images

मंगलवार, बैशाख ११ गते २०८१

रोहिणीद्वारा नीति तथा बजेट सार्वजनिक, शिक्षा र स्वास्थ्य प्राथमिकतामा

रोहिणीद्वारा नीति तथा बजेट सार्वजनिक, शिक्षा र स्वास्थ्य प्राथमिकतामा

images
images
images
आइतवार, आषाढ १२ २०७९
आइतवार, आषाढ १२ २०७९
  • रोहिणीद्वारा नीति तथा बजेट सार्वजनिक, शिक्षा र स्वास्थ्य प्राथमिकतामा

    रुपन्देही, १२ असार ।
    रुपन्देहीको रोहिणी गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । रोहिणी गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवले आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । ‘हाम्रो रोहिणी, राम्रो रोहिणी’ नारालाई साकार बनाउन शिक्षा र स्वास्थ्यलाई बढी प्राथमिकता दिएको निति तथा कार्यक्रममा उल्लेख छ ।

    images
    03.jpg

    आर्थिक तर्फ :

    कृषिलाई आर्थिक समृद्धिको मेरुदण्ड मान्दै व्यवसायिक कृषि पेशा अवलम्बन गर्न आत्मनिर्भर मनो साथलाई आधुनिकीकरण व्यवसायीकरण तथा बजारीकरण गर्न अभिप्रेरित गरिनेछ २ गाउँपालिका क्षेत्र भित्र उत्पादन गर्न सकिने कृषिजन्य तरकारीजन्य, फलफुल मासुजन्य तथा दूधजन्य वस्तुहरुमा व्यवसायिक तथा साना कृषकलाई अनुदानको व्यवस्था गरिनेछ । खुल्लामा विकवितरण परिपाटिको अन्त्य गरी स्वस्थ मासु विक्रि वितरणको लागि आवश्यक व्यवस्था मिलाइनेछ । गाउँपालिकालाई आत्मनिर्भर र व्यवसायिक बनाउन विशेष कार्यक्रम संचालन गरिनेछ ।

    कृषि पेशालाई सम्मानित र व्यवसायिक बनाई कृषिमा आधारित जनताको जीवनस्तर सुधार गर्न कृषकहरुको तथ्याई संकलन गरी निश्चित मापदण्डको आधारमा कृषकको वर्गीकरण गरी कृषक परिचयपत्र वितरण गर्न ५ कृषि उपज तथा कृषिजन्य उत्पादनमा वृद्धि गर्न सिचाई सुविधा प्रवर्धन गर्ने नीति अवलम्बन गरिनेछ ।आवश्यक व्यवस्था मिलाइनेछ । किसानको लागत मुल्य प्राप्तीको सुनिश्चताको लागी कृषि तथा पशु विमा कार्यक्रमलाई प्रोत्साहन गर्न गाउँपालिकाले सहजीकरण गर्ने नीति अवलम्बन गरिनेछ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गरिने छ । एक गाउँ एक उत्पादन कार्यक्रमलाई प्रोत्साहन हुने किसिमका कृषि गतिविधि सञ्चालन गर्ने नीति अवलम्बन गरिने, संघिय सरकारको सहयोगमा सञ्चालित साना व्यवसायी कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रमलाई निरन्तरता दिदै आ.ब. २०७९/८० मा गहुँबालीको साना व्यवसायी कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम सञ्चालन गरिने छ ।माटो र जमिनको रक्षाका लागि रासायनिक मलमा मात्र निर्भर नभइ गोठे मल, प्रागारिक मल जैविक मल उत्पादन कार्यमा प्रोत्साहन गरिने छ ।

    व्यवसायिक पशुपालक कृषकलाई उत्पादन बढाउनको लागि यान्त्रिकरण र मेसिनरी औजार लगायतका क्षेत्रमा अनुदान उपलब्ध गराईनेछ,आधुनिक कृषि व्यवसायबाट मात्र उत्पादन बढ्ने, रोजगारीको सृजना हुने हुँदा उत्पादनलाई बढावा दिदै बजारीकरण गर्ने तथा उपलब्ध हाटबजारहरुको सुधार र उचित व्यवस्थापन गरिदै लगिनेछ १३. दीर्घकालिन कृषि योजनाले अवलम्बन गरेका नीतिहरुका आधारमा खाद्यान्नवाली, नगदेबाली, तेलहनवाली,दलहनबाली, च्याउखेती व्यवसायिक तरकारी खेती, माछापालन, कुखुरापालन तथा पशुपालनको लागि नश्ल सुधार तथा धान र गहुँ बालीको पकेट क्षेत्रको रूपमा विकास गर्न संघीय र प्रदेश

    सरकारको समेत सहयोगमा

    गाउँपालिकाले प्राथमिकता दिनेछ।कृषकको साझेदारीतामा संघ, प्रदेश समेतको सहयोग र समन्वयमा तरकारी तथा फलफुलको संरक्षणको लागि शीतभण्डार निमार्णको लागि आवश्यक कदम चालिनेछ। कृषि विकास र उत्पादन बृद्धिका लागि सिञ्चाई सुविधा अभिवृद्धि हुने सबै सम्भावित कार्यमा गाउँपालिकाले आवश्यक सहयोग गर्नेछ ।गाउँपालिका भित्र खानेपानी आयोजनालगायत रोहिणीका उपभोक्तालाई प्रत्यक्ष लाभ पुग्ने आयोजनाहरुलाई विस्तार गर्न पहल गरिनेछ । एक घर एक धारा कार्यक्रम लागू गरिनेछ। समूदायको प्रत्यक्ष संलग्नतामा खानेपानीको व्यवस्थापन गरिनेछ ।खुला दिसामुक्त गाउँपालिका भैसकेकोले टोल विकास संस्थाहरू र समुदायको अगुवाई र सक्रियतामा पूर्ण सरसफाईका क्रियाकलापहरु आरम्भ गरिनेछ । हाम्रो रोहिणी सुन्दर र सफा रोहिणी भन्ने नाराका साथ सरसफाईलाई सभ्यता र स्वास्थ्यको दृष्टिकोणबाट हेर्न जनमानसलाई सचेत गराईनेछ। फोहोर व्यवस्थापन र सरसफाईका लागी आवश्यक प्रबन्ध गरिनेछ ।गाउँपालिकाले खानेपानी तथा सरसफाईका सम्बन्धमा तयार गरिएको रणनीतिक योजनाले मार्गदर्शन गरे बमोजिमका कार्यक्रमहरु कार्यान्वयन गर्न संघीय सरकार र प्रदेश सरकारसँग समन्वय गरिनेछ ।

    महिला बालबालिका ज्येष्ठ नागरिक लगायत लक्षित समुदाय

    आर्थिक, सामाजिक र शैक्षिक रूपमा पछाडि परेका महिला, दलित, आदिवासी जनजाती, मुस्लिम, पिछडावर्ग, अपांगता भएका व्यक्ति लगायतका वर्ग तथा समुदायलाई सीपमूलक, आयमुलक र रोजगारमुलक कार्यक्रम संचालन गरिनेछ । महिला विरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद र बहिष्करण अन्त्यका लागि लैंगिक समानता तथा महिला सशक्तिकरणमा सहयोग पुग्ने कार्यक्रम सञ्चालन गरिनेछ ७२ अपाङ्गताको प्रकृति अनुरुप आप आर्जनको लागि तालिम तथा सुविधाजनक सामग्री वितरणको ब्यवस्था मिलाईनेछ ग बर्गको अपाइलाई वार्षिक ६००० हजारदिइनेछ ।सबै वडा तथा टोलहरुलाई बालमैत्री घोषणा गर्न आवश्यक कार्यहरु गरिनेछ  राष्ट्रिय सांस्कृतिक धरोहर लगायत विभिन्न जाती र समुदायका परम्परागत सम्पदाहरुको संरक्षण र सम्बर्द्धन गर्ने कार्यलाई जोड दिइनेछ । छुवाछुत मुक्त समाज निर्माण र जातीय विभेद मुक्तिका लागि जनचेतना र पहुँच अभिवृद्धि कार्यक्रम सञ्चालन गरिनेछ  अपाङ्गता भएका व्यक्तिहरुलाई आत्मनिर्भर र स्वाभिमान बनाउनका लागि समान अवसर तथा सेवा

    सुविधामा पहुँच

    बढाउन उनीहरूको सहयोग पुग्ने किसिमका कार्यक्रमहरु सञ्चालन गरिने छ । घर परिवार र समाजमा फरक क्षमता भएका आक्तिलाई माया गर्ने वातावरण श्रृजना गर्न सचेतनामुलक कार्यक्रम संचालन गरिनेछ । जेष्ठ नागरिकहरुको आधारभुत अधिकारको संरक्षण गर्दै उनीहरुको लागि सम्मानजनक तथा सन्तुष्टिपूर्वक जीवनयापनका आवश्यक कार्यक्रम कार्यान्वयन गर्ने तर्फ जोड दिइने छ । जेष्ठ नागरिकलाई माया र सम्मान गर्ने नीति लिईनेछ,रोहिणी गाउँपालिका भित्रका ६० वर्षभन्दा माथिका मधुमेह तथा उच्च रक्तचापका विरामीहरुका लागि निःशुल्क आधारभुत औषधी उपलब्ध गराउने नीति अवलम्बन गरिनेछ ।नागरिक (८० वर्ष भन्दा माथि)का र क वर्गका अपाहरुका लागि कार्यतालिका बनाई स्वास्थ्यकर्मीद्वारा घरदैलो स्वास्थ्य जाँच तथा उपचार कार्यक्रम सञ्चालन गरिनेछ । जनप्रतिनिधी मार्फत घर दैलो कार्यक्रम सञ्चालन गरिने छ । ५० गाउँपालिकाको समेत आफ्नै लगानीमा घर निर्माण गराई नागरिकहरुको आवासको सुनिश्चितता प्रदान गर्ने नीति लिने सुरक्षित नागरिक आवास कार्यक्रमलाई आर्थिक वर्षको सुरुबाट नै कार्यान्वयन गर्न पहल गरिनेछ । घर भएका अति विपन्न परिवारलाई संघीय र प्रदेश सरकारको सहयोग र समन्वयमा तथा खर/फुसको छाना मुक्त पालिका घोषणा गरिनेछ। जसका लागी सुरक्षित नागरिक आवास कार्यक्रम लागु गरिनेछ

    सीमान्तकृत विपन्न तथा अति गरीवहरुका लागि आयआर्जन सम्बन्धी सीपमुलक कार्यक्रम गरिनेछ ।आदिवासी जनजातीको भाषा, संस्कृति संरक्षण र सम्बर्द्धन गरिनेछ । दलित बर्गको उत्थान, विकास, संरक्षण, सम्बर्द्धन, सशक्तीकरण र आयआर्जनका लागि जोड दिईनेछ । मुस्लिम तथा पिछडिएका वर्गको आय आर्जन, सीप विकास जस्ता प्रत्यक्ष फाईदा पुग्ने कार्यक्रमहरु सञ्चालन गरिनेछ । न्याय, कानून तथा मानव अधिकार प्रबर्दन सम्बन्धी कार्यहरुलाई प्राथमिकता दिदै सबै किसिमका र अत्याचारको अन्त्यको लागि पहल गरिनेछ ।

    सामाजिक सुरक्षा तथा संरक्षणः

    भूमिहीन दलित, भूमिहीन सुकुम्बासी अव्यवस्थित नागरिकहरुको लगत संकलन गरी आयोगमा सिफारिस गर्ने कार्यलाई प्राथमिकताका साथ कार्यान्वयन गरिनेछ, बैंकहरुसँगको समन्वय र सहकार्यमा सामाजिक सुरक्षा भत्तालाई बैंक मार्फत अझ सरल र छिटो तरिकाले भुक्तानी गर्ने व्यवस्था मिलाइनेछ जसका लागि बडाबाट सहजीकरण गरिनेछ । छिटो, छरितो र सुलभ तरिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बैंकहरूलाई सम्मान गरिने छ । जेष्ठ नागरिक, अपांगता, लैगिक हिंसा सम्बन्धी कार्यविधिमा आवश्यक अनुसार काम गरिने ।
     

    पूर्वाधार विकास तर्फः

    विकासका पूर्वाधारमा सडक पहिलो शर्त हुनाले गुणस्तरीय सडक निर्माणलाई प्राथमिकता दिइनेछ । सडकको चौडाई न्यूनतम ६ मिटर कायम गर्न सबैलाई अभिप्रेरित गरिनेछ । सबै सडकहरुको मापदण्ड निर्माण र नामाकरण गरिनेछ ।सडकको क्षेत्राधिकार (चौड़ाई) पुर्याउने दायित्व सडकको दायाँ वायाँ घर जग्गा हुने नागरिकको हुने हुंदा सबै नागरिकहरुलाई सकारात्क सोंच भावना र विचार सहित विकास निर्माणमा पूर्णरूपमा सघाउ पुयाउन सचेत गराउने। यदि ठूलो विवाद भई योजना कार्यान्वयन हुन नसक्ने वातावरण सृजना भएमा त्यस्तो योजनालाई ड्ड विवादरहित क्षेत्रमा कार्यान्वयन गर्ने नीति अवलम्बन गरिनेछ । रोहिणी गाउँपालिकाको आधुनिक प्रविधिमैत्री सुविधा सम्पन्न प्रशासकीय भवनको निर्माणको लागी यसै वर्षबाट शिलान्यास गरि शुरुवात गरिनेछ जसका लागि लागत साझेदारीमा नेपाल सरकार जिल्ला समन्वय समित र पालिकाले आर्थिक व्यवस्थापन गरी निर्माण गरिनेछ जिल्ला समन्वय समितिबाट प्राप्त भएको आर्थिक सहयोग पुर्ण रुपमा भवन निर्माणमा लगानी गरिनेछ ।

    गाउँपालिका क्षेत्रभित्र सडक सप्ताल निर्माणका लागि सडक गुरुयोजना तयार गरी व्यवस्थित र योजनाबद्ध तरीकाले स्तरीय सडक सञ्जाल निमार्ण गरिने नीति अनुसरण गरिनेछ ।मापदण्ड विपरीत बनेका सडकहरुमा गाउँपालिकाको लगानीलाई निरुत्साहन गरिनेछ । हात घालनमा रहेका सडकहरुलाई क्रमशः मापदण्डको दायरामा ल्याउन पहल गरिनेछ । विद्युत वितरण प्रणालीलाई प्रभावकारी बनाउन विद्युत प्राधिकरणसँग समन्वय गरी आवश्यकता अनुसार ट्रान्सफर्मरको क्षमता वृद्धि, थप तथा लाईन विस्तार गरी सबै घरहरुमा र बस्तीहरूमा विद्युतीय सेवा पुर्याउने नीति लिइनेछ । बैकल्पिक उर्जा समेतको प्रयोग गर्दै गाउँपालिकाका बजार क्षेत्रहरुमा उज्यालो रोहीणी कार्यक्रमलाई प्रभावकारी बनाईनेछ ।

    मर्मत सम्भार कोषको व्यवस्था गरी मौसम तथा अन्य गतिविधीबाट क्षयीकरण हुने पूर्वाधार तथा ग्रामीण सडकहरुको मर्मत सम्भारलाई व्यवस्था गरिनेछ । भैरहवा विशेष अर्थिक क्षेत्र (क्भ्श्) भित्र निर्माण भएका र अब निर्माण हुने भवनहरुको नक्सा पास कार्यलाई व्यवस्थित रुपमा कार्यान्वयनमा ल्याइनेछ । उद्योग व्यवसायलाई सहज बनाउन उक्त क्षेत्रभित्र निर्माण भएका र नयाँ निर्माण हुने भवनहरुको नक्सा पास प्रकृयालाई अझ बढी सहज र सहुलियतपूर्ण बनाउने नीति लिइनेछ, सम्झौता भई काम प्रारम्भ गरी विविध कारणले सम्पन्न हुन नसकी अधुरा रहेका योजनाहरूको आवश्यकताको आधारमा म्याद थप गरि कार्यान्वयन गराउने व्यवस्था मिलाइनेछ । रोहिणी गाउँपालिकाको व्यवस्थित रुपमा विकास गर्न प्रदेश तथा संघीय सरकारसँग योजना माग गर्दा आवश्यकता अनुसार परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन (म्एच्) तयार गरिनेछ ।

    वातावरण तथा विपद व्यवस्थापनः

    प्राकृतिक तथा मानवीय कारणले हुने महामारी तथा विपदहरुको रोकथाम तथा न्यूनीकरणको लागि पूर्वतयारी, प्रतिकार्य र पुनर्लाभका कार्यक्रम सञ्चालन गर्न स्थानीय विपद्व्यवस्थापन कोषमा आवश्यक बजेटको व्यवस्थापन गरी प्रभावकारी रुपमा विपदको व्यवस्थापन गर्ने नीतिलाई निरन्तरता दिइनेछ । विपद् सामाग्री वितरणमा एकीकृत व्यवस्था गरिनेछ ।पूर्वाधार विकासका क्रियाकलापहरु सञ्चालन गर्दा विपद जोखिम संवेदनशीलतालाई केन्द्रविन्दुमा राखी कार्यान्वयन गर्न सघाउ पुग्ने गरी डिजाइन तथा इष्टिमेट गर्ने व्यवस्था मिलाइनेछ । २०७७ श्रावण १ गते देखि यस गाउँपालिका भित्र लागु भएको नयाँ घर बनाउदा अनिवार्य रूपमा नक्सा पास गर्ने र पुराना घरहरुको अभिलेखिकरण गर्ने कार्यपालाई व्यवस्थित गर्दै लगिनेछ । नयाँ भवन निर्माण गर्दा अनिवार्य रुपमा राष्ट्रिय भवन संहिता पालना गर्नु पर्ने तथापुराना भवनमा तला थप गर्दा राष्ट्रिय भवन संहिता अनुसार मात्र अनुमति दिइनेछ ।हरियो रोहिणी कार्यक्रमलाई शुरुवात गर्न आधुनिक नर्सरी स्थापनामा जोड दिई सार्वजनिक जग्गा ऐतिहासिक स्थलहरू, नदी किनार, नदी उकास, नहर तथा महका किनारमा वृक्षारोपण कार्यक्रम संचालन गरिनेछ । यसबाट रोजगारीको सृजना हुनुका साथैतारण संरक्षणमा सघाउ पुग्नेछ । जलवायू परिवर्तनका असरहरुलाई न्युनिकरण गर्नका लागि अनुकुलन कार्यहरु गर्दै बातावरण संरक्षण गर्ने नीति अवलम्बन गरिनेछ । नदीजन्य पदार्थको उपभोग गर्दा आवश्यकता अनुसार  मापदण्डको परिपालना गर्ने गराउने नीति लिईनेछ र नदी किनारामा वृक्षारोपण तथा तटबन्ध गरिनेछ । धार्मिक तथा ऐतिहासिक महत्व बोकेका पोखरीहरुको संरक्षण र सम्बर्द्धन तथा सुन्दरीकरण गर्ने नीति, १०९ १०७. अपनाइनेछ ।

    प्रत्येक वडामा १–१ वटा उद्यानको स्थापना गर्ने नीति अनुसरण गर्दै स्वच्छ र हराभरा रोहिणीको कार्यक्रम संचालन गरिनेछ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत उद्यान स्थापना र सार्वजनिक पोखरी सुन्दरीकरण गर्ने योजनालाई प्राथमिकतामा राखिनेछ ।गाउँपालिका क्षेत्रभित्रका सार्वजनिक स्थलहरुको संरक्षण र सम्बर्द्धनका लागि योजना बनाई सरोकारवालाहरुको सहभागिता जुटाई वृक्षारोपणका कार्यक्रम क्रमशः सञ्चालन गरिनेछ । आरुण यन्त्रको व्यवस्थापन तथा सञ्चालन गर्न छिमेकी नगरपालिका, गाउँपालिका, प्रदेश र केन्द्रहरुसँग समन्वय गरी आवश्यक कार्यक्रम अगाडि बढाइनेछ ।नेपाल सरकारले मिति २०७८ श्रावण १ गतेदेखि लागू हुनेगरि गरेको प्लाष्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदुषण न्यूनीकरण गर्न ४० माईकोन भन्दा पातलो प्लाष्टिकको उत्पादन आयात विक्री वितरण र प्रयोगमा पूर्णरुपमा प्रतिबन्ध लगाउने निर्णयलाई रोहिणी गाउँपालिका भरि कार्यान्वयन गर्ने नीति अवलम्बन गरिनेछ । विपद आउन नदिन जनचेतना अभिवृद्धि गर्ने तथा विपद् आइपरेमा राहत, पुर्नस्थापना तथा उद्दार कार्य गर्न विपदव्वस्थापन कोषको माध्यमबाट उद्दार सामग्री सहितको व्यवस्था गरिनेछ ।गाउँपालिकाले स्थानीय विपद् व्यवस्थापन रणनीतिक प्रतिकार्य योजना तर्जुमा गरि विपद् न्यूनीकरण गर्ने कार्यलाई प्राथमिकता दिईनेछ । फोहरमैला व्यवस्थापनको लागि सम्भाव्यता अध्ययन गरी उपयुक्त स्थानको पहिचान गरी क्रमशःव्यवस्थित रुपमा कार्वान्वयन गर्दै लगिनेछ ।

    सुशासन तथा संस्थागत विकास 

    कार्यपालिकाको कार्यालय, वडा कार्यालय तथा विषयगत शाखा वा इकाईको सेवा प्रवाहलाई सूचना प्रविधिमैत्री बनाउदै लगिनेछ । सबै कर्मचारीहरुलाई कम्प्यूटरको आधारभूत ज्ञान रसीपको विकास गराईनेछ । कार्यालयका सबै कागजी फाइललाई क्रमशः कम्प्यूटर प्रणालीमा लगि सुरक्षित अभिलेखीकरण गरिनेछ ।गाउँपालिका र अन्तर्गतको वर्तमान संगठन संरचनालाई आवश्यकता र औचित्यको आधारमा परिमार्जन गरि नयाँ संगठन संरचना निर्माण गरि सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउँदै लगिनेछ । कर्मचारीलाई जिम्मेवारी बनाउन कार्यसम्पादन मूल्याङ्गनलाई प्रभावकारी बनाईनेछ स्थानीय तह संस्थागत क्षमता स्वःमूल्याङ्कनकार्यविधीले निर्दिष्ठ गरेका विषयक्षेत्रहरु, सूचक र मापदण्डहरुको प्रभावकारी कार्यान्यन गर्दै लैजानका लागि आवश्यक नीति र कार्यक्रमहरु संचालन गरिनेछ। यसबाट गाउँपालिकाको संस्थागत क्षमता सुदृढ भइ सार्वजनिक सेवा प्रवाह स्वच्छ, सक्षम, प्रतिस्पर्धी, निस्पक्ष,पारदर्शि, सुशासनयुक्त र जनअपेक्षा अनुकुल भई सेवामा जनताको समान र सहज पहुँच स्थापित हुनेछ ।

    अनुत्पादक खर्चहरु कटौती गर्ने नीति अवलम्बन गरिनेछ खरिद प्रकृयालाई पारदर्शी, प्रतिस्पर्धी एवं मितव्यीताको लागि सार्वजनिक खर्चमा मितव्ययीता सम्बन्धी निर्देशिका २०७७ को पालना गरिनेछ । विद्युतीय बोलपत्रको अनुसरण गरिनेछ ।
    खरिद तथा सम्पत्तिको अभिलेख व्यवस्थापनको लागि महालेखा नियन्त्रक कार्यालयले कार्यन्वयनमा ल्याएको सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली को (एब्ःक्) र औषधी अभिलेखको भ्ीःक्ष्क् प्रणालीलाई प्रभावकारी बनाईने ।कर्मचारी क्षमता क्षमता वृद्धि गर्न समयानुकुल विषय क्षेत्रको तालिम अध्ययन, अवलोकन भ्रमण गराई मुस्कान सहितको सेवा सञ्चालन गरिनेछ १२२ गाउँपालिकाले सम्पादन गरेका सम्पूर्ण कार्यसम्पादनहरुलाई समेटेर स्मारिका प्रकाशित गरिनेछ,राष्ट्रिय परिचयपत्र तथा पत्रिकरण विभागको सहकार्यमा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण गरि व्यवस्थित र अद्यावधिक गरिने नीति अवलम्बन गरिनेछ। निशुल्क निवेदन लिने र प्रत्येक बडामा निशुल्क निवेदन फाराम उपलब्ध गराईनेछ । “समयमा कर तिरौ गाउँपालिकाको विकासमा सहभागी बनौ“ भन्ने नारालाई सार्थक बनाउन करदाता शिक्षा, कर सप्ताह जस्ता चेतनामूलक कार्यक्रम संचालन गरिनेछ ।

    प्राकृतिक श्रोत तथा नदीजन्य पदार्थहरुको उचित व्यवस्थापनगरी आन्तरिक राजस्व बढाउने तथा करका दायराहरु बढ़ाई गाउँपालिकाको आय श्रोत वृद्धि गर्दै लैजाने नीति अनुसरण गरिनेछ। माटो उत्खनन कानुन बमोजिम व्यवस्थित गरिनेछ जनताको सर्वोपरी हितलाई ध्यानमा राखी कानूनले अधिकार प्रदान गरेका न्यायीक कार्यलाई व्यवस्थित विश्वास योग्य, पारदर्शी बनाउदै लगिने छ मेलमिलापकको माध्यमबाट समाजमा सामाजिक सहिष्णुता बढाउने विषयलाई जोड दिइनेछ । मेलमिलाप केन्द्रलाई प्रभावकारी बनाईनेछ । रोहिणी गाउँपालिकाद्वारा निर्मित मेलमिलाप सम्बन्धी कार्यविधी २०७८ लाई प्रभावकारीरुपमा कार्यान्वयन १२८. न्याय, कानून तथा मानव अधिकार प्रवर्द्धन सम्बन्धी कार्यहरुलाई प्राथमिकता दिदै सबै किसिमका अन्याय
    र अत्याचारको अन्त्यको लागि पहल गरिनेछ ।सूचना तथा सञ्चार प्रविधि विकास तथा विस्तार गर्दै सूचना तथा सञ्धार प्रविधि विकासमा जोड दिईनेछ ।गाउँपालिकाले सम्पादन गरेका कामका सबै गतिविधिहरुलाई  नियमितरुपमा प्रविष्ठ गरी सबैको सूचना पाउने हकको सुनिश्चितता प्रदान गरिनेछ १३१. नियमित र प्रभावकारी बजार अनुगमनको माध्यमबाट गुणस्तर, नापतौल, खाद्य सुरक्षा र उपभोक्ता हितसंरक्षण सम्बन्धी कार्यहरु व्यवस्थित गरिनेछ ।

    गाउँपालिका तथा बडामा सचालन हुने सबै बैठक तथा कार्यक्रमहरु व्यवस्थित तथा मर्यादित रुपले सञ्चालन गरिनेछ ।सार्वजनिक परीक्षण, सामाजिक परीक्षण र सार्वजनिक सुनुवाई जस्ता क्रियाकलापको माध्यमबाट पारदर्शिता अभिवृद्धि गर्दै लगिनेछ ।
    सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी बनाउन नियमित रुपमा अडियो नोटिस बोर्ड सेवा बेबसाईट सेवा सञ्चालन, डिजिटल नागरिक बडापत्र तथा सुचना पार्टी सञ्चालन, हाम्रो रोहिणी राम्रो रोहिणी कार्यक्रम सञ्चालन तथा गाउँपालिकाको पाश्र्वचित्र प्रकाशन, लगायतका सूचना सामाग्रीहरूको प्रकाशन तथा बितरण गर्ने कार्यलाई प्राथमिकता दिइनेछ ।
     

    योजना, जिन्सी लगायतका क्षेत्रमा क्रमशः सप्टवेयर मार्फत व्यवस्थापन गर्ने, आवश्यक स्थानहरुम सि.सी.टि.भि क्यामरा जडान, सञ्चार माध्यमबाट विद्युतिय सिकाई, गाउँपालिकाका, बडा कार्यालय, विद्यालयहरु, स्वास्थ्य संस्थाहरुमा क्रमशः ईन्टरनेट सुविधाको व्यवस्थापन गर्दै जाने नीति लिइनेछ

    गुनासो सुनुवाई इकाईको व्यवस्था गरी जनगुनासोलाई समयमै व्यवस्थापन गर्ने कार्य गरिनेछ । गाउँपालिकाको हरेक बडाको कार्यसम्पादन लाई विद्युतीय माध्यमबाट सञ्चालन गरिनेछ । प्रत्येक वडामा विद्युत र ईन्टरनेट सुविधालाई व्यवस्थित गरिनेछ। उपभोक्ता समितिको क्षमता अभिवृद्धि गरिनेछ । उपभोक्ता समिति तथा अन्य विभिन्न संघ संस्थाद्धारा सञ्चालन गरिनेकार्यक्रमहरुमा स्वीकृत लागत अनुमान बमोजिम नगदमा आधारित जनसहभागितालाई जोड दिदै लगिनेछ । खरिद विधिको पालना गर्न अभिप्रेरित गरिनेछ ।

    गाउँपालिका, वडा कार्यालयहरु, विषयगत शाखाहरु, स्वास्थ्य संस्थाहरूमा कार्यरत सबै कर्मचारीहरुलाई आचरण र अनुशासन पूर्णरुपमा पालना गर्दै मुस्कान सहितको सेवा प्रवाह गर्न अभिप्रेरित गरिनेछ । औचित्य र आवश्यकता अनुसार जिम्मेवारीमा हेरफेर गरी सबैलाई सबै काम गर्न सक्ने गरी सक्षम बनाईनेछ । सबै कर्मचारीहरुको कार्य विवरण, काम, कर्तव्य र अधिकार तथा कार्य सम्पादन सम्झौता, जिम्मेवारीमा हेरफेर गर्ने लगायतका विषयमा कार्यविधि बनाई कार्यान्वयन गरिने छ । साविकको स्थानीय निकायमा स्थायी नियुक्ति पाई हाल यस गाउँपालिकामा समायोजन भएका कर्मचारीहरुको वृत्ति विकासको लागि संघीय र प्रदेश सरकारसँग समन्वय गरी आवश्यक कानून बनाई लागु गरिनेछ ।कर्मचारी र राजनीति बीचको अन्तरसम्बन्धलाई सेवाप्रवाहसँग आवद्ध गरिनेछ। अन्तरसम्बन्धलाई उयवस्थित गर्न जनप्रतिनिधीहरु र कर्मचारीहरूको काम कर्तव्य र अधिकारलाई अहस्तक्षेपकारी तरीकाले समन्वयात्मक ढङ्गबाट गर्ने नीति अबलम्वन गरिनेछ ।

    “शाखा शाखा बीच, वडा वडा बीच, एक अर्को संस्थाहरु बीच समन्वय र सहकार्यरोहिणी गाउँपालिकाको नयाँ संस्कार भन्ने मान्यताका साथ सबैलाई सकारात्मक सोच तथा उच्च मनोबलका साथ सेवाप्रवाहमा लाग्न अभिप्रेरित गरिनेछ ।आन्तरिक नियन्त्रण प्रणाली अवलम्बन गर्दै आन्तरिक तथा अन्तिम लेखा परीक्षणसमयमै सम्पन्न गराउदै बेरुजु फछ्यौट कार्यलाई प्राथमिकता दिइनेछ ।

    संघीय सरकार र प्रदेशसरकारसँगको सहकार्यमा सञ्चालन हुने योजनाको लागि समपुरक रकमको व्यवस्था संघ, प्रदेशसँग समन्वयको आधारमा स्थानीय सरकार संचालन हुनेछ । ठूला योजनाहरु संघ र प्रदेश सरकारसँगको सहभागितामा सञ्चालन गर्ने नीति अवलम्बन गरिनेछ। कामको मूल्याङ्कन र जिम्मेवारीको बोधसहित राम्रो काम गर्ने उपभोक्ता समिति, जनप्रतिनिधीहरु र कर्मचारीलाई पुरस्कार तथा सम्मानको व्यवस्था गरिनेछ ।गाउँपालिका निवासी जनताको चेतना स्तर बढाउन विभिन्न चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिनेछ । अध्यक्षको कार्यलाई व्यवस्थित र क्रियाशिल अबस्यक प्रयास गरिनेछ ।न्यायिक समिति तालिम दिई प्रभावकारी बनाइने । गाउँपालिका क्षेत्रमा आवश्यक शान्ति तथा सुव्यवस्था कायम गरी गाउँपालिका एवं गाउँक्षेत्र भित्रको  सार्वजनिक सम्पत्तिको सुरक्षा एवं संरक्षण गर्न, अनाधिकृत निर्माण तथा सार्वजनिक सम्पत्तिको अतिक्रमण रोकथाम तथा नियन्त्रण गर्न भविष्यमा नगर प्रहरीको व्यवस्था गर्ने नीति लिइनेछ स्थानीय सरकारलाई प्रभावकारी सञ्चालनका लागि आवश्यक पर्ने ऐन, नियम र कार्यविधि बनाइ अघि बढिने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

    02.jpg

    रोहिणीकोे ६२ करोड १९ लाखको बजेट

    रोहिणी गाउपालिकको आगामी आर्थिक बर्ष २०७९/०८० लागि ६२ करोड १९ लाख ९५ हजारको अनुमानित बजेट ल्याएको छ ।आर्थिक बर्ष २०७९/०८० को बजेटको आम्दानी स्रोतमा आन्तरिक आयवाट २ करोड ५७ लाख रुपैया संघीय सरकारबाट ४५ करोड ८७ लाख, प्रदेस सरकारबाट ६ करोड ५० लाख प्राप्त हुने अनुमान गरेको छ ।

    बजेट प्रस्तुत गर्दै रोहिणी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष करम हुसेन खानले गाउँपालिकाको बैंक मौज्दात ६ करोड ५० लाख रुपैया रहेको र जिल्ला समन्वय समितिबाट २ करोड ४० लाख रुपैया प्राप्त हुने प्रक्षेपण गरेको छ । यस्तै खर्चमा आर्थिक विकास तर्फ २ करोड ९९ लाख, सामाजिक विकास तर्फ २३ करोड ६६ लाख ४५ हजार रुपैया, पूर्वाधार विकास तर्फ र २० करोड ९० लाख, सुशासन तथा विपद् व्यवस्थापन क्षेत्रमा ४ करोड १४ लाख, कार्यालय सञ्चालन तथा व्यवस्थापनमा ९ करोड ९७ लाख, वडाकार्यालय सञ्चालन तथा व्यवस्थापनमा ५३ लाख रुपैया बिनियोजन भएको छ ।

    गाउँपालिकाले किसानलाइ धान र गहुको बीउ ५० प्रतिशत अनुदानमा दिने निर्णय गरेको छ ।घर नभएका अति विपन्न परिवारलाई संघीय र प्रदेश सरकारको सहयोग र समन्वयमा तथा गाउँपालिकाको समेत आफ्नै लगानीमा घर निर्माण गराई नागरिकहरुको आवासको सुनिश्चितता प्रदान गर्ने नीति गाउपालिकाले लिएको जनाएको छ । सुरक्षित नागरिक आवाश कार्यक्रमलाई आर्थिक वर्षको शुरुबाट नै कार्यान्वयन गर्न संघीय सरकारको सशर्त बजेट ५५ लाख रुपैया विनियोजन गरिएको खा ले बताए ।यस्तै गाउँपालिकाको प्रशासनीक भवन निमार्णका लागि ३ करोड ७० लाख बजेट छुट्ट्याइएको छ । उज्यालो रोहिणी कार्यक्रमको लागि २३ लाख बजेट बिनियोजन गरिएको छ ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij