२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

बुटवलको देवीनगरमा एनएमबी बैंकको १७६ औं शाखा

बुधवार , मंसिर १०, २०७७

  • 7.0K
    Shares
  • 7.0K
    Shares
  • बुटवल, १० मंसिर । 
    बुटवलको देवीनगरमा एनएमबी बैंकको शाखा कार्यालय सञ्चालनमा आएको छ । यो शाखा बैंकको १ सय ७६ औं हो । शाखा कार्यालयको बैंकका लुम्बिनी प्रदेश कार्यालय प्रमुख मोहन केसीले उद्घाटन गरेका छन् । बुटवलको वडा नम्बर ११ देवीनगरमा झण्डै ७५ हजार जनसंख्या रहेकाले बुटवलको तेस्रो र लुम्बिनी प्रदेशको २८ औं शाखाको रुपमा देवीनगर शाखा सञ्चालनमा ल्याइएको केसीले बताए । 

    कोरोना महामारीका कारण बैंकले डिजिटल बैकिङ सेवालाई प्राथमिकता दिएको र घरमै बसेर अनलाइनमार्फत खाता खोल्न र कर्जा लिन सकिने सुविधा बैंकले दिएको देवीनगर शाखा प्रमुख त्रिभुवन भण्डारीले बताए । कोरोनाको असरलाई लक्षित गरी बैंकले साना तथा मझौला व्यवसाय कर्जा, रिटेल कर्जा, महिला उद्यमी र कृषि अनुदान कर्जा प्रवाह गरिरहेको बैंकले जनाएको छ ।