमा पालना गर्दै मुस्कान सहितको सेवा प्रवाह गर्न अभिप्रेरित गरिनेछ । गाउँपालिकाको संस्थागत विकास, तथा सुशासन, जवाफदेहिता तथा पारदर्शिता कायम गर्न आवश्यकतानुसार गाउँपालिकाको ऐन, नियमहरु, कार्यविधीहरु, निर्देशिकाहरु तर्जुमा तथा संसोधन गरी कार्यान्वयनमा ल्याइनेछ ।

    निर्वाचित जनप्रतिनिधि एवं कर्मचारीहरुको क्षमता विकासका लागि क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गर्दै लगिने नीति लिइनेछ । त्यसका लागि प्रदेश प्रशिक्षण प्रतिष्ठानलाई अनुरोध गरिनेछ । कर्मचारी र राजनीति वीचको अन्तरसम्बन्धलाई सेवाप्रवाहसँग आवद्ध गरिनेछ । अन्तरसम्बन्धलाई ब्यवस्थित गर्न जनप्रतिनिधीहरु र कर्मचारीहरूको काम कर्तब्य र अधिकारलाई अहस्तक्षेपकारी तरीकाले समन्वयात्मक ढङ्गबाट गर्ने नीति अबलम्वन गरिनेछ ।

    राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको सहकार्यमा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण गरि व्यवस्थित र अद्यावधिक गरिने कार्यलाई निरन्तरता दिइनेछ ।नियमित र प्रभावकारी बजार अनुगमनको माध्यमबाट गुणस्तर, नापतौल, खाद्य सुरक्षा र उपभोक्ता हित संरक्षण सम्बन्धी कार्यहरु व्यवस्थित गरिनेछ ।

    जनतालाई निष्पक्ष र छिटो छरितो सेवा दिनका लागि जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्ता जस्ता पञ्जिकरण तथा बैंकमा जान नसक्ने अति अशक्तको लागि बैंकसँगको सहयोगमा सामाजिक सुरक्षा भत्ताको घरमै सेवा पुर्या उने व्यवस्था मिलाइनेछ ।गाउँपालिका क्षेत्रमा आवश्यक शान्ति तथा सुव्यवस्था कायम गरी गाउँपालिका एवं गाउँक्षेत्र भित्रको सार्वजनिक सम्पत्तिको सुरक्षा एवं संरक्षण गर्न, अनाधिकृत निर्माण तथा सार्वजनिक सम्पत्तिको अतिक्रमण रोकथाम तथा नियन्त्रण गर्न नगर प्रहरीको व्यवस्था गर्ने नीति लिइनेछ ।

    सङ्गठन तथा क्षमता विकासतर्फ

    उपभोक्ता समितिको क्षमता अभिवृद्धि गरिनेछ । उपभोक्ता समिति तथा अन्य विभिन्न संघ संस्थाद्धारा सञ्चालन गरिने कार्यक्रमहरुमा स्वीकृत लागत अनुमान बमोजिम नगदमा आधारित जन–सहभागितालाई जोड दिदै लगिनेछ ।उपभोक्ता समितीहरुलाई खरिद विधिको पालना गर्न अभिप्रेरित गरिनेछ । स्थानीय तह संस्थागत क्षमता  स्वःमूल्याङ्कन (ीक्ष्क्ब्) कार्यविधीले निर्दिष्ट गरेका बिषयक्षेत्रहरु, सूचक र मापदण्डहरुको प्रभावकारी कार्यान्वयन गरी मायादेवी गाउँपालिकालाई उत्कृष्ट तथा सवल गाउँपालिकाको रुपमा स्थापित गरिनेछ । कर्मचारीलाई उच्च मनोवलका साथ कार्यसम्पादनमा लाग्न अभिप्रेरित गर्न पुरस्कार र सम्मानको ब्यवस्था गरिनेछ । साथै यस पालिकाको सेवा प्रवाहको कार्यचाप मध्यनजर गर्दै अतिरिक्त समयमा समेत सेवा प्रवाहलाई चुस्त र दुरुस्त बनाई राख्न रास्ट्रसेवक कर्मचारीहरुको मनोबल उच्च पार्नका लागि मौद्रिक प्रोत्साहनको व्यवस्था मिलाईनेछ ।कर्मचारीको सेवा सुविधाका सम्बन्धमा सङ्घिय सरकारले आ.व २०७९/८० मा गरेको व्यवस्थालाई आत्मसाथ कार्यान्वयन गरिनेछ ।गाउँपालिका र अन्तर्गतको वर्तमान संगठन संरचनालाई आवश्यकता र औचित्यको आधारमा परिमार्जन गरि नयाँ संगठन संरचना निर्माण गरि सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउँदै लगिनेछ ।

    सेवा प्रवाहमा नविनता र सिघ्रता ल्याउनका लागि जनप्रतिनिधि र कर्मचारीहरुको लागि क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने तथा अन्तरपालिका सिप तथा अनुभव आदान प्रदान कार्यक्रम सञ्चालन गरिनेछ साथै विभिन्न स्थानीय तहहरु सँग भगिनी सम्बन्ध स्थापनाका लागि पहल गरिने छ । प्रदेश र सङ्घीय सरकारले कार्यान्वयनमा ल्याईसकेको आन्तरिक पर्यटन काज गाउँपालिकाको सम्बृद्धि हित र विकासको लागि अहोरात्र खटिने कर्मचारीहकरुको वृत्ति र नविन सिकाई अनुकरणका लागि कार्यबिधी बनाई आन्तरिक पर्यटन काजको ब्यवस्थापन गरिनेछ ।

    राजश्व तथा श्रोत परिचालन तर्फ

    करदाताले तिरेको करको मुल्याङ्कन गरी नियमित कर तिर्ने करदातालाई प्रत्यक्ष रुपमा थप सेवा सुविधा संग जोड्दै जाने नीति लिइने छ। साथै असल तथा उत्कृष्ट करदातालाई सम्मान गर्ने नीति लिइने छ।सार्वजनिक सेवा र राजश्वबिच तादाम्यता कायम गर्दै कर नतिर्ने संस्था वा व्यक्तीलाई कर तिर्ने वातावरणको श्रृजना गरिने छ।

    व्यवसाय कर लिदाँ एउटै फर्ममा फरक, फरक प्रकृतीका व्यवसाय सञ्चालन भएको हकमा तोकिए बमोजिमको फरक फरक प्रकृतीको व्यवसाय करको दरले हुन आउने रकम जोडी व्यवसाय कर लिइनेछ ।व्यवसाय करको दर र दायरा बढाउने र बढी भन्दा बढी व्यवसायी हरुलाई कर तिर्न प्रोत्साहित गर्न विविध कार्यक्रम सहित कर जागरण कार्यक्रम सञ्चालन गरिनेछ । वार्षिक रुपमा व्यवसाय कर असुली कार्यलाई थप प्रभावकारी बनाउन “व्यवसाय कर तिरौँ, विकास कार्यमा सरिक हौँ” भन्ने नाराका साथ वडा समिति र टोल विकास संस्थाहरुलाई अभिमुखिकरण सहित सशक्त बनाई परिचालन गरिनेछ ।नदीजन्य पदार्थ चोरी निकासी पैठारी तथा अवैध उत्खनन रोकथामका लागि विशेष रणनीति अपानाइनेछ । “मैले तिरेको कर मेरै मायादेवीको विकासका लागी हो” भन्ने अनुभुति सहित करदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने छ ।कर संकलनका लागी गाउँपालिकाका विभिन्न ठाउँहरुमा घुम्ती शिविरहरु सञ्चालन गरिने छ।प्राकृतिक श्रोत तथा नदीजन्य पदार्थहरुको उचित व्यवस्थापन गरी आन्तरिक राजश्व बढाउने तथा करका दायराहरु बढाई गाउँपालिकाको आय श्रोत वृद्धि गर्दै लैजाने नीति अनुसरण गरिने छ।अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान गर्दै सबै प्रकारका सिफारिस दस्तुर छुट दिने नीति अवलम्वन गरिनेछ ।

    गाउँपालिकाको वस्तुस्थितिको यथार्थ विवरण संकलन गरी  विभिन्न प्रयोजनमा उपयोग गर्नेका  लागि गाउँपालिकाको भिलेज प्रोफाईल निर्माण गरिनेछ ।प्राकृतिक स्रोत साधनको सम्बर्द्धन, संरक्षण तथा दिगो÷उचित उपयोग गर्नको लागि प्रारम्भिक वातावरणीय परिक्षण (आई.ई.ई) को प्रतिबेदन तयार गरिनेछ ।नेपाल सरकारको पन्ध्रौ योजना र प्रदेश सरकारको प्रथम पञ्चवर्षीय योजनाको सोच, कार्यक्रम, लक्ष्य र उद्धेश्यसँग सामाञ्जस्यता कायम हुने गरी मायादेवी गाउँपालिकाको प्रथम पञ्चवर्षीय योजना तयार गरी योजनाबद्धरुपमा विकास प्रक्रियालाई अगाडी बढाउने नीति अवलम्वन गरिनेछ । योजना र वार्षिक कार्यक्रमलाई सामाञ्जस्यता कायम गर्न मध्यम कालिन खर्च संरचनाको निर्माण गरिनेछ ।

    नक्शा पास, नियमित तथा अभिलेखिकरण गर्न ई.बि.पि.एस. (भ्भिअतचयलष्अ द्यगष्मिष्लन एभचmष्त क्थकतझ–भ्द्यएक्) को प्रयोग गरी अनलाईन प्रणाली लागु गर्ने र परामर्श दाताहरुलाई समेत अनिवार्य रुपमा अनलाईन मार्फत नक्शाको काम गर्ने व्यवस्था मिलाईने छ । विकास निर्माण तथा कार्यक्रममा साझेदार संस्थाहरु गैरसरकारी संस्थाहरुसँग  सहयोग समन्वय र सहजीकरण गरिनेछ ।

    आयोजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन जोड दिइनेछ ।अनुगमन प्रणालीलाई स्वचालित तथा प्रभावकारी वनाइने छ। असार महिनामा अत्यधिक पूँजिगत खर्च हुने परिपाटिको अन्त्य गर्न वार्षिक खरिद योजना तथा कार्य–योजना बनाई कार्यान्वयन गरिने छ।   दिगो विकासका लक्ष्यहरु, लैङ्गिक सवालहरु, वातावरणिय सवालहरु , वालवालिकाका सवालहरुलाई मध्यनजर गर्दै योजना तथा कार्यक्रम तर्जुमा गर्ने नीति अवलम्वन गरिनेछ । गाउँपालिकाको समग्र हित र विकास व्यवस्थापनका लागि समय समयमा विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याउनु भएका ज्येष्ठ नागरिक, सामाजिक, राजनीतिक व्याक्तित्व, समाजसेवी उद्योगी, शिक्षाप्रेमी लगायत महत्वपूर्ण व्यक्तित्वहरुलाई सम्मान गर्ने नीति अवलम्वन गरिनेछ ।

    नीति, कानून, न्याय तथा सुशासनतर्फ

    गाउँपालिकामा हाल सम्म तर्जुमा भएका स्थानीयकानूनहरुको पालना गर्नु गराउनुका साथै औचीत्यका आधारमा संशोधन तथा परिमार्जन गरिनेछ । संविधानले स्थानीय तहलाई प्रदान गरेको अधिकार कार्यान्वयन गर्न आवश्यक पर्ने थप कानूनहरु निर्माण गरिने छ । कानूनहरूको कार्यान्वयन गरी÷गराई विधिको शासन अवलम्वन गरी सुशासनयुक्त स्थानीय तहका रुपमा मायादेवी गाउँपालिकालाई स्थापित गरिने छ ।जनताको सर्वोपरी हितलाई ध्यानमा राखी कानूनले अधिकार प्रदान गरेका न्यायीक कार्यलाई निष्पक्ष, व्यवस्थित विश्वासयोग्य, पारदर्शी बनाउदै लगिने छ । मेलमिलापको माध्यमबाट समाजमा सामाजिक सहिष्णुता बढाउने विषयलाई जोड दिइनेछ । सबै वडामा मेलमिलाप केन्द्रलाई क्रियाशिल बनाइनेछ । मायादेवी गाउँपालिकामा मेलमिलाप सम्बन्धी कार्यविधी निर्माण गरी प्रभावकारी रुपमा कार्यान्वयन गरी न्याय सम्पादन कार्यलाई व्यवस्थित गरिनेछ ।

    न्याय, कानून तथा मानव अधिकार प्रवर्द्धन सम्बन्धी कार्यहरुलाई प्राथमिकता दिदै सबै किसिमका अन्याय र अत्याचारको अन्त्यको लागि कार्य गरिनेछ। अनुत्पादक खर्चहरु कटौती गर्ने नीति अवलम्बन गरिनेछ। खरिद प्रकृयालाई पारदर्शी, प्रतिस्पर्धी एवं मितव्ययी बनाउनका  लागि सार्वजनिक खर्चमा मितव्ययीता सम्बन्धी निर्देशिका पालना गरिनेछ । विद्युतीय बोलपत्रको अनुसरण गरिनेछ । सार्वजनिक परीक्षण, सामाजिक परीक्षण र सार्वजनिक सुनुवाई जस्ता क्रियाकलापको माध्यमबाट पारदर्शिता अभिवृद्धि गर्दै लगिनेछ । गुनासो सुनुवाई इकाईको व्यवस्था गरी जनगुनासोलाई समयमै व्यवस्थापन गर्ने कार्य गरिनेछ ।

    सरकारी कार्य प्रणालीमा पार्दशिता र जवाफदेहिता अभिवृद्धि गरी सुशासन कायम गरिनेछ, वित्तीय अनुशासनलाई कडाइका साथ पालना गर्दै बेरुजु फछयौर्टलाई अभियानकोरुपमा सञ्चालन गरिनेछ । आन्तरिक नियन्त्रण प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने नीति अवलम्वन गरिनेछ । “मायादेवी गाउँपालिका, न्याय सक्षम गाउँपालिका” नारालाई पुर्ण रुपमा गाउँवासीलाई न्यायीक अनुभूती दिलाउन न्यायिक समितिका पदाधिकारी तथा कर्मचारीहरु मेलमिलापकर्ताहरुका लागि विभिन्न किसिमका तालिम तथा कार्यक्रमहरु सञ्चालनमा ल्याईने प्रस्तुत निति तथा कार्यक्रममा उल्लेख छ ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij