२०८२, कार्तिक २७ गते

Nov 13 2025 | २०८२, कार्तिक २७ गते

सुनको भाउ तोलामा १०० रुपैयाँले बढ्यो 

मंगलवार , आषाढ २१, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • काठमाडौं, २१ असार।  मंगलबार सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको छ ।

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर ९७ हजार ६०० रुपैयाँ कायम भएको छ ।  यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार १०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, सोमबार छापावाल सुन तोलाको ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९७ हजार रुपैयाँ निर्धारण भएको थियो । 

    यता, मंगलबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेर १२ सय ५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १२ सय रुपैयाँमा कारोबार भएको थियो ।न्युज कारखाना