२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

दैनिक पत्रको १७ औं वार्षिकउत्सवलाई अर्थमन्त्री पौडेलले सम्बोधन गर्ने 

मंगलवार , मंसिर ९, २०७७

  • 4.0K
    Shares
  • 4.0K
    Shares
  • बुटवल, ९ मंसिर । 
    दैनिक पत्र राष्ट्रिय दैनिक मंसिर ११ देखि १७ औं वर्षमा प्रवेश गरेको अवसरमा आयोजना हुने वार्षिकउत्सव कार्यक्रमलाई संघीय सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रमुख अतिथिका रुपमा सम्बोधन गर्ने भएका छन् ।

    वार्षिकोत्सवका अवसरमा ‘कोभिड १९ र अर्थतन्त्र’ विषयक अन्तरसम्वाद कार्यक्रमको आयोजना गरिएको छ । एशियन होटल, बुटवल–कालिकानगरमा विहीबार दिउँसो साढे १२ देखि साढे ३ बजेसम्म चल्ने सो कार्यक्रममा लुम्बिनी प्रदेशका उद्योगी, व्यवसायी, समाजसेवी लेखक पत्रकारहरुका बीच अन्तरसम्वाद हुने भएको छ ।

    उक्त अन्तरक्रियामा उठेका विषयहरुका निचोडलाई सुझाव र कार्यान्वयनका लागि अर्थमन्त्री पौडेल समक्ष प्रस्तुत गरिने दैनिक पत्र राष्ट्रिय दैनिकका कार्यकारी प्रमुख तथा प्रधान सम्पादक अधिवक्ता बालकृष्ण चापागाईंले जानकारी दिए । अर्थमन्त्री पौडेल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव तथा रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।