२०८२, श्रावण १६ गते

Aug 01 2025 | २०८२, श्रावण १६ गते

गृहमन्त्री खाणद्वारा नेपाली उत्पादन प्रयोगमा जोड 

शनिवार , आषाढ १८, २०७९

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले सबै नेपालीलाई नेपाली उत्पादन प्रयोग गर्न आग्रह गरेका छन् ।  मुलुकको आर्थिक समृद्धिका लागि नेपाली उतपादनको प्रयोग गर्नु पर्ने बेला आएको उल्लेख गर्दै गृहमन्त्री खाणले सरकारका प्रतिनिधि, कर्मचारी देखि आम नागरिकलाई नेपाली उत्पादन प्रयोगमा जोड दिए ।  

तिलोत्तमा उद्योग बाणिज्य संघको सातौ साधारण सभा तथा तेस्रो अधिबेशनको उद्घाटन गर्दै गृहमन्त्री खाणले स्वदेशी उत्पादनको प्रबद्धनका लागि प्रयोगमा पनि बढवा दिन सबैलाई आग्रह गरे ।  

उनले बिदेशीबाट आउने नेपालीलाई पनि बिदेशी बस्तुको सट्टा पैसा नै लिएर आउन गरे ।  गहृमन्त्री खाणले उद्योगी व्यवसायिको समस्या समाधानका लागि सरकार सधै अग्रसर रहेको बताए । उनले सरकार सफल रहदा मात्र उद्योगी तथा व्यवसायिका समस्या समाधान हुने बताउदै उद्योगी व्यवसायिले पनि सरकारलाई सहयोग गर्नु पर्ने बताए ।  

सरकार असफल भए, उद्योगी व्यवसायी कहाबाट सफल रुपमा चल्छन्, गृहमन्त्री खाणले भने बर्षको कोभिडका कारण संसारकै अर्थतन्त्र थिलोथिलो भएको छ, यसलाई उकास्नका लागि सरकारले आबश्यक काम गरिरहेको छ । 

उनले उद्योगी व्यवसायिले भोग्दै आएको बिद्युत समस्या समाधानका लागि काम भईरहेको बताउनु हुदै छिट्टै समाधान हुने बताए ।  

कार्यक्रममा बोल्दै उद्योग बोणिज्य महासंघका केन्द्रिय सदस्य महेन्द्रकुमार श्रेष्ठले उद्योगी व्यवसायिले भोग्दै आएको बिद्युत, बैकको व्याजदर लगाएतका समस्यालाई समाधान गर्न सरकार समक्ष आग्रह गरे । स्थानिय सरकारले स्थानिय स्तरका उद्योगी व्यवसायिसंग समन्वय गरेर काम गर्नु पर्नेमा जोड दिए ।