images

सोमवार, बैशाख २४ गते २०८१

सामाजिक विकृतिले बढ्दै बलात्कारका घटना 

सामाजिक विकृतिले बढ्दै बलात्कारका घटना 

images
images
images
सोमवार, मंसिर ८ २०७७
सोमवार, मंसिर ८ २०७७
  • सामाजिक विकृतिले बढ्दै बलात्कारका घटना 

    ‘बलात्कार’ शब्द आफैमा एक भयानक डरलाग्दो शब्द हो । कुनै पनि महिला या पुरुषहरुमध्ये एकको अनुमति वेगर जबरजस्ती गरिने यौन सम्पर्क वा डर देखाएर, धम्काएर वा बन्धक बनाएर जबरजस्ती अनुमति लिइ गरिने अवैध सम्बन्धलाई पनि बलात्कार नै मानिन्छ । नेपालको कानुनले १८ वर्ष भन्दा कम उमेरका कुनै पनि बालिकालाई ललाईफकाई वा उनीहरुको मञ्जुरीमा गरिने यौन सम्बन्धलाई पनि बलात्कारकै संज्ञा दिएको छ । विश्व इतिहासलाई हेर्ने वा पढ्ने हो भने बलात्कार धेरै पहिलापहिला पनि हुने गरेको पाइन्छ ।

    images
    images
    images

    विशेषत : राजामहाराजाहरु, सैन्य शासन गर्नेहरु वा समाजका पुंजीपति, ठुलाबडा र टाठाबाठाले आफ्नो कामदार तथा समाजका गरीब छोरीचेलीलाई जबरजस्ती गर्ने गरेको पाइन्छ । इतिहास नियाल्दा पुरुषको तुलनामा धेरै प्रतिशत महिलामाथि घरेलु हिंसा र यौनजन्य अपराध हुने गरेको पाइन्छ । अहिले जबरजस्ती गरिने यौन सम्पर्कलाई मात्र नभएर भ्रष्टाचारी, व्यभिचारी, राष्ट्रद्रोही, कुलद्रोहीहरुलाई पनि बलात्कारीकै संज्ञा दिएको पाइन्छ । यसरी हेर्ने हो भने शारीरिक, मानसिक वा अरुको कुभलो हुने कुनै पनि खालको क्रियाकलाप गर्नेलाई बलात्कारी भन्न सकिन्छ । अहिले नेपाली समाजमा यौन दुराचार बलात्कार) को अवस्था यति भयानक भएको छ कि यो समाजको लागि ठूलो चुनौती भएर देखा परिरहेको छ । स–साना बालिकादेखि वृद्ध महिलाहरु, सुत्केरी समेत बलत्कारका सिकार भएका घटनाहरु बाहिर आएका छन् । अझ अहिले त बलात्कारका यस्ता घटनाहरु बाहिर आएका छन् कि, बलात्कारी पुरुष कुनै पराय नभएर आफ्नै छिमेकी, नातापाता वा एकै परिवारका सदस्यहरु समेत रहने गरेका छन् ।

    अहिले नेपालमा हेर्ने हो भने दैनिक करिब ६\७ जना महिलाहरु बलात्कारको शिकार भएको देखिन्छ, भने त्यसमध्ये केही महिलाको त हत्या समेत हुने गरेको छ, यो आंकडा घटना दर्ता भएको मात्र हो भने अझ करिब ७० देखि ८० प्रतिशत घटनाहरु त विभिन्न सामाजिक परिस्थिति र बहिस्कारका डरले वा घरै भित्रको छ भने इज्जत जाने डर पनि सार्वजनिक गरिएको हुँदैन । त्यसमध्ये केही सार्वजनिक भइहाले पनि त्यसलाई समाजभित्रै बसेर मिलाउने गरेका समाचारहरु समेत सुन्न पाइन्छ । कानुन मान्य हो भने पनि त्यस प्रकारको मिलेमतो गर्ने गराउने दुवैलाई अपराधी सरह मान्य गरेको छ, तर यहाँ त्यस्तो हुँदैन । दैनिकजसो बलात्कार गर्ने र हत्या गर्ने प्रवृत्ति हावी हुँदा नेपालमा छोरी बचाउने नयाँ अभियान सञ्चालन गर्नुपर्ने देखिएको छ । 

    नेपालमा बलात्कारका घटनाहरु बढ्नुमा एउटा महत्वपूर्ण कारण भनेको खुला र छाडा संस्कृति नै हो । हामीले लगाउने पहिरन, हामीले बोलिने भाषा, मनोरञ्जनको नाममा टेलिभिजन तथा अन्य माध्यमबाट प्रशारित विभिन्न यौनजन्य सामाग्रीहरु जसले छाडा संस्कृतिलाई प्रश्रय दिएको पाइन्छ भने त्यसलाई मलजल गर्ने हाम्रो शिक्षा नीतिलाई पनि मान्न सकिन्छ । यो संगसंगै अन्य कारणहरुमा महिलालाई खेलौना र मनोरञ्जन वा यौन प्यास मेटने साधनको रुपमा मात्र हेर्ने केही गलत प्रवृत्तिहरु, विद्यालय तहमै केटाकेटीहरु एक अर्कोको विशेष साथी (गर्लफ्रेन्ड, बोइफ्रेन्ड)को रुपमा रहेन र विवाह नगरी एक अर्कोसंगै बस्ने संस्कृतिको विकासका कारण पनि बलात्कारका घटनाहरु बढ्दै गएको देखिन्छ भने पछिल्लो समय पुरुषहरु वैदेशिक रोजगारीका लागि बाहिर जाने र घरमा महिला मात्र बस्ने गर्दा मौका खोजेर बसेकाहरुले त्यसको फाइदा उठाइ विभिन्न बहाना गरी बलात्कार गर्ने गरेको पनि घटनाहरु सुन्न पाइन्छ । पछिल्लो समय त झन बलात्कार गर्दै हत्या गर्ने घटनाहरु समाजको लागि ठूलो चुनौतीस्वरुप रहेको छ । त्यसमा पनि युवा अवस्थाका भन्दा बालिकाहरु त्यसको बढी शिकार भएको देखिन्छ  । विभिन्न बहानामा बालिकाहरुलाई ललाई फकाई एकान्त पारेर बलात्कार गर्ने र त्यसको पोल खोलिने डरले हत्या गरेर फरार हुने घटनाहरु आजकल धेरै सुन्ने गरिन्छ, जसले समाजमा छोरीप्रतिको धारणा र उनीहरुको बारेमा एउटा ठुलो डर पैदा समेत गरिदिएको छ ।

    बलात्कार गरी फरार हुने धेरै घटनाहरुको अभियुक्त पत्ता लगाउन नसक्नु, सकेसम्म त्यस्ता घटनाहरुलाई समाजमै मिलाउन प्रयास गर्नु, पीडितलाई डर धम्की र पैसाको प्रलोभन देखाई घटनालाई लुकाउन दवाव दिने पक्षहरु समाजमा धेरै सक्रिय देखिदा पनि बलात्कारीलाई थप हौसला प्रदान गरेको छ, हुन त कानुनले त्यस प्रवृत्तिलाई पनि बलात्कारी सरहको सजाय तोकेको छ तर के त्यस्तो भई रहेको छ त ? यहाँ त बलात्कारी प्रमाणित भए पनि तारेख, धरौटी भन्दै छोडिदिने र उल्टै समाजको प्रतिष्ठित भएर घुम्ने प्रवृत्तिका मानिसको भावी भएको ठाउँमा कसरी हुने हो कारवाही । अझ अर्को ठूलो घटना भनौ महिलालाई सामूहिक रुपमा बलात्कार गर्ने र शरीर नै छिया छिया गराएर हत्या गरेर छोडिने गरेका घटनाहरु त झन कहालीलाग्दा छन् । केही वर्ष पहिले भारतको दिल्लीमा सार्वजनिक बसभित्र भएको सामूहिक बलात्कार पछिको हत्याको घटना त सबैभन्दा पीडादायी रहेको थियो भने कञ्चरपुरकी बालिका निर्मला पन्तको पनि बलात्कारपछि हत्या भयो सारा समाज पत्रकारदेखि सामाजिक अभियन्ताहरु, राजनीतिक दल लगायतले समेत प्रयास गर्दा पनि घटनाको सत्यतथ्य बाहिर आउन सकेन, सबै एकजुट हुँदा त हत्या र र बलात्कारी पत्ता लगाउन सकिएको छैन भने कोही नभएकाहरु माथि यस्तो दुर्घटना भयो भने के हुने हो ? अझ यस्तो समयमा पनि हाम्रा जिम्मेवार मन्त्रीले यो त कुनै ठूलो घटना होइन नेपाल यस मामलामा आत्तिनु पर्दैन हामी कहाँ बलात्कारका त्यति धेरै घटना भएको छैनन् भन्दै वक्तव्य दिने गरेको पनि सुनियो ।

    माथि भनिएका त केही प्रतिनिधि घटनाहरु हुने, यस प्रकारका घटना त दिनहँु दोहेरिरहेको हुन्छ । हुन त बलात्कारीहरुमा कुनै चेतना त पक्कै पनि हुँदैन नै तर पनि यतिसम्म घटिया र गैरमानवीय व्यवहार देखाउँछन् जुन एक मानसिक रोगी वा कुनै पनि पशुले समेत देखाउन सक्दैन । २ वर्षकी अबोध बालिका देखि ७० देखि ८० वर्षकी वृद्ध महिला तथा सुत्केरी अवस्थाका महिला मात्र नभएर आफुलाई जन्मदिने आमा, आफुले जन्माएको छोरी र सहोदर दिदीबहिनीलाई समेत बलात्कार गर्न छोडेका हुँदैनन् नरपिचासहरुले । के देख्छन् त्यो बालिकाको शरीरमाथि नर पिचासहरु ? कसरी यौन सन्तुष्टी लिन सकेका होलान् ? छि, यस्ता घटनाहरुले मानव समाजलाई नै कलंकित बनाएको छ । अहिले विशेषत: युवा पुस्तामा इन्टरनेटको गलत प्रयोगले पनि कही न कही यस प्रकारको गलत क्रियाकलापमा संलग्न बनाउन सहयोग पुगेको भेटिन्छ भने लागुऔषध दुव्र्यसनी, मदिराजन्य पदार्थहरुको बढदो प्रयोगका कारण पनि यस्ता खालका दुर्घटनाहरु भइरहेका छन् ।

    अन्त्यमा, घरेलु हिंसा र यौन हिंसा मानव समुदायको लागि नै सुहाउने व्यवहार होइन, यसबाट टाढा रहनको लागि हामीले हाम्रो परम्परागत संस्कृति, मौलिकता, आफन्तसंगको व्यवहार र त्यसको विशेषताका बारेमा घरैदेखि विद्यालय तहसम्म अध्ययनको वातावरण गराउने, यौन शिक्षाका बारेमा खुलेर बोल्न सक्ने वातावरण तयार गर्ने, परिवार र आफन्तहरुले युवा पुस्तामा यस्ता खालका शिक्षा प्रदान गर्न सके यसबाट केही हदसम्म बलात्कारका घटनाहरुमा कमी आउने थियो कि ? त्यस्तै सबैभन्दा महत्वपूर्ण कुरा कानुन हो कानुन त छ तर लागु हुँदैन, एउटी महिला समस्या लिएर न्यायपालिकामा गइन भने उनलाई यस्ता प्रश्नहरु सोधिन्छ कि उनी लज्जित भएर फर्किन बाध्य हुन्छिन् । त्यसैले सोको लागि न्यापालिकामा महिलाका लागि महिला कर्मचारी, प्रहरी प्रशासनमा पनि महिलाको लागि महिला नै खटिनुपर्ने र दोषी सावित भएमा कडा भन्दा कडा सजाय दिने व्यवस्था गरी कुनै पनि धरौटि र तारेखमा छोडिने वातावरण नबनाउने र १८ वर्ष मुनिका बालिका, वृद्ध महिला, सुत्केरी, हाडनाताकरणी आदि विशेष प्रकारका महिलाहरुलाई कसैले बलात्कारको प्रयास गरेमा जन्म कैद र बलात्कारको प्रमाणीत भएमा मृत्यू दण्ड सम्म दिनुपर्ने कानुनको प्रावधान राख्नु पर्ने देखिन्छ । अन्यथा यसले अझ बढी विकराल अवस्था सिर्जना गर्ने देखिएको छ । त्यसैले हामी सबै नागरिक यसप्रति सचेत बनौ छोरी हाम्रो गहना हो उनलाई सभ्यता सिकाउँ, बलात्कार हुन बाट बचाउँ । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij