images

शुक्रवार, बैशाख ७ गते २०८१

अनियमियताको आरोप लगाउदै करार कर्मचारी विरुद्ध सैनामैनामा डेलिगेशन

अनियमियताको आरोप लगाउदै करार कर्मचारी विरुद्ध सैनामैनामा डेलिगेशन

images
images
images
मंगलवार, आषाढ २८ २०७९
मंगलवार, आषाढ २८ २०७९
  • अनियमियताको आरोप लगाउदै करार कर्मचारी विरुद्ध सैनामैनामा डेलिगेशन

    असार २८ ।   सर्वदलिय तथा सर्वपक्षिय संयन्त्र सैनामैना करार कर्मचारी विरुद्ध डेलिगेशन गएको छ । सैनामैना नगरपालिकामा करारमा कार्यरत केही प्राविधिक कर्मचारीले भ्रष्टाचार गरेको र जनतालाई सास्ती दिएको आरोप लगाउँदै त्यस्ता कर्मचारीलाई करारको म्याद अवधि थप नगर्न आग्रह गर्दै सो संयन्त्र नगरपालिकामा आज(मंगलबार)डेलिगेशन गएको हो ।

    images
    images
    images

    सैनामैना नगरपालिकामा शहरी बिकास शाखामा प्राविधिक तहमा कार्यरत सब ईन्जिनियर पदमा रहेका कर्मचारी प्रदिप गिरीबाट स्थानिय तहमा हुने विकास निर्माणका कार्यहरु सास्तीपुर्ण तरिकाले भएको सर्वदलिय तथा सर्वपक्षिय संयन्त्र संयोजक मान बहादुर महतले बताएका छन् ।

    संयोजक मान बहादुर महतका अनुसार प्राविधिक गिरिले सडक,सार्वजनिक भवन निर्माण तथा व्यक्तिगत भवन निर्माण कार्यमा समेत समयमा स्टीमेट नगरि दिने,स्टीमेट बदली कमिसन खाने बाटो राख्ने,बिकास निर्माणका कार्यका कमिसन माग्ने,स्टीमेट अनुसारको कार्य सम्पन्न हुँदा समेत जनतालाई अनावश्यक दुःख दिने गरि व्यापक अनियमियता गरेको आरोप लगाउँदै पटक पटक प्राविधिक गिरिलाई सचेत गराउदा समेत सुधारउन्मुख नभएको आरोप लगाएको छन् ।भ्रष्टाचारको अन्त्य गरि सुशासनपुर्ण नगर बनाउन आफुहरु प्रतिबद्ध रहेको कुरा समेत महतले उल्लेख गरे ।

    सो संयन्त्रले सैनामैना नगरपालिकाका मेयर फणेन्द्र प्रसाद शर्मालाई ध्यानाकार्षण पत्र हस्तान्तरण गर्दै प्राविधिक गिरिको करार अवधि थप नगर्नका लागि आग्रह गरेको छ ।

    सु–शासनका लागी अभियान अन्र्तगत सर्वदलिय तथा सर्वपक्षियले गरेको निर्णयहरु यो हेर्नुहोस्

    १.संघ प्रदेश तथा स्थानिय तहबाट हुने बिकास निर्माणका कार्यहरु सडक तथा सार्वजनिक भवन निर्माण कार्यमा स्टीमेट अनुसारको गुणस्तरिय निर्माण कार्य गर्न गराउनका लागि सैनामैना नगरपालिकामा अनुरोध गर्ने तथा स्थानिय तह तत् तत् स्थानमा बिकास निर्माणका कार्यहरु सडक तथा सार्वजनिक भवन निर्माणमा गुणस्तरिय निर्माण कार्य, गर्न गराउनका लागि हामी आ आफ्नो क्षेत्रबाट सचेत रहने निर्णय गरिएको छ ।

    २.संघ, प्रदेश तथा स्थानिय निकाय बाट हुने बिकास निर्माणका कार्यहरु सडक तथा सार्वजनिक भवन निर्माण कार्यमा समयमा नै स्टीमेट तथा समयमै गुणस्तरिय विकास निर्माणका कार्य गर्न गराउनका लागि सैनामैना नगरपालिकामा अनुरोध गर्ने ।

    ३.सैनामैना नगरपालिकामा हाल शहरी बिकाश शाखामा प्राविधिक तहमा कार्यरत सब ईन्जिनियर पदमा रहेका कर्मचारी प्रदिप गीरीबाट स्थानिय तहमा हुने विकास निर्माणका कार्यहरु सडक तथा सार्वजनिक भवन निर्माण तथा व्यक्तिगत भवन निर्माण कार्यमा समेत निजले समयमा स्टीमेट नगरि दिने, स्टीमेट बदली कमिसन खाने बाटो राख्ने, बिकास निर्माणका काम कार्यका कमिसन माग्ने खाने, स्टीमेट अनुसारको कामकार्य सम्पन्न हुदा समेत जनतालाई अनावश्यक दुःख दिने, गरि व्यापक अनियमिता गरि आएको पाईएको तथा पटक पटक सचेत गराउदा समेत सुधारउन्मुख नदेखिएकोले निजको करार अवधि थप नगर्नका लागि नगरपालिकामा अनुरोध गर्ने

    ४.स्थानिय निकाय बाट हुने विकास निर्माणका कार्यहरु सडक तथा सार्वजनिक भवन निर्माण कार्य, अन्य सेवा क्षेत्र नापी, कृषि भेटनरी, शिक्षा स्वास्थ्यका र अन्य क्षेत्रमा रहेका कर्मचारीहरुलाई समेत आगामी दिनमा पदिय आचरण अनुसारको व्यवहार तथा काम कार्य गरि सैनामैना

    ५.सैनामैना नगरपालिकाकामा बिगतमा आवश्यकता भन्दा बढी कर्मचारी नियुक्ती गरिएकोले त्यस्ता कर्मचारी नगरपालिकालाई आवश्यक हो होइन निकल गरि करारमा राख्न तथा करार म्याद थप्न लागि नगरपालिकामा अनुरोध गर्ने ।

    ६.बुद्धा न.३लाई तत्काल कार्यान्वयनमा जानु हुन तथा अन्य बुदाहरु आबश्यकता अनुसार कार्यान्वयनको पक्षमा जानका लागि अनुरोध गर्दछौ अन्यथा सु–शासन तथा भष्ट्राचार बिरुद्धको अभियान अर्न्तगत सैनामैनामा भष्ट्राचारमा शुन्य शहनशिलता तथा सु–शासनको हाम्रो कार्यक्रम अनुसार अन्य विरोधका कार्यक्रमका साथ अगाडि बढ्ने समेत जानकारी गराउने ।

    सब–ईन्जिनियर प्रदिप गिरि के भन्छन् ?

    सैनामैना नगरपालिकामा शहरी बिकास शाखामा करारमा कार्यरत सब–ईन्जिनियर प्रदिप गिरिले नगरपालिका र आमजनताको हित विपरित कुनै पनि काम नगरेको बताएका छन् । पत्रकार सुरेश परियार संग टेलिफोनमा कुराकानी गर्दै सर्वदलिय तथा सर्वपक्षिय संयन्त्र सैनामैनाले लगाएका आरोप सबै झुठा र जालझेली पुर्ण रहेको बताएका छन् ।

    सार्वजनिक विकास निर्माण तथा ब्यक्तिगत भवन निर्माणका कार्यहरु मापदण्ड अनुसार गराउनुपर्ने दायित्व कर्मचारीमा हुने गर्दछ तर मापदण्ड अनुरुप गराउनु भन्दा कसरी जनतालाई सास्ती भयो भन्ने प्रश्न समेत सब–ईन्जिनियर गिरिले गरे । ऐन,कानुनलाई टेकेर कार्य सम्पादन गर्नु कर्मचारीको दायित्व भएको बताउदै गिरिले राजनितिकरण बढि हावी भएको उल्लेख गरेका छन् ।

    आफुबाट साँच्चै नै अनियमितता र ढिलासुस्ती भएको छ भने निष्पक्ष छानबिन गरि दोषी प्रमाणित गर्न आग्रह गर्दै गिरिले गलत गरेको पाईए कानुनको दायरामा आफु उभिने समेत बताएका छन् ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij